Advertisement
Advertisement

नेफिन जेजुको अध्यक्षमा पुनःगजिन हाङस्रोङ, २९ औ विश्व आदिवासी दिवस भव्यरुपमा सम्पन्न 

Advertisement
Advertisement

नेफिन जेजुको अध्यक्षमा पुनःगजिन हाङस्रोङ, २९ औ विश्व आदिवासी दिवस भव्यरुपमा सम्पन्न 

विशाल श्रेष्ठ/‌ दक्षिण कोरिया: नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरिया जेजु शाखाको दोश्रो अधिवेशन वाट अध्यक्षमा गजिन हाङस्रोङ निर्वाचित भएका छन्। जेजु प्रान्तको 제주특별자 치도 제주시  명신 1 길 11 (KCTU ) को हलमा सम्पन्न २९ औ विश्व आदिवासी दिवस २०२३ तथा नेफिन जेजु शाखाको अधिवेशन वाट गजिनको अध्यक्षतामा २३ सदस्यिय नया कार्यसमिति चयन गरिएको हो।

विभिन्न जातीय मौलिक परिकारको स्वाद सँगै स्थानिय कलाकारहरुको मौलिक सांस्कृतिक तामाङ समुदायको म्हेन्दो माया नाच,लिम्बु समुदायको धान नाच लगायत  व्यापकरुपमा प्रस्तुत गरिएको कार्यक्रममा र्याली पनि गरिएको थियो। कार्यक्रम मा नेफिन कोरिया दक्षिण कोरियाको कार्यबाहक अध्यक्ष शुभराज बोम्जनको प्रमुख अतिथी तथा जनजाति महासंघ बुशान शाखाकि अध्यक्ष परि गुरुङ विशिष्ट अतिथि लगायत नेपाल तामाङ घेदुङ जेजुदो शाखा कि अध्यक्ष सुनिता ब्लोन ,तमुधी जेजुदो शाखाकि अध्यक्ष निरू गुरुङ ,गैर आवासीय नेपाल संघ जेजुदो प्रान्त अध्यक्ष गोकुल शर्मा,किराँत याक्थुङ चुम्लुङ जेजुदो शाखाको अध्यक्ष नविन थोक्लेन लिम्बु,नेफिन जेजु शाखाको संयोजक अर्जुन तुम्बापोको अातिथ्यतामा जेजुमा रहेका नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो। 

सुमन हाङस्रोङको संयोजकत्वमा बनेको सुनिता ब्लोन,सुमन हाङ हेम्ब्या सदस्य रहेको निर्वाचन मण्डलले गजिन हाङस्रोङको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा दिल ब मगर ,उपाध्यक्ष सरिता राई,उपाध्यक्ष रेजिना शेर्पा,लक्षु सुब्बा ,महासचिवमा नवीन थोक्लेन लिम्बू सचीवमा ओम बिक्रम राई ,सचीवमा रिचा ब्लोन ,कोषाध्यक्षमा पुरन घर्ती मगर ,सह कोषाध्यक्षमा जनकासी गुरुङ र सदस्यहरुमा सानुमाया तामाङ, अनिता महर्जन,तुल बहादुर मगर, सुजन लिम्बु , सुर्य कुमाल,रोशनी गुरुङ, दिवस आले मगर,माया रजन मगर, सविन लिम्बू, रमेश छन्त्याल, निशा गुरुङ,सन्दिप राई को २३ सदस्यिय नया कार्यसमिति समिति चयन गरिएको हो।

 “रैथाने ज्ञान, सीप, कला,साहित्य, संस्कृति एवम् खाद्य परम्पराहरु लाई संरक्षण प्रवर्द्धन र विकास गर्दै पहिचान र अधिकार प्राप्तीको सांस्कृतिक आन्दोलनमा एकाकार बनौ ” भन्ने मुल नारा लिएर आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले अगस्ट २० मा दक्षिण कोरियाको राजधानी सउलमा पनि“२९ औं विश्व आदिवासी दिवस” मनाउदै छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×