कुरा मात्र होइन कामनै गरेर देखाए सुदूरपश्चिम समाज दक्षिण कोरियाले सुरुवात गर्यो सेल्टर समस्या पर्दा सम्झन अनुरोध
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: पछिल्लो समय दक्षिण कोरियामा विभिन्न संघसंस्था तथा समूहहरू मिलेर बिभिन्न राहतका अभियान हरु ,सहयोग गर्ने नाममा कार्यक्रमहरु गरिरहेको पाइन्छ। तर कार्यक्रम अगाडि चाहि विभिन्न अभियान तथा सहयोग गर्ने भन्दै public sentiment सँग खेलेर पैसा असुली कार्यक्रम सफल बनाउने तर केहि अपवाद बाहेक धेरैले कार्यक्रम पश्चात कुनै पनि आर्थिक हिसाबकिताब सार्वजनिक नगर्ने तथा बोलेको राहत अभियानहरु सहयोग नगर्नेजस्ता परिपाटी चल्दै आएको छ। त्यही अपवादको नमुना बनेको छ सुदूरपश्चिम समाज दक्षिण कोरिया।
गत सलनालमा "कोरियामा सेल्टर स्थापनामा टेवा ,मनोरञ्जन सँगसँगै सामाजिक सेवा" भन्ने मुल नाराका साथ जनवरी २१ तारिख सेती-महाकाली सांगीतिक सौगात भाग-४ कार्यक्रम भव्यताका साथ स...
१ जेष्ठ २०८०, सोमबार ००:२८१ जेष्ठ २०८०, सोमबार ००:२८१ जेष्ठ २०८०, सोमबार ००:२८ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ ०१ गते (सोमवार)
१ जेठ, २०८० सोमवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ सचेत रहनुहोला, तर पनि नयाँ र शुभ कार्यको थालनी हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ । धार्मिक काम र भक्तिभाव बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)पूजा पाठमा मन जानेछ । मनोरञ्जन पूर्वक दिन बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवारसँग समय व्यतीत हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासु...
३१ बैशाख २०८०, आईतवार १४:०९३१ बैशाख २०८०, आईतवार १४:०९३१ बैशाख २०८०, आईतवार १४:०९ by विशाल श्रेष्ठNo Comments
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा हरेराम घिमिरे
विशाल आवाज भक्तपुर/नेपाल:‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने मुल नाराका साथ बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य लिएर चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आधिकारिक रुपमा दर्ता भएको सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा हरेराम घिमिरे चयन भएका छन् ।
शनिवार भक्तपुरमा सम्पन्न प्रथम ऐतिहासिक भेलाबाट घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा सरोज लामिछाने, महिला उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव कुमार लामिछाने, सचिव जनकराम पराजुली, कोषाध्यक्ष मिरा पौडेल, सहकोषाध्यक्ष उत्सव खड्का चयन भए । सदस्यहरूमा सिता न्यौपाने, समुन्द्र नेपाल, सुर्य प्रसाद...
३१ बैशाख २०८०, आईतवार ०७:५३३१ बैशाख २०८०, आईतवार ०७:५३३१ बैशाख २०८०, आईतवार ०७:५३ by विशाल श्रेष्ठNo Comments
एनआरएनए कोरियाको अध्यक्ष पदमा सन्जिब राई र बरिष्ठ उपाध्यक्षमा परि गुरुङको उम्मेदवारी घोषणा
दक्षिण काेरिया – जुलाई ८-९ मा सम्पन्न हुन गईरहेको NRNA-NCC दक्षिण कोरियाको नवौ राष्ट्रीय महाधिवेशनमा सन्जिब राईले अध्यक्ष पदमा उम्मेदवारी घाेषणा गर्नु भएको छ।त्यसैगरी र परि गुरुङले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गर्नुभएको छ।
शनिबार काेरियामा सम्पन्न एक कार्यक्रमकाे सम्बाेधन गर्दै वरिष्ठ उपाध्यक्ष राइले आफ्नो उम्मेदवारी घाेषणा गर्नु भएको हाे ।हिजो कोरियाको बुसान-किम्हेमा NRNA ख्यङ्सान बुसान द्वारा आयोजित बृहत भेला तथा अन्तरक्रिया कार्यक्रमको बिच उहाहरु दुवैले आफ्नो उम्मेदवारी घोषणा गर्नुका साथै आगामी दिनमा संस्थालाई सहि ढंगबाट लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
NRNA ख्यङ्सान बुसानको अध्यक्ष सानुराज मगरको सभापतित्वमा सम्पन्न पहिलो चरणको कार्यक्रममा बिभिन्न जातिय, क...
३१ बैशाख २०८०, आईतवार ०७:०२३१ बैशाख २०८०, आईतवार ०७:०२३१ बैशाख २०८०, आईतवार ०७:०२ by विशाल श्रेष्ठNo Comments
मोक्फो शहरमा मे २१ तारिखमा प्रदर्शन हुने "जारी" चलचित्रको नाफा बाट विभिन्न सामाजिक काममा सहयोग गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:PARADESHI ENTERTAINMENT को आयोजनामा दक्षिण कोरियाको Mokpo को 전남여성플라자 (전남 무안군 삼향읍 어진누리길 30) मा आइतबारका दिन २ बजे २१ तारिखमा प्रदर्शन हुने सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक जारी चलचित्रको नाफा बाट विभिन्न सामाजिक काममा सहयोग गर्ने भएको छ।
प्रदेशी इन्टरटेन्मेट द्वारा प्रदर्शनहुने जारी फिल्मको मोक्पो( शो) प्रदर्शनबाट संकलित रकम लागत खर्च कटौती गरेर बाकी रहन गएको रकम सबैको साझा सल्लाह बमोजिम कुनैपनि ग्रामीण क्षेत्रको बिद्यालयमा सहयोग,धरान कोकाह खानेपानी,राष्ट्रीय आवीस्कार केन्द्र हरु मघ्ये उपयुक्त एकमा सहयोग गर्ने आयोजकले विशाल आवाज लाइ जानकारी दिइएको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियाको पनि विभिन्न सहरह...
३० बैशाख २०८०, शनिबार ११:३५३० बैशाख २०८०, शनिबार ११:३५३० बैशाख २०८०, शनिबार ११:३५ by विशाल श्रेष्ठNo Comments
श्रद्धाले झुकेको उनको सिर देखेर म अलिकति लजाए !
✒️ लेखक राजु राई सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया वर्तमान अध्यक्ष
2023 मे 7 तारिख आइतबार दिनको १२:३० बजे दक्षिण कोरियाको आन्सान शहरको "सनातन साहित्य संगीत साधनाको पुस्तकालय अगाडि देखि बौद्ध धर्म अनुसार आनिले विधिवत रुपमा मन्त्र वाचन पछि बुद्धको मुर्ति सहित " अंग्रेजीमा Buddha Was Born In Nepal " र कोरियानमा
부처님은 네팔에서 태어났습니다 लेखिएको रथ ,ब्यानर, नेपाली झण्डा मन्त्रमुग्ध पार्ने म्यनेपेमेहङको धुन सहित र्याली अघि बढ्यो अघि अघि पुलिसले गाडी साईड लगाउदै बाटो खाली गर्दै थियो कोरियान लगायत अरु बिदेशिहरुले उत्साहित हुँदै रथ र र्याली हेर्दै फोटो, भिडियो खिची रहेका थिए हामी केही अगाडि बढेपछी एकजना आधबैसे महिला (सायद उनी रसियन हुनुपर्छ )रथमा बुद्धको मुर्ति , फोटो सहित अंग्रेजी भाषामा लेखीएको " Buddha Was Born In Nepal " र कोरियान भाषाम...
२८ बैशाख २०८०, बिहीबार १२:४४२८ बैशाख २०८०, बिहीबार १२:४४२८ बैशाख २०८०, बिहीबार १२:४४ by विशाल श्रेष्ठNo Comments
मकवानपुर सांगीतिक धमाका भाग - 2 घोषणा कार्यक्रम मे 13 मा
विशाल आवाज संसंवाददाता: मकवानपुर कोरिया मञ्च, दक्षिण कोरियाले मकवानपुर स्थायी ठेगाना भइ हाल दक्षिण कोरियालाइ कर्मथलो बनाएर दक्षिण कोरियामा बस्दै आएका समस्त मकवानपुरेहरु संग भेटघाट तथा मकवानपुर सांगीतिक धमाका भाग - 2 घोषणा कार्यक्रम मे 13 मा गर्ने भएका छन्।
मे 13 र 14 पिकनिक कार्यक्रमको आयोजना गर्ने निर्णय भएता पनि विशेष प्रविधिक कारण सो कार्यक्रम गर्न नसकिएको र सम्पूर्णलाई मध्येनजर राख्दै कोरियालाइ आफ्नो कर्मभुमि बनाएर बसेका मकवानपुरेहरुलाइ एकत्रीत गर्ने उद्धेश्यका साथ हामीले यो भेटघाट राखिएको संस्थाका अध्यक्ष सुर्य रुम्बाले बताएका छन्।
मकवानपुर कोरिया मञ्च’ कोरियामा रहेका सक्रिय सङ्घ संस्थाहरू मध्ये एक सक्रिय संस्था हो। विगतमा हेटौडा अस्पताललाइ एम्बुलेन्स , कोरोना महामारी संक्रमितको बेला महाअभियान नै चलाइ ...
२८ बैशाख २०८०, बिहीबार १२:०४२८ बैशाख २०८०, बिहीबार १२:०४२८ बैशाख २०८०, बिहीबार १२:०४ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको मोक्फो शहरमा "जारी" मे २१ तारिखमा प्रदर्शन हुने ।
विशाल श्रेष्ठ/दक्षिण कोरिया:PARDESHI ENTERTAINMENT को आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी दक्षिण कोरियाको Mokpo को 전남여성플라자 (전남 무안군 삼향읍 어진누리길 30) मा आइतबारका दिन २ बजे २१ तारिखमा प्रदर्शन हुने भएको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियाको पनि विभिन्न सहरहरुमा सफलताका साथ भव्य प्रदर्शन भैसकेको चलचित्र हो जारि। सउल सोमा व्यवस्थापन केहि कमजोरी देखिएतापनि MOKPO SHOW मा त्यस्तो कमजोरी हुन नदिने आयोजकको दावी रहेको छ।
गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको चलचित्र हेरेपछि अधिकांश दर्शकले दया र मिरुनाको जोडीको प्रशंसा गरेका छन् । दया र मिरुनाले नबोली नबोली व्यक्त गरेको प्रेमको भावहरु देखाइएको चलचित्र “जारी” मा रामबाबु गुरुङक...
२६ बैशाख २०८०, मंगलवार १५:२९२६ बैशाख २०८०, मंगलवार १५:२९२६ बैशाख २०८०, मंगलवार १५:२९ by विशाल श्रेष्ठNo Comments
विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय
२६ वैशाख, काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ ।
१५ पुसदेखि एमडीएमएस प्रणाली लागु गर्दै विमानस्थल भन्सारले प्रयोग भइरहेको वा नयाँ जुनसुकै फोन एक थान मात्र ल्याउन दिएपछि विवाद भएको थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि एमडीएमएस प्रणाली लागु नगर्न निर्देशन दिएका थिए ।
मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली लागु गर्ने र विदेशबाट फर्किने नेपाली नागरिकले थप एक थान (प्रयोग गरिरहेको बाहेक...
२४ बैशाख २०८०, आईतवार १२:५०२४ बैशाख २०८०, आईतवार १२:५०२४ बैशाख २०८०, आईतवार १२:५० by विशाल श्रेष्ठNo Comments
गोकुल थोकर सोल फोनिज कोरिया — दक्षिण कोरियामा रहेका नेपालीहरुले राजधानीसँगै जोडिएको सहर आन्सानमा बुद्धजयन्ती मनाएका छन् । आइतबार भएको कार्यक्रममा सोल छेउछाउ रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
धेरै विदेशी बस्ने सहरको रुपमा चिनिएको आन्सानमा मध्याह्न १२ बजेदेखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने नारासहित सहर परिक्रमा गरिएको थियो ।
‘यहाँका धेरै कोरियालीहरुलाई बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने थाहा छैन । यस्ता कार्यक्रमले नेपालमा हिमाल मात्रै होइन बुद्ध धर्मालम्बीको लागि एउटा धार्मिक गन्तब्य पनि छ भन्ने जानकारी हुन्छ । हामीले सबै मिलेर सकेको प्रचार गर्न सके सकारात्मक शन्देश जान्छ,’ नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष विशन राईले भने ।
नेपाली राजदूतावास, नेपाल आदिवासी जनजाति महासंघ, गैरआवासीय नेपाली संघ ख्यङ्गीईन्छन शाखा र सनातन साहित्य संगीत स...