Advertisement
Advertisement

श्रद्धाले झुकेको उनको सिर देखेर म अलिकति लजाए ! 

Advertisement
Advertisement

श्रद्धाले झुकेको उनको सिर देखेर म अलिकति लजाए

 

 ✒️ लेखक राजु राई सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया वर्तमान अध्यक्ष

2023 मे 7 तारिख आइतबार दिनको १२:३० बजे दक्षिण कोरियाको आन्सान शहरको “सनातन साहित्य संगीत साधनाको पुस्तकालय अगाडि देखि बौद्ध धर्म अनुसार आनिले विधिवत रुपमा मन्त्र वाचन पछि बुद्धको मुर्ति सहित ” अंग्रेजीमा Buddha Was Born In Nepal ” र कोरियानमा 

부처님은 네팔에서 태어났습니다 लेखिएको रथ ,ब्यानर, नेपाली झण्डा मन्त्रमुग्ध पार्ने म्यनेपेमेहङको धुन सहित र्याली अघि बढ्यो अघि अघि पुलिसले गाडी साईड लगाउदै बाटो खाली गर्दै थियो कोरियान लगायत अरु बिदेशिहरुले उत्साहित हुँदै रथ र र्याली हेर्दै फोटो, भिडियो खिची रहेका थिए हामी केही अगाडि बढेपछी एकजना आधबैसे महिला (सायद उनी रसियन हुनुपर्छ )रथमा बुद्धको मुर्ति , फोटो सहित अंग्रेजी भाषामा लेखीएको ” Buddha Was Born In Nepal ” र कोरियान भाषामा लेखिएको 부처님은 네팔에서 태어났습니다 अक्षर नियालेर हेरिन ! र दुबै हात जोडेर नतमस्तक हुँदै रथ तिर फर्केर ढोग गरिन यो देखेर श्रदाले उनको सिर झुक्यो उनी हात जोडदै हाम्रो र्यालिमा सहभागी भईन म ब्यानर बोकेर अगाडि अगाडि थिए मैले फर्केर उनलाई बेला बेला नियालेर हेरि रहेको थिए उनी र्याली भरी हात जोडेर सिर झुकाएर र्यालि भरि सहभागी भईन बुद्ध प्रतिको उनको समर्पण उनको अनुहारको भावमा बुझ्न सकिन्थ्यो ! एसियाको तारा भनेर विश्वमा चिनिने बुद्ध प्रती विदेशीहरुको सिर श्रद्धाले यति धेरै झुक्दा आफ्नै देशमा जन्मेका विभूती प्रती हामि बेखबर देख्दा, बुद्ध भारतले हाम्रो देशमा जन्मेका हुन भनेर गलत प्रचार गरि रहदा उनको त्यो श्रद्धा सामु म अलिकति लजाए ! जब र्याली आन्सान माईग्रेन सेन्टरको प्राङ्गणमा सभामा जुट्यो अनि उनी फेरि अन्तिम पटक रथलाई ढोग गरि आफ्नो बाटो लागिन ।

शान्तिका अग्रदुत गौतम बुद्ध नेपालमा नभै भारतमा जन्मेका हुन भनेर गलत प्रचारप्रसार गरेर नक्कली लुम्बिनी,मायादेविको मन्दिर बनाएर भारतले दुनियाँको ध्यान खिच्न खोजी रहेको छ । तर सत्य कहिले लुकाएर लुक्दैन बिस्तारै विश्वले गौतम बुद्ध नेपालमा नै जन्मेका हुन भन्ने सत्य तथ्य बुज्दैछन सायदै बुद्धलाई नचिन्ने मानिसहरु संसारमा कमै होलान बुद्ध सगरमाथाको देश नेपालमा जन्मिएका भएतापनि अझै धेरैमा बुद्ध भारतमा जन्मेका हुन भन्ने भ्रम रहेको पाईन्छ । यसमा राज्य बाट पनि राम्रो उपयुक्त प्रचारप्रसार चासो नभएर पनि हुन सक्छ ! हामीलाई बुद्धको बारेमा पूर्ण ज्ञान नहुन सक्छ। बुद्धले जीवनका अनेकौं पक्षमा मानव जीवनको मोक्ष प्राप्तिका लागि खोज, ध्यानगरि मानव जीवनलाई धन्य बनाएका छन्। वास्तवमा बुद्धको मार्गदर्शन , त्याग,तपस्या बाट प्राप्त बुद्धितत्वलाई बुझनु आफैमा कठिन र बैज्ञानिक छ। तर यी सम्पुर्ण जीवन सफल र पूर्ण बन्न जिवन पर्यन्त उपयोगी र अनुकरणीय छन । 

 बुद्ध जयन्तीको अवसरमा 2023 मे 7 तारिख आइतबार दक्षिण कोरियाको आन्सान शहर स्थित नेपाली राजदूतावास दक्षिण कोरिया , नेपाल आदिवासी जनजाति महासंघ, गैरआवासीय नेपाली संघ ख्यङ्गीईन्छन शाखा र सनातन साहित्य संगीत साधनाको संयुक्त आयोजना र पुर्व नेपाल आदिवासी जनजाति महासंघ,द . कोरियाका अध्यक्ष तथा सोलुखुम्बु सेवा समाजका वर्तमान सल्लाहकार युगेल तेन्डुप शेर्पाको संयोजकत्वमा आन्सान शहर परिक्रमा गर्ने र्याली सहित कार्यक्रमको आयोजना भएको थियो । सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको नाममा र्यालिमा सहभागी हुनको निम्ति पत्र आएको कारण म पनि उक्त र्यालिमा सहभागी हुने अवसर मिल्यो । कार्यक्रम समग्र रुपमा सफल भएकै थियो ! तर पनि यतिमा मात्र पर्यप्त हुदैन, थिएन ।नेपाली राजदूतावास दक्षिण कोरिया ,जस्तो राज्यको निकाय , बाट आयोजित कार्यक्रमलाई सबै संघ संस्थालाई सहभागी गराएर, कोरियाको राज्यको प्रतिनिधिहरुलाई समेत सहभागी गराएर अझ अलि वृहत् तरिकाले आयोजना गरिएको भए अझ धेरै उपयोगी र उपयुक्त हुने थियो !

जीवन उपयोगी गौतम बुद्धका महत्वपुर्ण उपदेशहरु !

–    स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सन्तोष सबैभन्दा ठूलो धन हो । बफदारी सबैभन्दा ठूलो सम्बन्ध हो ।

–    तीन चिज धेरै लामो समयसम्म लुक्दैन । सूर्य, चन्द्रमा र सत्य ।

–    आफ्नो मोक्षको लागि स्वयम् प्रयास गर । अर्कामा निर्भर नगर ।

–    घृणा, घृणाले होइन प्रेमले अन्त्या हुन्छ । यो शाश्वत सत्य हो ।

–    बिना स्वास्थ्य जीवन, जीवन होइन । केवल एक पीडाको स्थिती हो । मृत्युको छवी हो ।

–    हरेक कुरामा सन्देह गर । स्वयम् आफ्नो प्रकाश खोज ।

–    सत्यको मार्गमा चलिरहेको व्यक्तिले केवल दुई गल्ती गर्न सक्छन् । एक, पुरा बाटो तय नगर्ने । अर्को, यसको सुरुवात पनि नगर्ने ।

–    चाहे तिमी जतिसुकै पवित्र शब्द पढ वा बोल । त्यसले तिमीलाई के भलो गर्छ, जबसम्म त्यसलाई उपयोग गर्दैनौं ।

–    इच्छा कहिल्यै अन्त्य हुँदैन । यदि तिम्रो एउटा इच्छा पुरा भयो भने, दोस्रो इच्छा तुरुन्तै जन्मन्छ ।

–    शंका गर्ने बानी सबैभन्दा खतरनाक हुन्छ । शंकाले मानिसलाई अलग गराउँछ । यसले दुई मिलनसार साथी वा कुनै राम्रो सम्बन्धलाई बर्बाद गर्छ ।

–    अज्ञानी मानिस एक बेल समान हुन् । उनी ज्ञानमा होइन, आकारमा बढ्छ ।

–    इष्र्या र गुनासोको आगोमा जलिरहेका मानिसमा खुसी र हासोको स्थान हुनसक्दैन । यदि तपाई अध्याँरोमा डुबिरहनुभएको छ भने, उज्यालोको खोजी किन गर्नुहुँदैन ?

–    एक जागेका व्यक्तिलाई रात निकै लामो लाग्छ, एक थकित व्यक्तिलाई गन्तव्य धेरै टाढा लाग्छ । यसै किसिमले सच्चा धर्मबाट बेखबर मूखका लागि जीवन-मृत्युको सिलसिला उत्तिनै लामो लाग्छ ।

–    खासमा जो गुनासोयुक्त विचारले मुक्त हुन्छन्, उनको जीवनमा शान्ति मिल्छ ।

–    अतितमा ध्यान केन्दि्रत नगरौं, न भविष्यका लागि सपना देख्नु । बरु आफुलाई वर्तमानमा केन्दि्रत गरौं ।

–    म कहिल्यै देख्दिन के गरियो । म केवल यो देख्छु कि, के गर्न बाँकी छ ।

–    मन पनि मानसिक अवस्थाभन्दा माथि हुन्छ ।

–    तपाई आफ्नो रिसको कारण दण्डित हुनुभएको छैन । तपाई आफ्नो रिसद्वारा दण्डित हुनुभएको छ ।

–    मन सबैथोक हो । जसरी तिमी सोच्छौ

त्यस्तै बन्छ ।

–    सबै व्यक्तिलाई सजायदेखि डर लाग्छ । सबै मृत्युदेखि डराउँछन् । बाँकी व्यक्ति तथा प्राणी पनि तिमीजस्तै हो । कसैलाई दुख नदेउ, कसैलाई नमार ।

–    सबै नराम्रो कुराबाट टाढा रहनका लागि राम्रो कुराको विकास गरौं । आफ्नो मनमा राम्रो विचार राखौं ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×