Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपालीहरुले राजधानीसँगै जोडिएको सहर आन्सानमा बुद्धजयन्ती मनाएका छन् ।

Advertisement
Advertisement

गोकुल थोकर सोल फोनिज कोरिया — दक्षिण कोरियामा रहेका नेपालीहरुले राजधानीसँगै जोडिएको सहर आन्सानमा बुद्धजयन्ती मनाएका छन् । आइतबार भएको कार्यक्रममा सोल छेउछाउ रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

धेरै विदेशी बस्ने सहरको रुपमा चिनिएको आन्सानमा मध्याह्न १२ बजेदेखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने नारासहित सहर परिक्रमा गरिएको थियो ।

‘यहाँका धेरै कोरियालीहरुलाई बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने थाहा छैन । यस्ता कार्यक्रमले नेपालमा हिमाल मात्रै होइन बुद्ध धर्मालम्बीको लागि एउटा धार्मिक गन्तब्य पनि छ भन्ने जानकारी हुन्छ । हामीले सबै मिलेर सकेको प्रचार गर्न सके सकारात्मक शन्देश जान्छ,’ नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष विशन राईले भने ।

नेपाली राजदूतावास, नेपाल आदिवासी जनजाति महासंघ, गैरआवासीय नेपाली संघ ख्यङ्गीईन्छन शाखा र सनातन साहित्य संगीत साधना समूह मिलेर कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रम सहभागी भएका शिव शंकर थारु चौधरीले कोरियाको ठाउँमा भएको कार्यक्रम सकारात्मक रहेको प्रतिक्रिया दिए ।

‘आज बिहान पनि पानी परेको थियो । कोरियालीहरुले बुद्धका बारेमा सुनेका छन् । यसरी सार्वजनिक रुपमा कार्यक्रम गर्दा उनीहरुमा पनि चासो बढ्ने रहेछ । हामी सहर परिक्रमा गर्दा पनि धेरै कोरियालीले साचोपूर्वक हेरेका थिए,’ उनले भने ।

कोरियालीहरुले भने नेपालको बुद्धजयन्ती भन्दा पछि मे महिनाको २७ तारिखमा मनाउँदैछन् । बुद्ध जन्मिएको दिन अर्थात् ‘बुछनीम ओसिननाल’ भनिने कोरियामा सार्वजनिक बिदा दिनुको साथै यहाँ रहेका गुम्बा चैत्यमा पूजा गर्ने चलन छ ।

सन् २०१५ गरिएको जनगणना अनुसार ७६ लाख कोरियालीहरु बौद्ध धर्म मान्ने गर्छन् । कोरियाको राजधानी सोलमा वर्षेनि ५ लाखभन्दा बढी मानिसहरु सहभागी भएर ‘लोटस ल्यान्टर्न फेस्टिभल’ मनाउने गर्छन् । सो फेस्टिभलमा १ लाख भन्दा बढी लालटिनहरु बाल्ने गरिन्छ ।

विश्वका ३० भन्दा बढी देशका बौद्ध धर्मालम्बीहरु सहभागी हुने यो फेस्टिभल संसारका ठूला बौद्ध धार्मिक महोसत्वमा पर्छ भने युनेस्कोले ईन्टेन्जीवल कल्चरल हेरिटेजको लिस्टमा समावेश गरेको छ ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?Jmenuji se Jan Novák a rád bych vám přiblížil online kasin...

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland ist

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland istMein Name ist Max Müller, und in diesem Artikel werde ic...

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×