७ फागुन, पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सबै राजनीतिक दलहरुले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने बताएका छन् ।
राष्टिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नु पर्ने बताए ।
आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अहिले शक्तिकेन्द्र खेलिरहेको अवस्था छ । राष्ट्रियताको रक्षका लागि राष्ट्रपति साझा बनाउन पर्छ । त्यसो गर्न सकेनौं भने मुलुकको अस्मितामाथि गम्भीर संकट सिर्जना हुन्छ ।’
जुनसुकै दलले प्रस्ताव गरे पनि गणतन्त्र, संविधानको संरक्षक, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने र सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने आफूहरुको अडान रहेको उनले बताए ।
उनले माओवादीले कुनै पात्र नभई अहिले वैचारिक र नीतिगत कुरा उठाएको ...
७ फाल्गुन २०७९, आईतवार ००:५७७ फाल्गुन २०७९, आईतवार ००:५७७ फाल्गुन २०७९, आईतवार ००:५७ by विशाल श्रेष्ठNo Comments
हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता भन्ने मुल नाराका साथ स्थापित संस्था राप्ती समाज दक्षिण कोरियाले मार्च १२ आइतवारका दिन नेपाली कथानक चलचित्र छक्कापन्जा ४ प्रदर्शन गर्ने भएको छ ।
दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसायमा आवद्व राप्तीबासी तथा नेपालीहरू बिच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृध्दि गर्दै कोरियामा नेपालीहरू बीच भैपरी आउने समस्याहरू छिटोछरितो र सरल तरिकाले समाधान गर्ने मुख्य उद्देश्यका साथ राप्ती_अक्षयकोष_निर्माणका लागि यहि आउँदो मार्च १२ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र छक्कापञ्जा ४ प्रदर्शन दोङदेमुन नजिक जोङ्गाक स्टेशनमा रहेको जोगेशा गुम्बाको हलमा विहान ११:०० बजे पहिलो शो र दिउसो २:०० बजे दोस्रो शो गर्ने गरी कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ ।
पहिलो शो को लागि अग्रिम टिकेट मार्च ०५ तारिख राति ९:०० बजे ...
७ फाल्गुन २०७९, आईतवार ००:१५७ फाल्गुन २०७९, आईतवार ००:१५७ फाल्गुन २०७९, आईतवार ००:१५ by विशाल श्रेष्ठNo Comments
नेपाल बारा जिल्ला कोल्बि निवासी बालकृष्ण थपलियाका 25 बर्षिय छोरा सरोज थपलिया रोजगारीको सिलसिलामा हाल द. कोरियाको ख्यङसाङनाम्दो किम्हेे ( 경상남도 김해시) मा अवस्थित( 정원금속)नामक कम्पनीमा आएको 7 महिना मात्र भएको र निजको 2023/02/10 का दिन काम गरेर दिउँसोको खाना खान जानेक्रममा बाटोमा अकस्मात् बेहोस भएर ढलेको र साथिभाईले नजिकको हस्पिटलमा (중앙병원)भर्ना गरि MRI गर्दा Brain Tumor भएको जानकारी प्राप्त भयोे।
उक्त हस्पिटलले रिफर गरे पस्चात बुसानको 동아 대학교병원( Dong-A University) हस्पिटलमा थप उपचार भैरहेको र 2023/03/06 मा अप्रेसन गर्नुपर्ने र उक्त अप्रेसनको लागि करिब 2 करोड कोरियन वन यहि मिति 2023/03/05 भित्र ब्यबस्था गर्न हस्पिटलले जानकारी दिएको छ। निज सरोज थपलियाको पारिवारिक पृष्ठभूमि समेत न्यून रहेको साथै कोरिया आयको 7 महिना मात्रै भयकाले उक्त रकम जुटाउन कठिन परेको हुदा सम्पुर्ण कोरियावासी नेपाली दाजुभा...
५ फाल्गुन २०७९, शुक्रबार ०४:४७५ फाल्गुन २०७९, शुक्रबार ०४:४७५ फाल्गुन २०७९, शुक्रबार ०४:४७ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काे अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । कमलादीस्थित प्रज्ञा भवनमा विद्युतीय मतदान भएको थियाे । महासिचवमा नरेश राेकाया निर्वाचित भएका छन् । अध्यक्ष र महासचिवमा ५–५ जनाको उमेदवारी परेको थियाे । ।
अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोति बिक, वाङ्सु योञ्जन र लोकेस निरौला उमेदवार थिए । महासचिवका लागि उमेश आचार्य, कल्पना वाइवा, नरेश रोकाया, भाष्कर खनाल, सुदर्शन शिवाकोटी उमेदवार थिए ।
उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।
सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् । औपचारिक रुपमा मतपरिणाम सार्वजनिक गर्न भने बाँ...
४ फाल्गुन २०७९, बिहीबार ११:१८४ फाल्गुन २०७९, बिहीबार ११:१८४ फाल्गुन २०७९, बिहीबार ११:१८ by विशाल श्रेष्ठNo Comments
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको बेनीस्थित कालीगण्डकीबाट लगिएको शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको छ ।
विशेषज्ञबीचको विवादका कारण शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको हो । शालिग्रामलाई पुजिने भएकाले शालिग्राममा घन, छिना , हतौडाको प्रयोग गर्न नहुने शन्तहरुको तर्क छ ।सोही कारण अब अयोध्यायमा कालीगण्डकीको शालिग्राम ठाउँमा सगमर , ग्रिनाइट वा मार्वलको प्रयोग गर्न सकिने जनाइएको छ । राम मन्दिर निर्माण समितिका अध्यक्ष दिवेन्द्र मिश्रालाई उध्रदत गर्दै भारतीय संचार माध्यम टिभीनाइनले जनाए अनुसार उक्त शालिग्रामलाई भारत पुर्याइएसँगै भक्तजन, सादु शान्त र विशेषज्ञबीच उक्त शालिग्रामबाट मूर्ति निर्माण गर्ने वा नगर्ने भन्ने विवाद उत्पन्न भएको थियो ।...
३ फाल्गुन २०७९, बुधबार १३:५०३ फाल्गुन २०७९, बुधबार १३:५०३ फाल्गुन २०७९, बुधबार १३:५० by विशाल श्रेष्ठNo Comments
मंगलबार मध्य रातमा मादक पदार्थ सेवन गरेर झैझगडा गरेको आरोपमा पक्राउ परेका भनेका कलाकार पवन खतिवडा (म्याकुरी) सहित २ जना भन्ने आरोप सरासर तथ्यहिन रहेको पवन खतिवडाले जनाएका छन्।
बेलबारी नगरपालिका–५ स्थित चिम्नी होटलमा मंगलबार राति साढे १२ बजेतिर मादक पदार्थ (रक्सी) सेवन गरेर खतिवडासँगै लोकेन्द्र भण्डारीले बेलबारीका एक जनालाई कुटपिट गरेको आरोपमा प्रहरीले राति नै नियन्त्रणमा लिएको थियो भन्ने हल्ला निराधार रहेको पवन खतिवडाले आफ्नो सामाजिक सन्जाल मार्फत जानकारी दिएका छन्।
खतिवडाले आफ्नो सामाजिक सन्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै आफुलाइ विभिन्न ठुला खाले मिडिया र त्यहिको स्थानीय पेज हरुले पनि गलत र भ्रामिक समाचार सम्प्रेषण गरेर आफ्नो वदनाम गरेको उल्लेख गरेका छन्। उनका अनुसार आफु घटनास्थलमा रहेको कारण प्रहरीले सोधपुछ जानकारीको लागि मात्र आफुलाइ प्रहरी चौकि लगेको र बाहिर आएको हल्ला अनुसार केह...
३ फाल्गुन २०७९, बुधबार १२:५७३ फाल्गुन २०७९, बुधबार १२:५७३ फाल्गुन २०७९, बुधबार १२:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज २०७९ फागुन ३ गते
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’सँग जरिवाना नअसुल्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले जरिवाना गर्ने भएपछि बालेन सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार आयोगका नाममा कारण देखाउ आदेश र अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश जारी भएको बताए ।
काठमाडौं महानगरका प्रमुख शाहले स्थानीय तहको निर्वाचन खर्च पेश नगरेका कारण तोकिएको साढे ७ लाख जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
आयोगले जरिवाना गराउने निर्णय गरेको समयदेखि ६ महिनाभित्र जरिवाना नबुझाए स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने कानूनी व्...
३ फाल्गुन २०७९, बुधबार १२:४३३ फाल्गुन २०७९, बुधबार १२:४३३ फाल्गुन २०७९, बुधबार १२:४३ by विशाल श्रेष्ठNo Comments
सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। साथै, सो घटनामा संलग्न रहेको आशंकामा अन्य ९/१० जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको छ ।...
१ फाल्गुन २०७९, सोमबार ०४:१८१ फाल्गुन २०७९, सोमबार ०४:१८१ फाल्गुन २०७९, सोमबार ०४:१८ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ: विगत १० वर्ष देखि दक्षिण कोरियामा रोजगारीका सिलसिला रहदै आउनुभएका प्रकाश बस्नेतको पहिलो प्रयास एक दमै नयाँपनका साथमा प्रमोद खरेल र मेलिना राइको स्वरमा पहिलो सांगेतिक कोसेली “लोभी नजर” सार्बजनिक भएको छ।
बस्नेतको लेखन तथा भावना म्युजिक सोलुसनको प्रस्तुति “लोभी नजर” मा नेपालको हालको सर्वप्रिय गायक प्रमोद खरेल र लोकप्रिय गायिका मेलिना राइको श्वर रहेको छ। बिमल अधिकारी र सलिना खत्रीको अभिनय रहेको म्युजिक भिडियोलाइ मौसम हिमाली ले निर्देशन गर्नुभएको छ भने राजेश घिमिरेको छायांकन रहेको छ। बिमल अधिकारीको म्युजिक, विशाल निरौलाको arranger,कुमार रानाको मिक्स मास्टर, मालाश्री स्टुडियोमा खुमन सुमन रानाले रेकर्ड गर्नुभएको छ भने विकास ग्यवालिले एडिट र अनिमेष जोर्देनले मेकअप अनि शिव खत्रीको प्रडक्सन रहेको छ।
BHAWANA MUSIC SOLUTION को युट्युब च्यानलबाट सार्वजनिक भएको “लो...
२९ माघ २०७९, आईतवार १४:४५२९ माघ २०७९, आईतवार १४:४५२९ माघ २०७९, आईतवार १४:४५ by विशाल श्रेष्ठNo Comments
चर्चित पात्र मुकुन्द घिमिरेले चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने र त्यहाँ उमेद्वारी दिने बताएका छ्न । सामाजिक संजालमा यो जानकारी दिएका हुन ।
उनले सामाजिक संजालमा लेखेको स्टाटस यस्तो छ – `चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने,म मुकुन्द घिमिरेले उमेद्वारी दिने।´
मुकुन्द घिमिरेले धेरै पहिलेदेखि रवि लामिछाने बिदेशी नागरिक भएको बताउँदै आएका छ्न ।...