Advertisement
Advertisement

विदेशमा रहेका लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छ

Advertisement
Advertisement

लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छ

६ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका लागि लगानीकर्ता समक्ष आह्वान गरेका छन् । बुधबार ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले यस्तो आह्वान गरेका हुन् । ‘नेपालमा ऊर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दछु, लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ’ उनले भने ।

सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई लिएको भन्दै उनले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न समेत सरकार तयार रहेको उल्लेख गरे । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले ऊर्जामा राम्रो प्रतिफल दिएको भन्दै उनले भने, ‘नेपालको गतिलो आम्दानीको स्रोत ऊर्जा नै हो ।’

ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै उनले नेपालमा विद्युत विकासको चर्चा समेत गरे । ९० को दशकभन्दा अगाडि एक–दुई मेगावाट विद्युत उत्पादन हुने गरेकामा निजी क्षेत्रको आगमनसँगै यसको विकासमा ठूलो फड्को मार्न सफल भएको उनले बताए ।

‘ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएका हुन् । निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र बनेको छैन, विदेशमा विद्युत निर्यात गर्न थालेको छ । यो हाम्रा लागि खुशीको खबर हो । यसले ऊर्जामा लगानीकर्तालाई आकर्षित समेत गरेको छ’ मन्त्री महतले भने ।

 

सरकारले विद्युत भारत निर्यात गर्ने संयन्त्र बनाउने भन्दै उनले विद्युतका लागि बंगलादेश अर्को ठूलो बजार रहेको बताए । बंगलादेशसँग विद्युत व्यापार सम्झौतापछि त्यसतर्फ ठूलो मात्रामा विद्युत निर्यात गर्न सकिने उनको भनाइ छ । विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरु समेत नेपालका ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक देखिएको उनले बताए । उनले उत्पादनसँगै विद्युतको खपतमा पनि त्यत्तिकै सजग हुनु जरुरी रहेको बताए । यातायातको क्षेत्रलाई विद्युतीकरण गर्दै घरयासी प्रयोजनमा विद्युत खपत बढाउनु पर्ने उनको तर्क छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Průvodce světem free spinů: Max Casino a jejich volné otočky

Průvodce světem free spinů: Max Casino a jejich volné otočkyJmenuji se Martin Novák a jsem nadšenec do online hazardních her. V to...

Jak ‘Hit Rate’ ovlivňuje volbu her pro online automaty?

Jak 'Hit Rate' ovlivňuje volbu her pro online automaty?Jsem Jan Novák, odborník na online automaty a herní strategie. Při výběru n...

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUS

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUSMit navn er Kasper Nielsen, og i denne artikel vil jeg guide dig gen...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×