दक्षिण कोरियामा नेपाली फुटबल टोलीलाई ऐतिहासिक सफलता
Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको चाङवनमा आयोजना भएको पाँचौँ एसिया–प्रशान्त बहिरा फुटबल च्याम्पियनसिप २०२६ मा नेपाली पुरुष तथा महिला राष्ट्रिय बहिरा फुटबल टोलीले ऐतिहासिक सफलता हासिल गरेका छन्।
नोभेम्बर २० देखि २९ तारिखसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली पुरुष राष्ट्रिय टोलीले तेस्रो स्थान हासिल गर्दै फेयर प्ले अवार्डसमेत जितेको छ। उत्कृष्ट खेल प्रदर्शन र खेल भावना प्रस्तुत गरेको नेपाली टोलीले यस सफलतासँगै सन् २०२७ मा टर्कीमा आयोजना हुने विश्व बहिरा फुटबल च्याम्पियनसिपमा समेत स्थान सुरक्षित गरेको छ।
त्यस्तै, प्रतियोगितामा सहभागी नेपाली महिला राष्ट्रिय टोलीले पनि उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरुष तथा महिला दुवै टोलीले तेस्रो स्थान हासिल गर्नु नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धि बनेको छ। यस सफलताले अन्तर्राष्ट्रियस्तरमा नेपाली बहिरा फुटबल...









