Advertisement
Advertisement

दक्षिण कोरियामा विदेशी श्रमिकको माग : रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाउनुपर्ने

Advertisement
Advertisement
दक्षिण कोरियामा कार्यरत विदेशी श्रमिकहरूले रोजगारदाताको अनुमति बिना नै कार्यस्थल परिवर्तन गर्न पाउनुपर्ने माग गर्दै अभियान सुरु गरेका छन्। हालको व्यवस्थाअनुसार निश्चित प्रकारका रोजगार भिसामा रहेका विदेशी श्रमिकले सम्झौता अवधि सकिनुअघि अर्को कार्यस्थलमा जान चाहेमा पुरानो रोजगारदाताबाट ‘लेटर अफ रिलिज’ (Letter of Release–LOR) लिनुपर्ने व्यवस्था छ।
द कोरिया टाइम्सका अनुसार कोरियन जनरल लेबर युनियन (KGLU) अन्तर्गतको नेटिभ ल्याङ्ग्वेज टिचर्स युनियनको सउल शाखाले नोभेम्बर २८ तारिखदेखि उक्त व्यवस्था हटाउन माग गर्दै सरकारसमक्ष हस्ताक्षर अभियान सुरु गरेको हो। अभियानमार्फत E-1 देखि E-8 भिसाअन्तर्गत रहेका विदेशी श्रमिकलाई रोजगारदाताको सहमतिबिना कार्यस्थल परिवर्तन गर्न पाउने व्यवस्था गर्न माग गरिएको छ।
हालको व्यवस्थाले रोजगारदातालाई विदेशी श्रमिकको रोजगारी परिवर्तनमा अत्यधिक नियन्त्रण गर्ने अधिकार दिएको युनियनको भनाइ छ। रोजगारदाताले लेटर अफ रिलिज दिन अस्वीकार गरेमा श्रमिकले अर्को कम्पनीमा काम खोज्न कठिनाइ भोग्नुपर्ने अवस्था छ। यसले गर्दा न्यून पारिश्रमिक, दुर्व्यवहार तथा अन्यायपूर्ण कार्य वातावरणमा काम गर्न बाध्य भए पनि श्रमिकले सहजै काम छोड्न नसक्ने समस्या रहेको युनियनले जनाएको छ।
युनियनले रोजगारदाताको अनुमतिमा निर्भर हुनुपर्ने यस्तो व्यवस्था अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को जबर्जस्ती श्रमविरुद्धको प्रावधान तथा दक्षिण कोरियाको संविधानमा उल्लेखित विदेशी नागरिकको अधिकारसम्बन्धी व्यवस्थासँग मेल नखाने तर्क गरेको छ। दक्षिण कोरियाले सन् २०२१ मा जबर्जस्ती श्रमसम्बन्धी ILO को प्रोटोकल P.029 अनुमोदन गरेको विषयलाई पनि युनियनले आफ्नो मागको आधार बनाएको छ।
E-9 भिसामा रहेका श्रमिकलाई के हुन्छ?
दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत E-9 भिसामा कार्यरत नेपालीसहित विदेशी श्रमिकले पनि कार्यस्थल परिवर्तन गर्दा विभिन्न कानुनी प्रतिबन्ध र प्रक्रियाको सामना गर्नुपर्छ। तर E-9 श्रमिकको कार्यस्थल परिवर्तनसम्बन्धी व्यवस्था छुट्टै कानुनी प्रावधानअन्तर्गत रहेकाले हाल सुरु गरिएको अभियानले उनीहरूको हकमा स्वतः नियम परिवर्तन गर्ने छैन।
E-9 श्रमिकको कार्यस्थल परिवर्तनसम्बन्धी नियम संशोधन गर्न कानुनी प्रक्रिया आवश्यक पर्ने विषय पनि उठाइएको छ। त्यसैले अहिलेको अभियान सफल भए पनि त्यसले E-9 श्रमिकको कार्यस्थल परिवर्तनसम्बन्धी व्यवस्थामा तत्काल परिवर्तन ल्याउने निश्चित छैन।
डिसेम्बर १८, २०२६ सम्म सञ्चालन हुने उक्त हस्ताक्षर अभियानले सरकारलाई विदेशी श्रमिकको रोजगारी परिवर्तनसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्न दबाब दिने अपेक्षा गरिएको छ।
यद्यपि, रोजगारदाताको अनुमति बिना काम परिवर्तन गर्न पाउने अधिकारसम्बन्धी माग अहिले युनियनले अघि सारेको अभियान मात्र हो। दक्षिण कोरियाली सरकारले हालसम्म उक्त व्यवस्था खारेज गर्ने निर्णय गरिसकेको छैन। त्यसैले अहिले नै विदेशी श्रमिकले स्वतन्त्र रूपमा कार्यस्थल परिवर्तन गर्न पाउने नियम लागू भएको भने होइन।
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी श्रमिकको  माग : रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाउनुपर्ने

दक्षिण कोरियामा विदेशी श्रमिकको माग : रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाउनुपर्ने

दक्षिण कोरियामा कार्यरत विदेशी श्रमिकहरूले रोजगारदाताको अनुमति बिना नै कार्यस्थल परिवर्तन गर्न पाउनुपर्ने माग गर्दै अभियान सुरु ...
तमू धीं बुसान शाखाद्वारा पहिलो चरणअन्तर्गत धादिङका दुई विद्यालयलाई २ लाख बराबरको शैक्षिक सामग्री सहयोग

तमू धीं बुसान शाखाद्वारा पहिलो चरणअन्तर्गत धादिङका दुई विद्यालयलाई २ लाख बराबरको शैक्षिक सामग्री सहयोग

दक्षिण कोरियामा सक्रिय तमू धीं दक्षिण कोरिया ख्याङसाङनाम्दो बुसान शाखाले धादिङ जिल्लाका दुई विद्यालयका विद्यार्थीलाई करिब २ लाख रु...
एनआरएनए दक्षिण कोरियाको निःशुल्क स्वास्थ्य शिविर जारी, ६५ जनाले लिए स्वास्थ्य सेवा

एनआरएनए दक्षिण कोरियाको निःशुल्क स्वास्थ्य शिविर जारी, ६५ जनाले लिए स्वास्थ्य सेवा

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाली समुदायलाई लक्षित गरी शनिबार सउलमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६५...
रामेछाप सांगीतिक साँझको समीक्षा तथा आय–व्यय सार्वजनिक गर्न डिसेम्बर ६ तारिक सउलमा चियापान कार्यक्रम आयोजना हुँदै

रामेछाप सांगीतिक साँझको समीक्षा तथा आय–व्यय सार्वजनिक गर्न डिसेम्बर ६ तारिक सउलमा चियापान कार्यक्रम आयोजना हुँदै

रामेछाप सम्पर्क समिति, दक्षिण कोरियाले गत सेप्टेम्बर २४ तारिख आयोजना गरेको ‘रामेछाप सांगीतिक साँझ–२०२६ (भाग–२)’ कार्यक्रमको समीक्ष...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×