रामेछाप सम्पर्क समिति, दक्षिण कोरियाले गत सेप्टेम्बर २४ तारिख आयोजना गरेको ‘रामेछाप सांगीतिक साँझ–२०२६ (भाग–२)’ कार्यक्रमको समीक्षा तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।
समितिले आगामी डिसेम्बर ६ तारिख आइतबार दिउँसो १ बजे सउलको 서울특별시 성동구 아차산로 92, 에스타워 B2층 मा समीक्षा तथा चियापान कार्यक्रम गर्न लागेको हो।
समितिद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कार्यक्रममा सांगीतिक साँझको समग्र समीक्षा, आय–व्यय विवरण सार्वजनिक तथा आगामी कार्ययोजनाबारे छलफल गरिनेछ।
दुर्गम भेगको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको उक्त सांगीतिक कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण संघ–संस्था, सामाजिक अभियन्ता, शुभचिन्तक तथा सहयोगीहरूप्रति समितिले आभार व्यक्त गरेको छ।
विशेषगरी कार्यक्रमको प्रचारप्रसार तथा समाचार सम्प्रेषणमार्फत सहयोग पुर्याउने दक्षिण कोरियामा क्रियाशील सम्पूर्ण पत्रकारहरूलाई समीक्षा तथा चियापान कार्यक्रममा उपस्थित भई आफ्ना सुझाव, सल्लाह र अनुभव साझा गरिदिन समितिले आग्रह गरेको छ।
त्यसैगरी दक्षिण कोरियामा रहेका सम्पूर्ण रामेछापवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई संस्थाप्रतिको अपनत्व र एकताको भावना कायम राख्दै कार्यक्रममा सहभागी हुन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रम विवरण:
* मिति : २०२६ डिसेम्बर ६, आइतबार
* समय : दिउँसो १ बजे
* स्थान : 서울특별시 성동구 아차산로 92, 에스타워 B2층
समितिले सम्पूर्ण सहयोगी, शुभेच्छुक, पत्रकार तथा रामेछापवासीहरूको गरिमामय उपस्थितिको अपेक्षा गरेको छ।

Views: 18









