Advertisement
Advertisement

दक्षिण कोरियाको हुलाक सेवामा साइबर हमला, १ लाख १३ हजारभन्दा बढी सेवाग्राहीको व्यक्तिगत विवरण बाहिरियो

Advertisement
Advertisement
दक्षिण कोरियाको इन्टरनेट हुलाक सेवामाथि भएको साइबर हमलाबाट कम्तीमा १ लाख १३ हजार ८५५ जना सेवाग्राहीको व्यक्तिगत विवरण सार्वजनिक भएको छ। घटनाको पूर्ण विवरण भने अझै अनुसन्धानकै क्रममा रहेको हुलाक सेवाले जनाएको छ।
विज्ञान तथा सूचना सञ्चार प्रविधि मन्त्रालयअन्तर्गत रहेको कोरिया पोस्टका अनुसार ह्याकरहरूले इन्टरनेट हुलाक सेवाको प्रणालीमा अनधिकृत पहुँच बनाएर सेवाग्राहीको व्यक्तिगत विवरण समेटिएका हुलाक अभिलेखहरू हेरेका थिए।
ह्याकरहरूले नोभेम्बर १७ देखि २४ तारिखसम्म दर्ता गरिएको हुलाकमार्फत पठाइएका सामग्रीको डेलिभरी ठेगाना परिवर्तन गर्ने मोबाइल सेवामा पहुँच बनाएका थिए। त्यसक्रममा पत्र तथा सामग्री प्राप्त गर्ने व्यक्तिहरूको नाम, ठेगाना र फोन नम्बरमा पहुँच पुगेको पाइएको छ। एक दिनको तथ्याङ्क मात्रै विश्लेषण गर्दा पनि १ लाख १३ हजार ८५५ जनाको विवरण चुहिएको पुष्टि भएको कोरिया पोस्टले जनाएको छ।
कोरिया पोस्टले गत बुधबार साइबर हमलाको संकेत पाएपछि प्रहरीलाई अनुसन्धानका लागि अनुरोध गरेको थियो। घटनापछि डेलिभरी ठेगाना परिवर्तन गर्न मिल्ने सुविधासहित केही सेवाहरू अस्थायी रूपमा बन्द गरिएको छ भने मोबाइल वेबसाइटमा विदेशका आईपी ठेगानाबाट हुने पहुँचसमेत रोकिएको छ।
घटनाप्रति दुःख व्यक्त गर्दै कोरिया पोस्टका प्रमुख पार्क इन–ह्वानले घटनाको कारणबारे विस्तृत अनुसन्धान गरिने, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चालिने र सेवाग्राहीको विश्वास कायम राख्न प्रतिबद्ध रहेको बताएका छन्।
पछिल्लो समय दक्षिण कोरियामा वित्तीय संस्था तथा सरकारी निकायहरूमा साइबर हमला र व्यक्तिगत विवरण चुहिने घटना बढिरहेका बेला हुलाक सेवामा भएको यो घटना सार्वजनिक भएको हो। यसअघि सरकारी स्वामित्वको कोरिया इलेक्ट्रिक पावर कर्पोरेसन (KEPCO) बाट करिब १५ लाख २० हजार व्यक्तिको व्यक्तिगत विवरण चुहिएको ठूलो घटना पनि सार्वजनिक भएको थियो।
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रामेछाप सांगीतिक साँझको समीक्षा तथा आय–व्यय सार्वजनिक गर्न डिसेम्बर ६ तारिक सउलमा चियापान कार्यक्रम आयोजना हुँदै

रामेछाप सांगीतिक साँझको समीक्षा तथा आय–व्यय सार्वजनिक गर्न डिसेम्बर ६ तारिक सउलमा चियापान कार्यक्रम आयोजना हुँदै

रामेछाप सम्पर्क समिति, दक्षिण कोरियाले गत सेप्टेम्बर २४ तारिख आयोजना गरेको ‘रामेछाप सांगीतिक साँझ–२०२६ (भाग–२)’ कार्यक्रमको समीक्ष...
दक्षिण कोरियाको हुलाक सेवामा साइबर हमला, १ लाख १३ हजारभन्दा बढी सेवाग्राहीको व्यक्तिगत विवरण बाहिरियो

दक्षिण कोरियाको हुलाक सेवामा साइबर हमला, १ लाख १३ हजारभन्दा बढी सेवाग्राहीको व्यक्तिगत विवरण बाहिरियो

दक्षिण कोरियाको इन्टरनेट हुलाक सेवामाथि भएको साइबर हमलाबाट कम्तीमा १ लाख १३ हजार ८५५ जना सेवाग्राहीको व्यक्तिगत विवरण सार्वजनिक भए...
दक्षिण कोरियामा होमप्लसका ६७ वटै हाइपरमार्केट आजदेखि बन्द, आर्थिक संकटले पुनः सञ्चालन ठप्प

दक्षिण कोरियामा होमप्लसका ६७ वटै हाइपरमार्केट आजदेखि बन्द, आर्थिक संकटले पुनः सञ्चालन ठप्प

दक्षिण कोरियाको प्रमुख खुद्रा व्यापारिक कम्पनी होमप्लसले आर्थिक संकट चुलिएपछि देशभर रहेका आफ्ना ६७ वटै हाइपरमार्केटको सञ्चालन आज (...
यो साताको नोभेम्बर २८ र २९ तारिख दक्षिण कोरियाका यी ४ सहरमा ‘कबड्डी ५’ को प्रदर्शन हुँदै

यो साताको नोभेम्बर २८ र २९ तारिख दक्षिण कोरियाका यी ४ सहरमा ‘कबड्डी ५’ को प्रदर्शन हुँदै

दक्षिण कोरियामा नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को प्रदर्शनले दर्शकको उत्साहजनक साथ पाइरहेका बेला यस साता थप चार...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×