Advertisement
Advertisement

Day: १३ मंसिर २०८३, शनिबार ०६:३६

रामेछाप सांगीतिक साँझको समीक्षा तथा आय–व्यय सार्वजनिक गर्न डिसेम्बर ६ तारिक सउलमा चियापान कार्यक्रम आयोजना हुँदै

रामेछाप सांगीतिक साँझको समीक्षा तथा आय–व्यय सार्वजनिक गर्न डिसेम्बर ६ तारिक सउलमा चियापान कार्यक्रम आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
रामेछाप सम्पर्क समिति, दक्षिण कोरियाले गत सेप्टेम्बर २४ तारिख आयोजना गरेको ‘रामेछाप सांगीतिक साँझ–२०२६ (भाग–२)’ कार्यक्रमको समीक्षा तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। समितिले आगामी डिसेम्बर ६ तारिख आइतबार दिउँसो १ बजे सउलको 서울특별시 성동구 아차산로 92, 에스타워 B2층 मा समीक्षा तथा चियापान कार्यक्रम गर्न लागेको हो। समितिद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कार्यक्रममा सांगीतिक साँझको समग्र समीक्षा, आय–व्यय विवरण सार्वजनिक तथा आगामी कार्ययोजनाबारे छलफल गरिनेछ। दुर्गम भेगको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको उक्त सांगीतिक कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण संघ–संस्था, सामाजिक अभियन्ता, शुभचिन्तक तथा सहयोगीहरूप्रति समितिले आभार व्यक्त गरेको छ। विशेषगरी कार्यक्रमको प्रचारप्रसार तथा समाचार सम्प्रेषणमार्फत सहयोग पुर्‍याउने ...
दक्षिण कोरियाको हुलाक सेवामा साइबर हमला, १ लाख १३ हजारभन्दा बढी सेवाग्राहीको व्यक्तिगत विवरण बाहिरियो

दक्षिण कोरियाको हुलाक सेवामा साइबर हमला, १ लाख १३ हजारभन्दा बढी सेवाग्राहीको व्यक्तिगत विवरण बाहिरियो

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अपराध, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको इन्टरनेट हुलाक सेवामाथि भएको साइबर हमलाबाट कम्तीमा १ लाख १३ हजार ८५५ जना सेवाग्राहीको व्यक्तिगत विवरण सार्वजनिक भएको छ। घटनाको पूर्ण विवरण भने अझै अनुसन्धानकै क्रममा रहेको हुलाक सेवाले जनाएको छ। विज्ञान तथा सूचना सञ्चार प्रविधि मन्त्रालयअन्तर्गत रहेको कोरिया पोस्टका अनुसार ह्याकरहरूले इन्टरनेट हुलाक सेवाको प्रणालीमा अनधिकृत पहुँच बनाएर सेवाग्राहीको व्यक्तिगत विवरण समेटिएका हुलाक अभिलेखहरू हेरेका थिए। ह्याकरहरूले नोभेम्बर १७ देखि २४ तारिखसम्म दर्ता गरिएको हुलाकमार्फत पठाइएका सामग्रीको डेलिभरी ठेगाना परिवर्तन गर्ने मोबाइल सेवामा पहुँच बनाएका थिए। त्यसक्रममा पत्र तथा सामग्री प्राप्त गर्ने व्यक्तिहरूको नाम, ठेगाना र फोन नम्बरमा पहुँच पुगेको पाइएको छ। एक दिनको तथ्याङ्क मात्रै विश्लेषण गर्दा पनि १ लाख १३ हजार ८५५ जनाको विवरण चुहिएको पुष्टि भएको कोरिया पोस्टले जनाएको छ। कोरिया ...