ब्लु लायन FC लाई पराजित गर्दै इक्सान NFC बन्यो प्रथम दसैँ भेट्रान फुटबल प्रतियोगिताको विजेता
नेपाल फुटबल महासंघ दक्षिण कोरिया (NFFSK) को आयोजनामा अक्टोबर १८, २०२६ मा दक्षिण कोरियाको इक्सान सहरमा सम्पन्न प्रथम दसैँ भेट्रान सेभेन–ए–साइड फुटबल प्रतियोगिताको उपाधि इक्सान NFC ले जितेको छ। प्रतियोगितामा ब्लु लायन FC उपविजेता बनेको छ।
प्रवासी भूमिमा नेपाली फुटबलको विकास, आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी क्लब तथा खेलाडीहरूले अनुशासन र खेलभावनासहित प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ इक्सान NFC का सुरज बुढाथोकीले उत्कृष्ट गोलकिपरको अवार्ड प्राप्त गरे भने सोही क्लबका विजय जङ्ग कार्की सर्वाधिक गोलकर्ता बने। त्यसैगरी, ब्लु लायन FC का सुमन पाख्रिन उत्कृष्ट डिफेन्डर घोषित भए भने इक्सान NFC का राज थापा श्रेष्ठले उत्कृष्ट खेलाडी (MVP) को अवार्ड जिते।
प्रतियो...









