Advertisement
Advertisement

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चिम समाज दक्षिण कोरिया ले आगामी अगस्ट १५, २०२६ (शनिबार) पिकनिक कार्यक्रम आयोजना गर्ने भएको छ।

समाजका अध्यक्ष दिपेन्द्र रोकायाको अध्यक्षतामा सम्पन्न बैठकले उक्त पिकनिक कार्यक्रम आयोजना गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो। समाजका अनुसार कार्यक्रम साँझ ६ बजेदेखि सञ्चालन हुनेछ।

पिकनिक कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सफल बनाउन विभिन्न जिम्मेवारीसहितको कार्यसमिति समेत गठन गरिएको छ। गठन गरिएको समितिअन्तर्गत महेश बजगाईंलाई कार्यक्रम संयोजक, नवराज तिमिल्सेनालाई आर्थिक संयोजक, नरेश रावललाई सांस्कृतिक संयोजक, कृष्ण भण्डारीलाई कार्यक्रम व्यवस्थापन संयोजक, रुक्मा बमलाई स्वागत तथा सत्कार संयोजक, डम्बर न्यौपानेलाई भान्सा व्यवस्थापन संयोजक तथा अशोक बोहरालाई स्वयंसेवक संयोजकको जिम्मेवारी दिइएको छ।

बैठकले कार्यक्रमको आवश्यक तयारी, समन्वय, व्यवस्थापन तथा सफल कार्यान्वयनका लागि कार्यसमितिलाई पूर्ण जिम्मेवारी प्रदान गरेको छ। साथै सम्बन्धित संयोजकहरूले आफ्नो विभागको आवश्यकता अनुसार थप सदस्य चयन तथा मनोनयन गर्न सक्ने निर्णय पनि गरिएको छ।

समाजले पिकनिकलाई दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेलीहरूबीच आपसी सहकार्य, सांस्कृतिक आदानप्रदान र सम्बन्ध विस्तारको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। कार्यक्रमलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गरिएको छ।

यसैबीच, पिकनिकलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन नेपालबाट चर्चित कलाकारहरूलाई आमन्त्रण गर्ने विषयमा समेत छलफल भइरहेको समाजका अध्यक्ष दिपेन्द्र रोकायाले जानकारी दिएका छन्। कलाकारहरूको सहभागिताबारे अन्तिम निर्णय भने तयारी समितिको आगामी बैठकबाट हुने जनाइएको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×