Advertisement
Advertisement

नेपाली जनसम्पर्क समिति द. कोरियाको उपसभापतिमा सागर माङमुको उम्मेदवारी घोषणा, “समर्पण, सेवा र परिवर्तन”लाई मुख्य एजेन्डा

Advertisement
Advertisement

नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ केन्द्रीय अधिवेशन आगामी जुलाई १२, २०२६ मा राजधानी सोलमा हुँदैछ। अधिवेशनअन्तर्गत उपसभापति पदका लागि सागर माङ्मु (विशाल) ले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै माङ्मुले “समर्पण, सेवा र परिवर्तन” लाई आफ्नो मूल चुनावी प्रतिबद्धताका रूपमा अघि सारेका छन्। संगठनलाई अझ सशक्त, पारदर्शी, उत्तरदायी र सबै सदस्यको साझा संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित आफू उपसभापति पदमा उम्मेदवार बनेको उनले बताएका छन्।

उनले संगठनलाई विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सञ्चालन गर्दै सदस्यहरूको विश्वास जित्ने, जनमुखी कार्यशैली अपनाउने, वार्षिक कार्ययोजना निर्माण गर्ने तथा प्रवासी श्रमिक, व्यवसायी र विद्यार्थीका साझा समस्या तथा सरोकारलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, समन्वय, सहकार्य र नवीन सोचमार्फत संगठनलाई थप गतिशील र प्रभावकारी बनाउने उनको योजना रहेको छ।

उम्मेदवारी घोषणापछि विभिन्न शुभेच्छुक, प्रतिनिधि तथा जनसम्पर्क समितिका नेताकार्यकर्ताले सामाजिक सञ्जालमार्फत सागर माङ्मुलाई शुभकामना व्यक्त गर्दै सक्रिय, मिलनसार, जिम्मेवार र संगठनप्रति समर्पित युवा नेतृत्वका रूपमा टिप्पणी गरेका छन्। संगठनमा उनको निरन्तर सक्रियता र समन्वयकारी भूमिकाले उपसभापति पदका लागि उनलाई बलियो उम्मेदवार बनाएको धेरैको धारणा छ।

आगामी जुलाई १२ मा हुने सातौँ अधिवेशन नजिकिँदै जाँदा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बन्दै गएको छ। यसैक्रममा सागर माङ्मु (विशाल) को उपसभापति पदको उम्मेदवारीले अधिवेशनको चुनावी माहोललाई थप उत्साहपूर्ण बनाएको राजनीतिक वृत्तमा चर्चा छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Wildies Single-Deck Blackjack Strategy

ContentsUnderstanding the Single-Deck AdvantageBasic Strategy for the Single-Deck GameBankroll Management and Betting StrategiesLe...

Comment déposer une réclamation sur EmberBet inscription

Sommaire1. Identifier la Nature de Votre Problème2. Rassembler les Preuves et Informations Nécessaires3. Les Canaux de Contact pou...

Consejos prácticos para disfrutar del juego responsable mientras apuestas en el casino de Lamine Yamal

En este artículo, exploraremos una serie de consejos prácticos para garantizar que tu experiencia de juego en el Yamal casino ...

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in Transactions

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in TransactionsWhen it comes to handling large payouts, JeetCity put...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×