नेपाली जनसम्पर्क समिति द. कोरियाको उपसभापतिमा सागर माङमुको उम्मेदवारी घोषणा, “समर्पण, सेवा र परिवर्तन”लाई मुख्य एजेन्डा
नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ केन्द्रीय अधिवेशन आगामी जुलाई १२, २०२६ मा राजधानी सोलमा हुँदैछ। अधिवेशनअन्तर्गत उपसभापति पदका लागि सागर माङ्मु (विशाल) ले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै माङ्मुले “समर्पण, सेवा र परिवर्तन” लाई आफ्नो मूल चुनावी प्रतिबद्धताका रूपमा अघि सारेका छन्। संगठनलाई अझ सशक्त, पारदर्शी, उत्तरदायी र सबै सदस्यको साझा संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित आफू उपसभापति पदमा उम्मेदवार बनेको उनले बताएका छन्।
उनले संगठनलाई विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सञ्चालन गर्दै सदस्यहरूको विश्वास जित्ने, जनमुखी कार्यशैली अपनाउने, वार्षिक कार्ययोजना निर्माण गर्ने तथा प्रवासी श्रमिक, व्यवसायी र विद्यार्थीका साझा समस्या तथा सरोकारलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। स...
