Advertisement
Advertisement

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन्न “प्रथम पोखरा फुटसल कप २०२६” को उपाधि कास्की एफसी कोरियाले जितेको छ।

“एकता हाम्रो पहिचान, स्वास्थ्य हाम्रो अभियान” भन्ने मूल नारासहित जुन १४ तारिख आइतबार कोरियाको छनान् स्थित मेचीअप फुटसल फिल्डमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा कास्की एफसीले लालीगुराँस एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै नगद ३५ लाख कोरियन वोनसहित च्याम्पियन बन्न सफल भएको हो। उपविजेता बनेको लालीगुराँस एफसीले नगद २० लाख कोरियन वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा दक्षिण कोरियाभरिका ३८  नेपाली फुटबल टोलीहरूको सहभागिता रहेको थियो। सेमिफाइनलसम्म पुग्न सफल ब्लु लायन एफसी “A” र इन्छन एफसीले जनही ४ लाख कोरियन वोन पुरस्कार प्राप्त गरेका छन्। व्यक्तिगत विधातर्फ लालीगुराँस एफसीका विशाल राई उत्कृष्ट खेलाडी घोषित हुँदै १ लाख ५० हजार कोरियन वोनसहित ट्रफी, मेडल र प्रमाणपत्रबाट सम्मानित भए। त्यसैगरी कास्की एफसीका प्रवीण गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए भने प्रतियोगिताभर ११ गोल गरेका इन्छन एफसीका सन्दीप भण्डारी सर्वाधिक गोलकर्ता बनेर जनही १ लाख कोरियन वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए।

प्रतियोगिता सम्पन्न भएपछि आयोजक कास्की परिवार दक्षिण कोरियाले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न संघसंस्था, प्रायोजक, खेलाडी, स्वयंसेवक, खेलप्रेमी दर्शक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

प्रवासमा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता भव्य, सभ्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

No description available.

No description available.

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×