Advertisement
Advertisement

ब्लु लायन FC लाई पराजित गर्दै इक्सान NFC बन्यो प्रथम दसैँ भेट्रान फुटबल प्रतियोगिताको विजेता

Advertisement
Advertisement

नेपाल फुटबल महासंघ दक्षिण कोरिया (NFFSK) को आयोजनामा अक्टोबर १८, २०२६ मा दक्षिण कोरियाको इक्सान सहरमा सम्पन्न प्रथम दसैँ भेट्रान सेभेन–ए–साइड फुटबल प्रतियोगिताको उपाधि इक्सान NFC ले जितेको छ। प्रतियोगितामा ब्लु लायन FC उपविजेता बनेको छ।

प्रवासी भूमिमा नेपाली फुटबलको विकास, आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी क्लब तथा खेलाडीहरूले अनुशासन र खेलभावनासहित प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ इक्सान NFC का सुरज बुढाथोकीले उत्कृष्ट गोलकिपरको अवार्ड प्राप्त गरे भने सोही क्लबका विजय जङ्ग कार्की सर्वाधिक गोलकर्ता बने। त्यसैगरी, ब्लु लायन FC का सुमन पाख्रिन उत्कृष्ट डिफेन्डर घोषित भए भने इक्सान NFC का राज थापा श्रेष्ठले उत्कृष्ट खेलाडी (MVP) को अवार्ड जिते।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने प्रायोजक, सहयोगदाता, रेफ्री, सहायक रेफ्री, स्वयंसेवक तथा आयोजक सदस्यहरूप्रति NFFSK ले आभार व्यक्त गरेको छ। प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा रारा रेस्टुरेन्ट, इक्सानले सहयोग गरेको थियो। सह–प्रायोजकका रूपमा JB बैंकका लोन परामर्शदाता हरिप्रसाद भट्टराई र GME Remittance का रेमिटेन्स प्रबन्धक सन्दीप थापाले आर्थिक सहयोग गरेका थिए। त्यस्तै, नीता राईले खानेपानी सहयोग उपलब्ध गराएकी थिइन्।
प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्न ANFA बाट मान्यता प्राप्त नेपाली रेफ्री विज्ञान प्रसाई, विशाल राई र अर्जुन राईले भूमिका निर्वाह गरेका थिए। सहायक रेफ्रीका रूपमा नीरज जङ्ग कार्की र शंकर गुरुङले सहयोग गरेका थिए।
त्यसैगरी, प्रतियोगिताको व्यवस्थापनमा स्वयंसेवकका रूपमा खटिएका सुवन NFC का रुपक नेपाली, सुजल खत्री, सञ्जीव राई र सोम घलेलगायत आयोजकका पदाधिकारी, सदस्य तथा अन्य सहयोगीहरूप्रति पनि महासंघले धन्यवाद व्यक्त गरेको छ।
NFFSK ले प्रतियोगितामा सहभागी सम्पूर्ण क्लब, खेलाडी, अतिथि, शुभचिन्तक तथा सहयोगदाताको साथ र सहयोगले कार्यक्रम सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रवासी नेपाली समुदायबीच फुटबलको विकास र आपसी सद्भाव मजबुत बनाउन सहकार्य जारी रहने विश्वास व्यक्त गरेको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×