Advertisement
Advertisement

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

Advertisement
Advertisement

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजित रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।

“प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मूल नाराका साथ स्थापना भएको संस्थाले आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रालाई विशेष समारोहका साथ मनाएको हो। कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, व्यवसायी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हर्क बिष्ट रहनुभएको थियो भने सभापतित्व बाग्लुङ समाज दक्षिण कोरियाका अध्यक्ष राजु नेपालीले गर्नुभएको थियो।

कार्यक्रम संयोजक सुबास लामिछाने, स्मारिका प्रकाशन संयोजक याम श्रीस तथा आर्थिक संयोजक भुमिराज भुषालको समन्वयमा सम्पन्न कार्यक्रमको सञ्चालन गिर बहादुर भण्डारीले गर्नुभएको थियो। रजत जयन्ती समारोहका अवसरमा बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना कालदेखि हालसम्मको इतिहास, संस्थाले दक्षिण कोरिया तथा गृह जिल्ला बाग्लुङमा गरेका सामाजिक गतिविधि, जिल्लाको संक्षिप्त परिचय, कोरियामा रहेका सिर्जनशील व्यक्तित्वहरूका लेख–रचना तथा विभिन्न संघ–संस्थाका शुभकामना सन्देश समेटिएको विशेष स्मारिका विमोचन गरिएको थियो।

कार्यक्रममा संस्थाको पहिलो कार्यसमितिदेखि हालसम्म नेतृत्व सम्हाल्दै आएका पूर्व तथा वर्तमान अध्यक्षहरूलाई सम्मान गरिएको थियो। साथै संस्थाको विकास, विस्तार र निरन्तरतामा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई समेत कदरपत्र तथा सम्मानद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ।

सांस्कृतिक कार्यक्रमतर्फ चर्चित गायक सूर्य खड्काको विशेष प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। त्यसैगरी लोक दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाका कलाकारहरू तथा अन्य कलाकारहरूले प्रस्तुत गरेका गीत, संगीत र सांस्कृतिक नृत्यहरूले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र स्मरणीय बनाएका थिए। नेपाली कला, संस्कृति र मौलिक पहिचान झल्काउने विविध प्रस्तुतिले उपस्थित दर्शकहरूको मन जितेको थियो।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, प्रायोजक, कलाकार, पत्रकार, स्वयंसेवक तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति बाग्लुङ समाज दक्षिण कोरियाले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

आफ्नो व्यस्त समयका बाबजुद कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिने सबैप्रति समाजले विशेष आभार व्यक्त गरेको छ। समाजले सहभागीहरूको माया, विश्वास, सहयोग र सद्भावले कार्यक्रमलाई ऐतिहासिक, भव्य तथा स्मरणीय बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि प्रवासी नेपाली समुदायबीच एकता, सहकार्य, सामाजिक उत्तरदायित्व तथा सांस्कृतिक संरक्षणका कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। साथै कार्यक्रम सञ्चालनका क्रममा अनजानमा भएका कमी–कमजोरीप्रति क्षमायाचना गर्दै प्राप्त सुझाव तथा प्रतिक्रियालाई सकारात्मक रूपमा ग्रहण गरी आगामी कार्यक्रमहरूलाई अझ व्यवस्थित र उत्कृष्ट बनाउँदै लैजाने जनाएको छ।

May be an image of one or more people and text

May be an image of dais and text that says 'ETI 5001g रजत जयन्ती विशेष मूल समारोह परिका विमोचन तथा विविध सांस्कृतिक कार्यकत्रम साधमा राष्टिय लया दोहोरी मील प्रतिष्ठार नेपास कोरिवा शासाका विरेधध प्रस्तुति एह सेपाली पडबेबा मालिक नूत्ब NIRM RODH Pyeon उ्पर वाग्लुड पहारी महानुभावहरूमा क्षेण कोरिया 골론국사 स्वागत गर्दश्श W थेगशाखा रंग शाखा U কয় ददिण कोरिया 토표'

May be an image of ‎one or more people, hookah, accordion, saxophone, trumpet, violin, clarinet, crowd and ‎text that says '‎30 ודר रजत जयन्ती विशेष बपसरमा जयोजित स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम मूल समारोह धारामी পृੰমি पज्येतर मैंटिक NIRMAYA RODHI RODHICLUB CLUB Pyeongtaek वाग्लुल उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक स्वागत मर्दश्ी वक्षिण कोरिया बार राखा חבת LU गाजी लहनर, বাহলা 太 HNL 1A ادره‎'‎‎

May be an image of dancing and crowd

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?Jmenuji se Jan Novák a rád bych vám přiblížil online kasin...

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland ist

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland istMein Name ist Max Müller, und in diesem Artikel werde ic...

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×