कोरियामा श्रीमानले पैसा कमाउने, श्रीमती मिटरब्याजमा लगाउने मिटरब्याजी उर्वर्सि सिआइबी हिरासतमा
कोरियामा श्रीमानले पैसा कमाउने, श्रीमती मिटरब्याजमा लगाउने मिटरब्याजी उर्वर्सि सिआइबी हिरासतमा
काठमाडौं । कोरियाबाट श्रीमानले पैसा कमाएर पठाउने, श्रीमती काठमाडौंमा मिटरब्याजमा लगाउने । एक लाखको एक दिनको ब्याज एक हजार रुपैयाँ । ब्याज समयमा तिर्न नसके ब्याजमा पनि ब्याज लगाउने । सुरुमै चेक लिएर आफुखुशी पैसा भर्ने त्यसअनुसार नदिए प्रहरीमा गएर चेक बाउन्समा फसाउने भन्दै धम्काउने । यस्तो असुली धन्दामा सक्रिय एक महिला यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को हिरासतमा छिन् ।
काठमाडौंको चाबहिलमा स्पोर्टस् हाउस नामक खेलकुद सामग्रीका पसलसमेत चलाउँदै आएकी शंखरापुर घर भएकी ३८ वर्षीय उर्वशी भण्डारीलाई सिआइबीले मिटरब्याजसम्बन्धि कसुरमा पक्राउ गरेको हो ।
उनीविरुद्ध ८ जनाले सिआइबीमा उजुरी दिएका छन् । मिटरब्याजसम्बन्धि प्रष्ट कानून नभएपछि सिआइबीले भन्डारीमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि...









