Advertisement
Advertisement

समाचार

विदेशमा रहेका लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छ

विदेशमा रहेका लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छ

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, समाचार
लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छ ६ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका लागि लगानीकर्ता समक्ष आह्वान गरेका छन् । बुधबार ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले यस्तो आह्वान गरेका हुन् । ‘नेपालमा ऊर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दछु, लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ’ उनले भने । सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई लिएको भन्दै उनले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न समेत सरकार तयार रहेको उल्लेख गरे । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले ऊर्जामा राम्रो प्रतिफल दिएको भन्दै उनले भने, ‘नेपालको गतिलो आम्दानीको स्रोत ऊर्जा नै हो ।’ ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै उनले नेपालमा विद्युत विकासको चर्चा समेत...
कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने

कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेलकुद, जानकारी, समाचार
कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने स्थापनाकाल देखि कोरियामा नेपालीहरु बीच बुद्ध जयन्ति फुट्सल प्रतियोगिता गर्दै आएको तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०८० साल तथा बुद्ध जयन्तीको अवसरमा मे २८ तारिखमा चौथो बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको छ। 부처님은 네팔에서 태어났습니다. (Buddha was Born in Nepal) भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश विश्व समक्ष पुगोस् भन्ने उदेश्य अनि विदेशी भुमिलाई कर्मा थलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेल प्रती रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकाश गर्नेछ र नेपाली दाजुभाइहरु बिचको आपसी सुमधुर सम्बन्ध तथा भाईचारा बढाउन प्रतियोगिताले ठूलो भुमिका खेल्ने जानकारी संस्थाका अध्यक्ष सोम योञ्जनले दिनु भएको छ । गत वर्ष झै प्रतियोगिता मर्यादित, निस्पक्ष र फुट...
स्याङ्जा परिवारले आउँदो मे २७ र २८ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने 

स्याङ्जा परिवारले आउँदो मे २७ र २८ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, मनोरन्जन, समाचार
स्याङ्जा परिवारले आउँदो मे २७ र २८ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने  बोम्जन गुरुङ  १९ अप्रिल २०२३, कोरिया  कोरिया स्थित स्याङ्जा परिवारले आउँदो मे महिनाको २७ र २८ तारिक दुई दिने रमाइलो बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । स्याङ्जा परिवारले आफ्नो दुई शाखाहरु किम्हे/बुसान र थेगु शाखासँगको संयुक्त आयोजनामा सउल, बुसान र थेगुको मध्य भागमा पायक पर्ने गरि (장태산 황토가마펜션 대전) मा सो कार्यक्रमको आयोजना गरेको हो ।  कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाको केन्द्रीय अध्यक्ष भक्त थापाले जानकारी दिए । संस्थालाई थप चलायमान गराउँदै वर्षेनी आयोजना गर्दै आइरहेको नियमित कार्यक्रम अन्तर्गत यसपटक पनि बनभोज कार्यक्रम हुने पक्का भएको सन्...
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजको सस्था घोषणा तथा भित्तेपात्रो बिमोचन कार्यक्रम वैशाख ६ गते 

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजको सस्था घोषणा तथा भित्तेपात्रो बिमोचन कार्यक्रम वैशाख ६ गते 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, राजनीति, विदेश, समाचार
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजको सस्था घोषणा तथा भित्तेपात्रो बिमोचन कार्यक्रम वैशाख ६ गते  विशाल श्रेष्ठ:‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने मुल नाराका साथ बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य लिएर चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आधिकारिक रुपमा दर्ता भएको सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजले सस्था घोषणा तथा भित्तेपात्रो बिमोचन कार्यक्रम वैशाख ६ गते गर्ने भएको छ। सिन्धुपाल्चोकमा जन्मिएर विभिन्न अवसरका लागी देश–बिदेशमा पुगेका सिन्धुपाल्चोक वासीलाई एकिकृत गर्दै सामाजिक काममा हातेमालो गर्ने उद्देश्यले स्थापित सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजको संस्था घोषणा, नयाँ वर्ष २०८०को शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम बैशाख...
प्रकाश सपुतको “सकम्बरी” गित लिएर रात्रीकालीन मनोरञ्जन व्यवसायी संघको आपत्ति 

प्रकाश सपुतको “सकम्बरी” गित लिएर रात्रीकालीन मनोरञ्जन व्यवसायी संघको आपत्ति 

Breaking News, भर्खरै, मनोरञ्जन, मनोरन्जन, समाचार
प्रकाश सपुतको "सकम्बरी" गित लिएर रात्रीकालीन मनोरञ्जन व्यवसायी संघको आपत्ति  विशाल श्रेष्ठ: गायक प्रकाश सपुतको नया "सकम्बरी" गित भिडियोमा भएको गितले रात्रीकालिन श्रमजीवी नारीहरुमाथी प्रहार भएका केही अपमानित शब्दहरू हटाउन आवश्यक मानि कलाकारिताको नाममा श्रमजीवी महिलामाथी प्रहार भएको अपमानित शब्दहरुले नेपाली लोकसंगित क्षेत्रमा नियमनको आवश्यकता देखिएको कारण रात्रीकालीन मनोरञ्जन व्यवसायी संघले नारिको इज्जत नै छैन र इज्जत फालेर डान्स बार, डिस्को र रेड लाइटमा काम गर्छन् भन्ने सन्देश दिन खोजेको भन्दै विज्ञप्ति निकाल्दै आपत्ति जनाइ ध्यानाकर्षण गराएको छ।  प्रकाश जातीय या वर्गीय सवालमा गतिलो चेतनाका साथ उभिए पनि महिलाको सवालमा भने चरम दोहनकारी पुँजीवादी पुरुषवादी चेतनाको जगबाट उठ्न सकेका रहेनछन् भन्दै उनले महिलालाई फगत हाटबजारको बिकाउ सामान भन्दा बढी ठान्दा रहेनछन् एकातिर भने अर्कातिर पैसा ...
मिर्‍याङ्ग नेपाली समाजको आठौं अधिवेशनबाट साजन थापा नेतृत्वको कार्यसमिति चयन 

मिर्‍याङ्ग नेपाली समाजको आठौं अधिवेशनबाट साजन थापा नेतृत्वको कार्यसमिति चयन 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, समाचार
मिर्‍याङ्ग नेपाली समाजको आठौं अधिवेशनबाट साजन थापा नेतृत्वको कार्यसमिति चयन  बोम्जन गुरुङ १६ अप्रिल २०२३, कोरिया कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्‍याङ्ग नेपाली समाज दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न भएको छ । मिर्‍याङ्ग स्थित रोटरी क्लबको हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट साजन थापा अध्यक्ष रहने गरि ३४ सदस्यीय संरचनाको आठौं कार्यसमिति गठन भएको हो ।  समाजका अध्यक्ष मिलन तामाङको सभाध्यक्ष र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राईको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका उपाध्यक्ष साजन थापाको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष टंक रिजालले प्रगति विवरण र सहकोषाध्यक्ष विक्रम गरन्जा मगरले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सञ्जीव क...
MOKPO SHOW अप्रिल २३ आइतबार “छक्का पन्जा-४” 

MOKPO SHOW अप्रिल २३ आइतबार “छक्का पन्जा-४” 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन, विदेश, समाचार
MOKPO SHOW अप्रिल २३ आइतबार "छक्का पन्जा-४"  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "स्वास्थ नै धन हो भन्ने नाराको" साथमा खेल विकासको निम्ति Mokpo FC VC Nepal , मोक्पो साम्हो साझा चौतारिको समर्थनमा अप्रिल २३ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" , कोरियाको ठुलो सहर मोक्पोमा प्रदर्शन गर्ने भएको छ। दक्षिण कोरियाको MOKPHO सहर स्थित samho-eup office seobu branch/ Hyundai samho Lotte super (한마음 가정의원) मा प्रदर्शन हुने छक्का पन्जा-४ चलचित्रलाइ पनि माया गर्न र मनोरञ्जन लिएर चलचित्र कार्यक्रम लाइ सभ्य र भब्य साथमा सफल पार्नको लागि आयोजकले मोक्पोमा रहनुभएका व्यावसायि,विधार्थी,पत्रकार,लगायत सम्पुर्ण कोरियाबासि नेपालीहरुमा उपस्थितिको लागी अनुरोध गर्नुभएको छ। चलचित्र छक्कापञ्जा ४ दक्षिण कोरियाको राजधानी सउल,इक्सान,जिन्छन्,जेजुदो लगायतका सहरहरूमा हाउसफुल सहित भव्यताका साथ प्रदर्श...
अप्रिल १६ मा हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रमको तयारी पुरा 

अप्रिल १६ मा हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रमको तयारी पुरा 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
अप्रिल १६ मा हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रमको तयारी पुरा  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "आपसि सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोक बासि मिलनको आधार" मुल नारा लिएर सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको नेपाली हरुको नयाँ वर्ष २०८० को पावन अवसरमा यहि अप्रिल १६ तारिख आइतबार का दिन ठिक १२ बजे 경기도 평택시 평택동 45-6 번지 2 층 मा रहेको THE ROYAL RESTAURANT को हलमा शुभकामना आदानप्रदान र भेटघाट तथा चियापान कार्यक्रमको तयारी पुरा भएको छ। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक जनसमुदाय हरु एकजुट भइ सामाजिक कार्यहरु ,आपतकालीन अवस्था र आफ्नो जिल्लाको कला सस्कृति जगेर्ना र संरक्षण गर्नको लागि सहयोग गर्न भनेर स्थापना भइ विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा व...
बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशन अप्रिल ३० मा

बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशन अप्रिल ३० मा

Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, विदेश, समाचार
बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशन अप्रिल ३० मा विशाल श्रेष्ठ/दक्षिण कोरिया: "देश विकासमा हाम्रो योगदान,एकताको शुत्रमा समृद्धिको उठान" भन्ने मुल नारा लिएर बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरुको छाता संस्थाको रुपमा सन् २०१८ मा स्थापित 'बागमती प्रदेश एकता समाज दक्षिण कोरिया' तेेश्रो अधिवेशन अप्रिल ३० तारिखका दिन विहान १२ बजे नीक नेपालको सभाहल सउलमा हुने भएको छ। स्थापनाकालदेखि नै यस संस्थाले कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आबद्द बागमती प्रदेशवासीहरू बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिबृद्दि गर्दै कोरिया स्थित बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरु बीचको सहकार्य, सह-अस्तित्व र समन्वय मार्फत जिल्लागत संस्थाहरुको गतिविधिहरुलाई थप व्यवस्थित प्रभावकारी पारदर्शि मितब्ययिता र एकरुपता बनाउदै आएको बागमती प्रदेश एकता समाज दक्षिण कोरियाले...
छङ्ऊप नेपाली एकता समाजले विविध कार्यक्रम सहित नयाँ वर्ष २०८० मनाउने 

छङ्ऊप नेपाली एकता समाजले विविध कार्यक्रम सहित नयाँ वर्ष २०८० मनाउने 

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
छङ्ऊप नेपाली एकता समाजले विविध कार्यक्रम सहित नयाँ वर्ष २०८० मनाउने  बोम्जन गुरुङ ०७ अप्रिल २०२३, दक्षिण कोरिया  "सामाजिक परोपकार सँगसँगै खेलकूद पनि" भन्ने उद्घोष सहित छङ्ऊप नेपाली एकता समाजले यही आउँदो अप्रिल १६ तारिक नयाँ नेपाली वर्ष वि.सं. २०८० को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाको छङ्ऊप स्थित 신태인 축구장-4 मा समाजले Jeongeup Nepalese Football Club को सह आयोजना रहने गरी भलिबल तथा फूटबल प्रतियोगिता समेत आयोजना गर्दै नयाँ वर्ष थप रोचक र उत्साहजनक रुपमा मनाउने तयारी गरेको हो । विशेष गरेर कोरियाको दक्षिणी भेग छल्लाफोक्दो र छल्लानाम्दो क्षेत्र रहेका नेपालीहरुलाई समेट्दै विविध खेलकूद सहित नयाँ वर्ष मनाउने तयारी भएको समाजका अध्यक्ष राम थापा मगरले बताए । नयाँ वर्षको आगामनको अवसरमा शुभकामना साटसाट गर्ने र खेलकूदमा पनि सहभागी हुन सकिने भएकोले नेपालीह...