Advertisement
Advertisement

मिर्‍याङ्ग नेपाली समाजको आठौं अधिवेशनबाट साजन थापा नेतृत्वको कार्यसमिति चयन 

Advertisement
Advertisement

मिर्‍याङ्ग नेपाली समाजको आठौं अधिवेशनबाट साजन थापा नेतृत्वको कार्यसमिति चयन 

बोम्जन गुरुङ १६ अप्रिल २०२३, कोरिया

कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्‍याङ्ग नेपाली समाज दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न भएको छ । मिर्‍याङ्ग स्थित रोटरी क्लबको हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट साजन थापा अध्यक्ष रहने गरि ३४ सदस्यीय संरचनाको आठौं कार्यसमिति गठन भएको हो । 

समाजका अध्यक्ष मिलन तामाङको सभाध्यक्ष र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राईको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका उपाध्यक्ष साजन थापाको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष टंक रिजालले प्रगति विवरण र सहकोषाध्यक्ष विक्रम गरन्जा मगरले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सञ्जीव कुमार राईले वर्षेनी “छेजुदो भ्रमण” को आकर्षक प्याकेज आयोजना गर्दै कोरियामा रहेका नेपाली समुदायमा एक सक्षम संस्थाको रुपमा परिचित रहँदै नेपालीहरुविच एक आपसको सद्भाव र आत्मीयता बलियो बनाउन मद्धत मात्र नभई सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर रहिआएको बताए । मिर्‍याङ्ग नेपाली समाजको हरेक गतिविधिमा अमूल्य सहयोग र सहकार्य गर्दै आउनुभएका सम्पूर्ण महानुभाव र संघसंस्थालाई समाजका अध्यक्ष मिलन तामाङले धन्यवाद व्यक्त गरेका थिए । ख्यङ्साङ्नाम्दो, किम्हे/बुसान क्षेत्र आसपासका अन्य संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा अन्य वक्ताहरुले समाजको हरेक गतिविधिको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो धारणा राखेका थिए ।

 

दोश्रो चरणको बन्द सत्र अन्तर्गत सागर पोखरेलको संयोजकत्वमा मिलन तामाङ, सुजाता बस्नेत र शम्भु राउत सदस्यीय रहेको निर्वाचन मण्डलले विधिवत् रुपमा गठन गरेको कार्यसमिति अध्यक्षमा साजन थापा, वरिष्ठ उपाध्यक्ष असिम पुन मगर, उपाध्यक्षहरुमा प्रिती लामा, एजेलिया थेबे र दीपक सिंह चयन भएका छन् भने सचिवमा विक्रम गरन्जा मगर, सहसचिवहरुमा प्रेम क्षेत्री र प्रिती लामा साथै कोषाध्यक्षमा अञ्जु पाख्रिन, सहकोषाध्यक्ष ज्योती मगर चयन भएका छन् । सदस्यहरुमा मालती लामा, शान्ति सुनुवार, सुम्निमा राई, परिमा मगर, किरण सारु मगर, लिली मगर, मालती तामाङ, एल्भिना मगर, छविलाल शर्मा, करिश्मा जोशी, कल्याणी काफ्ले, आङपासी शेर्पा, भावना योञ्जन, अमृता गुरुङ, पस्डिकु शेर्पा, कविता मगर, सीता कटुवाल, प्रकाश जोशी, विश्वास नेपाली, पुष्पा सोपाली, पुकेश भुजेल, राम कुँवर, मेज्ग्राम बुढाथोकी र दिल कुमार मगर (विदेश) गरी आठौं कार्यसमितिमा आबद्ध भएका हुन् । उद्घाटन सत्रमा शाखा समाजका सचिव पूर्ण गड्तोला र बन्द सत्रमा समाजका संरक्षक सागर पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

संस्थागत क्रियाकलापहरुमा विशेष सहयोग र योगदान पुर्याएबापत विभिन्न व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम समेत जोडिएको सो अधिवेशनमा शुभकामना सहित अमूल्य समय प्रदान गरेर आठौं अधिवेशन सफल पार्न उपस्थित जनाउनुहुने विभिन्न संघसंस्थाका आमन्त्रित अतिथिहरु, किम्हे, बुसान, मिर्याङ आसपासका जातीय, क्षेत्रीय, राजनैतिक, शैक्षिक, सामाजिक लगायत संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा मिर्‍याङ्ग नेपाली समाजले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!Ahoj, jmenuji se Jan Novák a rád bych se s vámi podělil o svou zkušenost...

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?Dobrý den, jmenuji se Martin Novák a dnes se s vámi podělím o své ...

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magt

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magtMit navn er Mikkel Sørensen, og i denne artikel vil...

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×