शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वयमा रसुवाका बाढीपीडितलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग
शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वयमा रसुवाका बाढीपीडित परिवारलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको छ। फाजुस्थित कोरियाली संस्थाहरू 919 파주기후정의행진추진위원회 र 파주이주노동자센터 샬롬의집 को आर्थिक सहयोगमा उक्त राहत वितरण कार्यक्रम सम्पन्न भएको हो।
प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा कोरियास्थित स्थानीय संस्थाहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्नुहुने शेर्पा सङ्घ दक्षिण कोरियाका संरक्षक लाक्पा शेर्पा (TDNK) को विशेष योगदान रहेको सङ्घले जनाएको छ।
त्यसैगरी, नेपालमा खाद्यान्न तथा शैक्षिक सामग्रीको व्यवस्थापन र वितरण कार्यमा नेपाल शेर्पा सङ्घका निवर्तमान सचिवालय सदस्य तथा वर्तमान आदिवासी जनजाति युवा महासङ्घका कोषाध्यक्ष रग्बा शेर्पाले महत्त्वपूर्ण सहयोग पुर्याउनुभएको थियो। अभियानमा युवा पत्रकार ङिमा ङति लगायत विभिन्न व्यक्तिहरूले समेत प्रत्यक्ष त...









