दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ आयोजना हुने भएको छ।
नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको आयोजनामा तथा नेपाली ब्याडमिन्टन कमिटी दक्षिण कोरियाको समन्वयमा आगामी डिसेम्बर १३ तारिख आइतबार उक्त प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा पुरुष डबल्सतर्फ ए, बी र सी गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ खुला डबल्स प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ। महिलातर्फको प्रतियोगितामा सहभागिता निःशुल्क रहनेछ भने पुरुष डबल्सका लागि ८० हजार वन प्रवेश शुल्क निर्धारण गरिएको छ।
प्रतियोगितामा प्रत्येक विधाका विजेता, उपविजेता तथा तृतीय हुने दुई टोलीलाई समान पुरस्कार प्रदान गरिनेछ। जसअनुसार प्रथम हुने टोलीले ६ लाख वन, द्वितीय हुने टोलीले ३ लाख वन तथा तृतीय हुने दुई टोलीले जनही १ लाख ५० हजार वनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिता सुवन सहरको क्वन्सन-gu स्थित 구운로14번길 42 मा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा टोलीले डिसेम्बर ५ तारिख शनिबारसम्म आफ्नो नाम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि हाना बैंकमा श्रेष्ठ प्रकाशको नाममा रहेको ३९४९१०४९२००१०७ नम्बरको खातामा प्रवेश शुल्क जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।

Views: 29









