Advertisement
Advertisement

एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

Advertisement
Advertisement
पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न दक्षिण कोरिया आइपुगेका ३६ जना नेपाली खेलाडी आर्थिक समस्यामा परेका छन्। प्रतियोगितामा सहभागी हुन आवश्यक हवाई टिकट, आवास, भोजन तथा दर्ता शुल्कको व्यवस्थापन गर्न कठिन भएपछि नेपाल बहिरा ओलम्पिक कमिटीले सहयोगका लागि अपिल गरेको छ।
प्रतियोगितामा नेपालको तर्फबाट १६ महिला र २० पुरुष गरी कुल ३६ खेलाडी सहभागी छन्। अन्तर्राष्ट्रियस्तरमा देशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुन आएका खेलाडीहरूको सम्पूर्ण व्यवस्थापनका लागि ठूलो रकम आवश्यक परेको कमिटीले जनाएको छ।
कमिटीले उपलब्ध गराएको विवरणअनुसार खेलाडीहरूको हवाई टिकटमा प्रतिव्यक्ति करिब १ लाख ५० हजार रुपैयाँका दरले कुल ५४ लाख रुपैयाँ खर्च भएको अनुमान छ। त्यस्तै, खाना तथा आवासका लागि प्रतिव्यक्ति दैनिक ३० अमेरिकी डलरका दरले १२ दिनको कुल ६ हजार ६ सय अमेरिकी डलर खर्च लाग्ने जनाइएको छ। प्रतियोगितामा सहभागी हुन दर्ता शुल्कबापत थप ३ हजार ६ सय अमेरिकी डलर तिर्नुपर्ने अवस्था रहेको छ।
यसरी हवाई टिकट, आवास, भोजन र दर्ता शुल्कसमेत जोड्दा प्रतियोगिताका लागि ६० लाख रुपैयाँभन्दा बढी आर्थिक स्रोत आवश्यक पर्ने देखिएको छ।
राज्यका तर्फबाट पर्याप्त बजेट विनियोजन नहुनु र अन्य प्रायोजकको समेत अभाव रहनुले खेलाडी तथा व्यवस्थापन पक्षलाई आर्थिक भार धान्न कठिन भएको कमिटीका कोषाध्यक्ष तथा फुटबल खेलाडी सूर्य चौलागाईँले बताएका छन्।
कमिटीका अध्यक्ष कुलप्रसाद भट्टराईका अनुसार बहिरा खेलाडीहरूले प्रतियोगितामा सहभागी हुन राज्यबाट कुनै आर्थिक सहयोग प्राप्त गर्न सकेका छैनन्। यद्यपि, नेपाली टोलीको विशेष अनुरोधपछि प्रतियोगिता आयोजकले नेपाली महिला खेलाडीहरूका लागि निःशुल्क आवास तथा भोजनको व्यवस्था गरिदिएको छ। साथै, समग्र खाना तथा आवास खर्चमा समेत केही सहुलियत उपलब्ध गराएको उनले जानकारी दिएका छन्।
आर्थिक कठिनाइका बाबजुद अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झन्डा फहराउने उद्देश्यसहित मैदानमा उत्रिएका खेलाडीहरूलाई प्रतियोगितामा निरन्तर सहभागी हुन आर्थिक सहयोगको आवश्यकता परेको कमिटीले जनाएको छ।
यसैबीच, नेपाल बहिरा ओलम्पिक कमिटीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए), विभिन्न सामाजिक संघसंस्था, व्यवसायी, नेपाली समुदाय तथा खेलप्रेमीहरूलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ। खेलाडीहरूको मनोबल उच्च राख्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्वलाई सहयोग पुर्‍याउन सबैमा अपिल गरिएको छ।
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न दक्षिण कोरिया आइपुगेका ३६ जना नेपाली खेलाडी आर्थिक सम...
शेर्पा सङ्घको पुल प्रतियोगिताबाट भएको बचतको आधा रकम बुसान शाखालाई दिइने

शेर्पा सङ्घको पुल प्रतियोगिताबाट भएको बचतको आधा रकम बुसान शाखालाई दिइने

शेर्पा सङ्घ दक्षिण कोरियाले आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खुल्ला पुल प्रतियोगिताबाट बचत भएको रकमको ५० प्रतिशत बुसा...
कोरियामा रहेकी दीपा मेवाहाङको प्रस्तुति ‘आउँछन् होला!’ सार्वजनिक, मेलिना राईको स्वरमा सजियो गीत

कोरियामा रहेकी दीपा मेवाहाङको प्रस्तुति ‘आउँछन् होला!’ सार्वजनिक, मेलिना राईको स्वरमा सजियो गीत

नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जना थप्दै दीपा मेवाहाङको प्रस्तुति रहेको ‘आउँछन् होला!’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भए...
सलनालमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले पायो कार्यक्रमको अनुमति, पूर्वी नेपाल समाजको देउसीभैलोबाट २६ लाख ६५ हजार वन संकलन

सलनालमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले पायो कार्यक्रमको अनुमति, पूर्वी नेपाल समाजको देउसीभैलोबाट २६ लाख ६५ हजार वन संकलन

दक्षिण कोरियामा सक्रिय पूर्वी नेपाल समाजले आगामी सलनाल पर्वलाई लक्षित गर्दै सांस्कृतिक कार्यक्रमको तयारी अघि बढाएको छ। समाजको बैठक...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×