कोरियामा रहेकी दीपा मेवाहाङको प्रस्तुति ‘आउँछन् होला!’ सार्वजनिक, मेलिना राईको स्वरमा सजियो गीत
नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जना थप्दै दीपा मेवाहाङको प्रस्तुति रहेको ‘आउँछन् होला!’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम र मायाका भावनालाई समेटिएको यस गीतमा लोकप्रिय गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ।गीतमा डिजे मेवाहाङको संगीत तथा एरेन्ज रहेको छ भने अडियोको मिक्सिङ तथा मास्टरिङ राज कार्कीले गरेका हुन्। प्रवासमा रहेर पनि नेपाली साहित्य तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय दीपा मेवाहाङले यस गीतमार्फत दर्शक तथा श्रोतामाझ नयाँ सांगीतिक प्रस्तुति ल्याएकी हुन्।गीतको भिडियोमा अनुषा राई, डिजे मेवाहाङ र रीदिमा कुलुङ राईले अभिनय गरेका छन्। गंगा राम राईले छायाङ्कन तथा ड्रोनको जिम्मेवारी सम्हालेका छन् भने भिडियोको सम्पादन र कलर डिजाइन जोन किरातीले गरेका हुन्। भिडियोको कोरियोग्राफी तथा निर्देशन डिजे मेवाहाङले नै गरेका छन्।सुम्निमा फिल्म्सको पोस्ट प्रोडक्सनमा तयार भएको म्युजिक भिडिय...

