Advertisement
Advertisement

दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

Advertisement
Advertisement

 

दक्षिण कोरियामा विदेश पैसा पठाउने सेवा प्रदान गर्दै आएको ग्लोबल मनी एक्सप्रेस (GME) ह्याकिङको सिकार बनेको छ। साइबर आक्रमणमार्फत कम्पनीको करिब २ अर्ब कोरियाली वन चोरी भएको खुलेपछि दक्षिण कोरियाको वित्तीय क्षेत्रमा साइबर सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।
दक्षिण कोरियाली सञ्चारमाध्यम 연합인포맥스 का अनुसार नोभेम्बर २५ मा सार्वजनिक भएको विवरणमा GME मा हालै भएको ह्याकिङबाट करिब २०억 वन बराबरको आर्थिक क्षति भएको उल्लेख छ। वित्तीय अधिकारीहरूले घटनाको प्रकृति, रकम चोरी भएको प्रक्रिया र वास्तविक क्षतिको अवस्था बुझ्न स्थलगत अनुसन्धानसमेत अघि बढाएका छन्।
यस घटनामा ग्राहकले नेपाल वा अन्य देशमा पैसा पठाउनका लागि कम्पनीमा जम्मा गरेको रकम भने चोरी नभएको बताइएको छ। ह्याकरले कम्पनीले आफ्नै भुक्तानी तथा अन्तर्राष्ट्रिय रेमिट कारोबार सञ्चालनका लागि राखेको संस्थागत रकममा पहुँच पुर्‍याएर चोरी गरेको समाचारमा उल्लेख छ। चोरी भएको रकम कम्पनीले आफ्नै स्रोतबाट पूर्ति गर्न सक्ने अवस्थामा रहेको पनि जनाइएको छ।
सन् २०१६ मा मलेसियाली कम्पनीसँगको संयुक्त लगानीमा स्थापना भएको GME ले सन् २०१७ देखि सानो परिमाणको अन्तर्राष्ट्रिय रेमिट सेवा सञ्चालन गर्दै आएको थियो। सन् २०२१ को अन्त्यतिर इलेक्ट्रोनिक भुक्तानीसम्बन्धी व्यवसाय दर्ता गरेपछि कम्पनीले सन् २०२२ देखि कर्पोरेट अन्तर्राष्ट्रिय भुक्तानी सेवा पनि विस्तार गरेको थियो। कम्पनीले वार्षिक ४० खर्ब वनभन्दा बढीको अन्तर्राष्ट्रिय रेमिट कारोबार गर्दै आएको छ।
कोरियामा वित्तीय कम्पनीहरूलाई लक्षित गरी भइरहेका साइबर आक्रमण पछिल्लो समय व्यक्तिगत विवरण चोरीमा मात्र सीमित नरही वास्तविक रकम नै अनधिकृत रूपमा स्थानान्तरण हुने अवस्थासम्म पुगेका छन्। यसअघि पनि भुक्तानी सेवा प्रदायक पेइहबबाट करिब २ अर्ब वन बराबरको व्यापारी भुक्तानी रकम अनधिकृत रूपमा स्थानान्तरण भएको थियो। त्यस्तै, अनलाइन लगानीसम्बन्धी कम्पनी जुमफन्डबाट ग्राहकको ३ अर्ब ३० करोड वन निक्षेप तेस्रो पक्षको खातामा पुगेको घटना सार्वजनिक भएको थियो। जुमफन्डले थप क्षति रोक्न वेबसाइट तथा मोबाइल एपको पहुँच बन्द गरेको र सञ्चालकको व्यक्तिगत सम्पत्तिबाट प्रभावित ग्राहकलाई क्षतिपूर्ति दिने व्यवस्था गरेको समाचारमा उल्लेख छ।
पछिल्लो समय इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदायक कम्पनीहरूमा व्यक्तिगत तथा कारोबारसम्बन्धी विवरण चुहिने घटनासमेत बढेका छन्। वेलकम पेमेन्ट्सको व्यापारी व्यवस्थापन प्रणालीमा अनधिकृत पहुँच पुगेपछि १ हजार ३२६ जनाको व्यक्तिगत तथा भुक्तानीसम्बन्धी विवरण बाहिरिएको थियो। चुहिएका विवरणमा मोबाइल नम्बर, इमेल, कारोबार रकम, कारोबार मिति तथा भुक्तानीसम्बन्धी अन्य जानकारी रहेका छन्। कम्पनीले भने कार्ड नम्बर, पासवर्ड, कार्डको म्याद तथा CVC जस्ता प्रत्यक्ष रूपमा भुक्तानी गर्न प्रयोग हुने विवरण चुहिएको नदेखिएको जनाएको छ।
त्यस्तै, KIS इन्फर्मेसन एन्ड कम्युनिकेसनको VAN सेवा सहयोगी वेब सर्भरमा अनधिकृत पहुँच पुगेपछि ग्राहक तथा कर्मचारीका ८६२ वटा व्यक्तिगत विवरण बाहिरिएका थिए। NHN KCP को ग्राहक विवरण हेर्ने पृष्ठबाट पनि १६० वटा बिक्री रसिद बाह्य व्यक्तिले हेरेको घटना सार्वजनिक भएको छ।
लगातार भइरहेका यस्ता घटनापछि दक्षिण कोरियाली वित्तीय अधिकारीहरूले सुरक्षा निगरानी र नियन्त्रण प्रणाली थप प्रभावकारी बनाउने तयारी गरेका छन्। वित्तीय सेवा आयोग (금융위원회) ले यसअघि नै वित्तीय क्षेत्रमा साइबर सुरक्षा सुदृढीकरण, जोखिम पहिचान तथा कमजोर सुरक्षा प्रणाली भएका कम्पनीको निगरानी बढाउने योजना सार्वजनिक गरिसकेको छ।
वित्तीय अधिकारीहरूले नोभेम्बर १७ मा इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदायक तथा अनलाइन लगानीसम्बन्धी कम्पनीका सूचना सुरक्षा अधिकारीहरूसँग छलफल गर्दै बाह्य पहुँच भएका प्रणालीको पूर्ण परीक्षण गर्न र सुरक्षा कमजोरी सुधार गर्न निर्देशन दिएका थिए। त्यसपछि नोभेम्बर २५ मा सार्वजनिक भएको रिपोर्टअनुसार वित्तीय सुरक्षा निगरानीको दायरा विस्तार गर्ने विषयमा थप छलफल भइरहेको छ।
योजनाअनुसार आफ्नै सुरक्षा जनशक्ति तथा साइबर आक्रमणको प्रतिकार गर्ने क्षमता कमजोर भएका करिब १३० वटा साना तथा मझौला वित्तीय कम्पनीलाई एकीकृत सुरक्षा निगरानी प्रणालीमा समेट्ने तयारी छ। त्यस्ता कम्पनीलाई साइबर जोखिम पहिचान, विश्लेषण तथा सम्भावित आक्रमणको प्रतिकारमा सहयोग गरिनेछ। अन्य कम्पनीलाई सुरक्षा तालिम तथा अभ्यासमार्फत क्षमता अभिवृद्धि गर्ने योजना छ।
यसअघि नोभेम्बर ५ मा वित्तीय सेवा आयोगले सार्वजनिक गरेको विवरणअनुसार सेप्टेम्बर ३० देखि नोभेम्बर ३ सम्म मात्रै ३७ वटा वित्तीय संस्थामा ४० वटा साइबर सुरक्षा घटना दर्ता भएका थिए। ती घटनाबाट करिब ४ लाख ७३ हजार विवरण चुहिएको र वित्तीय क्षेत्रमा प्रत्यक्ष रकम चोरीसमेत भएको आयोगले जनाएको थियो।
पछिल्ला घटनाले दक्षिण कोरियाको वित्तीय क्षेत्रमा साइबर सुरक्षा अब व्यक्तिगत सूचना संरक्षणमा मात्र सीमित नरही ग्राहकको रकम, कम्पनीको सम्पत्ति र समग्र वित्तीय प्रणालीको विश्वसनीयतासँग जोडिएको चुनौती बनेको देखाएको छ। विशेषगरी अन्तर्राष्ट्रिय रेमिट सेवा प्रयोग गर्ने लाखौँ ग्राहकको विश्वास कायम राख्न यस्ता कम्पनीले आफ्नो डिजिटल सुरक्षा र आन्तरिक नियन्त्रण प्रणाली थप मजबुत बनाउनुपर्ने आवश्यकता देखिएको छ।
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

  दक्षिण कोरियामा विदेश पैसा पठाउने सेवा प्रदान गर्दै आएको ग्लोबल मनी एक्सप्रेस (GME) ह्याकिङको सिकार बनेको छ। साइबर आक्रमणम...
यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

मिर्याङ नेपाली समाजले यही नोभेम्बर २८ तारिख शनिबार दक्षिण कोरियाको मिर्याङमा नेपाली सुपरहिट चलचित्र ‘कबड्डी ५ : After The Final Ma...
डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ आयोजना हुन...
एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न दक्षिण कोरिया आइपुगेका ३६ जना नेपाली खेलाडी आर्थिक सम...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×