मिर्याङ नेपाली समाजले यही नोभेम्बर २८ तारिख शनिबार दक्षिण कोरियाको मिर्याङमा नेपाली सुपरहिट चलचित्र ‘कबड्डी ५ : After The Final Match’ प्रदर्शन गर्ने भएको छ।
मिर्याङवासी तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली दर्शकहरूको चलचित्र प्रदर्शन गर्न गरिएको माग र अनुरोधलाई मध्यनजर गर्दै समाजले चलचित्र प्रदर्शनको तयारी गरेको हो। यसअघि समाजले ‘१२ गाउँ’ चलचित्र प्रदर्शन गर्दा नेपाली दर्शकहरूबाट प्राप्त उत्साहजनक साथ र सहभागिताले पुनः चलचित्र प्रदर्शन गर्न प्रेरणा मिलेको आयोजकले जनाएको छ।
रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ५ : After The Final Match’ नेपाली चलचित्र क्षेत्रको लोकप्रिय कबड्डी शृङ्खलाको पाँचौँ चलचित्र हो। चलचित्रको मिर्याङ शो आगामी शनिबार साँझ ७ बजेदेखि सञ्चालन हुनेछ।
चलचित्र हेर्न चाहने दर्शकहरूका लागि प्रवेश टिकटको मूल्य २० हजार वन निर्धारण गरिएको छ। आयोजकले मिर्याङ तथा आसपासका क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित भई साथ र सहभागिता जनाउन आग्रह गरेको छ।
चलचित्र प्रदर्शन हुने स्थान 경남 밀양시 가곡동 830 रहेको छ। थप जानकारी तथा टिकटसम्बन्धी बुझ्न अशिम मगरलाई 010-9660-5824 मा सम्पर्क गर्न सकिनेछ।

Views: 21









