यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै
मिर्याङ नेपाली समाजले यही नोभेम्बर २८ तारिख शनिबार दक्षिण कोरियाको मिर्याङमा नेपाली सुपरहिट चलचित्र ‘कबड्डी ५ : After The Final Match’ प्रदर्शन गर्ने भएको छ।
मिर्याङवासी तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली दर्शकहरूको चलचित्र प्रदर्शन गर्न गरिएको माग र अनुरोधलाई मध्यनजर गर्दै समाजले चलचित्र प्रदर्शनको तयारी गरेको हो। यसअघि समाजले ‘१२ गाउँ’ चलचित्र प्रदर्शन गर्दा नेपाली दर्शकहरूबाट प्राप्त उत्साहजनक साथ र सहभागिताले पुनः चलचित्र प्रदर्शन गर्न प्रेरणा मिलेको आयोजकले जनाएको छ।
रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ५ : After The Final Match’ नेपाली चलचित्र क्षेत्रको लोकप्रिय कबड्डी शृङ्खलाको पाँचौँ चलचित्र हो। चलचित्रको मिर्याङ शो आगामी शनिबार साँझ ७ बजेदेखि सञ्चालन हुनेछ।
चलचित्र हेर्न चाहने दर्शकहरूका लागि प्रवेश टिकटको मूल्य २० हजार वन निर्धारण गरिएको छ। आयोजकले मिर्याङ त...
