सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज विधिवत रुपमा दर्ता, विश्वभरका सिन्धुपाल्चोकलाई एकत्रित गरिने
सिन्धुपाल्चोक चौतारा: ‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने मुल नाराका साथ सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आधिकारिक रुपमा दर्ता भएको छ ।बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य लिएर चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा समाज दर्ता भएको हो।
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका अध्यक्ष हरि कृष्ण न्यौपाने (कुवेत हाल नेपाल)ले समाज गठनका सन्दर्भमा सामुदायिक सोच, सिद्धान्त र भावना अनुसार सामूहिक हित हुने गरी र सिन्धुपाल्चोकका १०३ वटै वार्ड सम्म पुगेर विशुद्ध सामाजिक कार्य गर्ने उद्देश्यका साथ हामी एकत्रित भएका भनेर जानकारी दिनुभएको थियो। उहाको अनुसार ‘सिन्...
१८ चैत्र २०७९, शनिबार ०६:३२१८ चैत्र २०७९, शनिबार ०६:३२१८ चैत्र २०७९, शनिबार ०६:३२ by विशाल श्रेष्ठNo Comments
वैदेशिक रोजगारीका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरु विदेश जान्छन् । त्यहिँ माथि प्रायः नेपाली हरुको सपनाको देश बन्दै आएको छ हाल दक्षिण कोरिया। मासिक लाखौ कमाइ हुने र श्रमको उचित मुल्याङ्कन र सम्मान हुने भएकोलेनै दक्षिण कोरिया प्रस्थान गर्न भनेपछि हाल युवा हरु लालायितनै हुने गरेको पाइन्छ। कानुनी रुपमा e-9 भिषा अन्तर्गत दक्षिण कोरिया गइ पहिलो कार्यकाल ४ वर्ष १० महिना र अर्को दोश्रो कार्यक्रम ४ वर्ष १० महिना गरि लगभग १० वर्ष कोरियामा e-9 भिषा अन्तर्गत वस्न पाउनेछन् तर कोहि कोहि भिषा परिवर्तन गरेर कोरिया मै बसोवास गरिरहेको र कोहि गैरकानुनि रुपमा पनि बस्दै आइरहेका पाउछौ तर वैदेशिक रोजगारमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप र उर्जेको पुँजी नेपाल फर्किएर प्रयोग गरेका उदाहरण हरु छन्।
वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरिया गइ त्यहा उर्जेको पुँजी लाइ आफ्नै मुलुक नेपाल फर...
१७ चैत्र २०७९, शुक्रबार ०४:०२१७ चैत्र २०७९, शुक्रबार ०४:०२१७ चैत्र २०७९, शुक्रबार ०४:०२ by विशाल श्रेष्ठNo Comments
• सम्झनामा ठूली आमा:भो नसंझाउ,मुटु भक्कानिन्छ,आशुको कथा म लेख्न सक्दिन •मृत्यु लाई जित्न सकिन्न,
मार्च २४ अर्थात् चैत्र १० गते । कोरियामा साँझ परेको थियो भने नेपालमा दिउसो । कोरियन समय ४ः३० बजे तिर कामबाट आएर रुममा फ्रेस भएर खाजा खाने तयारीमै थिए । मेरो मोबाईलमा म्यासेजको टोन लामै बज्यो । हेर्दा श्रीमती जमुनाले म्यासेन्जरमा दुखद खबर म्यासेज गरेको रहेछ । एकाएक आङ सिरिंग भयो । कताकता घोचेजस्तो, पोलेजस्तो, रिँगटा लागेर ढलौँजस्तो । सपना हो कि विपना । सपना हो कि भनेर चिमोटेँ आफूले आफैँलाई । तर, म त सुतेकै थिइनँ, उभिइरहेको थिएँ ।
ड्युटीबाट आएको मान्छे हातखुट्टा गलेर पाइला अघि सर्नै मानेन । मेरो बाध्यता थियो जसरी पनि फेरि सुतेर उठेर ड्युटी जानुपर्ने । सेकेन्ड–सेकेन्ड समयको महत्व छ यहाँ । भुवाजस्तो शरीरलाई गह्रौँ बनाएर सुत्ने कोसिस गरे तर निदान सकेन । मन लागी–नलागी सुते झै गरेँ । यो घटन...
१६ चैत्र २०७९, बिहीबार ११:१८१६ चैत्र २०७९, बिहीबार ११:१८१६ चैत्र २०७९, बिहीबार ११:१८ by विशाल श्रेष्ठNo Comments
कोरियामा "आठौं रेसुङ्गा भलिबल कप २०२३" अप्रिल ३० मा हुने
बोम्जन गुरुङ
३० मार्च २०२३, कोरिया
कोरिया स्थित गुल्मी सम्पर्क समितिले आउँदो अप्रिल ३० मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता आठौं रेसुङ्गा भलिबल कप २०२३ आयोजना गर्ने भएको छ । संस्थाले यो सिजनकै पहिलो प्रतियोगिताको शुरुवात गर्दै सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
"राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सउलको खेलमैदान (성북 국민 체육관 서울 성북구 화랑로 13 길 144) मा आयोजना गरिएको संस्थाका अध्यक्ष गणेश पौडेलले बताए ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्र...
१४ चैत्र २०७९, मंगलवार ११:५६१४ चैत्र २०७९, मंगलवार ११:५६१४ चैत्र २०७९, मंगलवार ११:५६ by विशाल श्रेष्ठNo Comments
मिर्याङ्ग नेपाली समाजको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन अप्रिल १६ मा हुने
बोम्जन गुरुङ/दक्षिण कोरिया;मिर्याङ्गमा कार्यरत नेपालीहरुको साझा संस्था मिर्याङ्ग नेपाली समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा आठौ अधिवेशन यही आउँदो अप्रिल १६ तारिक आइतबार हुने भएको छ । अधिवेशन मिर्याङ्ग स्थित रोटरी क्लबको हलमा दिउँसो १२ बजे देखि सुरु हुनेछ ।
"सबै जातजाति विचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माण हाम्रो प्रतिबद्धता " भन्ने नाराको साथ ७ बर्ष अगाडि स्थापना भएको हो । संस्थाले स्थापना कालदेखी नै दक्षिण कोरिया र नेपालमा अप्ठ्यारोमा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई साथ र सहयोग गर्नुको साथै मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
दक्षिण कोरियामा यस संस्थालाई छेजुदो भ्रमण गराउने संस्थाको नामले चिनिन्छ । गत वर्ष संस्थाको आयोजनामा २ सय जनाभन्दा बढी नेपालीहरुले ...
१४ चैत्र २०७९, मंगलवार ०६:१३१४ चैत्र २०७९, मंगलवार ०६:१३१४ चैत्र २०७९, मंगलवार ०६:१३ by विशाल श्रेष्ठNo Comments
मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती आफ्नो दैनिकीको शिलशिलामा घरमै थिए । कार्यालयको समय नभएकोले उनी आफ्नो घरायसी काममा व्यस्त थिए ।
बालबालिकाको क्षेत्रमा क्रियाशील राजेन्द्र मोक्तान, अस्मिता कार्की र रेजिना ढकाल उनैको घरमा आइपुगे । तीनै जना हतास र आत्तिएको जस्ता देखिन्थे ।
गाउँपालिका अध्यक्ष कालाखेतीले कारण सोधे, उनीहरूले एकै स्वरमा भने, 'बाल विवाह रोक्नु पर्यो दाइ, हाम्रो बुताले भ्याएन ।' २० वर्षमुनिको विवाहलाई नेपालको कानुनले पनि गैरकानूनी भनेको छ । यहाँ विवाह हुँदै थियो १६ वर्षीया बालिका र १८ वर्षीय बालकको ।
मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ९ कि बालिका र मकवानपुर जिल्लाकै राक्सिराङ गाउँपालिका सरिखेतका बालकबीच विवाह हुँदै गरेको थाहा पाएपछि सिविन बाल हेल्प लाइन मकवानपुरका सामाजिक परिचालनक मोक्तान मनहरी गाउँपालिका बाल अधिकार समिति सद...
१४ चैत्र २०७९, मंगलवार ०२:४८१४ चैत्र २०७९, मंगलवार ०२:४८१४ चैत्र २०७९, मंगलवार ०२:४८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाले अप्रिल १ देखी विदेशी परिचयपत्र मा हेरफेर गर्दै
गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियाको न्याय मन्त्रालय अन्तर्गत को अध्यागमन विभागले दक्षिण कोरियामा कानुनी रुपमा बसोबास गर्ने विदेशी नागरिकहरुको लागी हाल प्रयोगमा ल्याउदै आईरहेको विदेशी परिचय पत्र मा व्यापक परिवर्तन गर्ने भएको छ।
अप्रिल १ तारिख देखी दक्षिण कोरियामा रहेका विदेशी नागरिकहरुले अध्यागमन मार्फत विदेशी परिचय पत्र आवेदन दिनेहरुको परिचयपत्र साविकको भन्दा फरक हुनेछ।
परिवर्तन हुनेमा विगतमा श्यामस्वेत तस्विर मात्र प्रयोग गर्नुपर्ने बाध्यता लाई हटाई रंगीन तस्विर प्रयोग गर्न पाईने भएको छ।साथै विगतको भन्दा ठुलो साईजको फोटो राख्न पाईने साथै विगतमा फोटो कार्डको बायाँतर्फ राख्ने गर्थ्यो भने अवदेखी फोटो दायाँतर्फ हुनेगरी परिवर्तन गरिने भएको छ।
साथसाथै परिवर्तन भएको अर्को महत्वपुर्ण कुरा भनेको नयाँ कार्डमा क्युआ...
१३ चैत्र २०७९, सोमबार १२:४९१३ चैत्र २०७९, सोमबार १२:४९१३ चैत्र २०७९, सोमबार १२:४९ by विशाल श्रेष्ठNo Comments
काठे खोला गाउँपालिका वाट कोरियामा आएका युवा हरु द्वारा U-19 राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारी सम्मानित
बाग्लुङ: गत महिना यूएईमा भएको U-19 वर्ल्ड कप क्वालिफाइमा युएइ लाई पराजित गर्दै नेपाल श्रीलङ्कामा आयोजना हुने U-19 विश्वकप २०२४ मा छनोट हुन सफल भएको नेपाली राष्ट्रिय टिममा पर्न सफल काठे खोला गाउँपालिकाको राष्ट्रिय खेलाडि सुबास भण्डारी लाइ उक्त गाउँपालिका वाट कोरियामा आएका युवा हरु द्वारा सम्मान गरिएको छ।
बाग्लुङ जिल्लाको काठेखोला गाउॅपालिकाबासीको लागि अझै गौरव र खुसीको कुरा स्वरुप काठेखोला गाउपालिका वडा नं १ का खेलाडी सुवास भण्डारी राष्ट्रिय टोलीमा पर्न सफल भएको अवसरमा गाउॅपालिका कार्यालयमा आयोजित सम्मान कार्यक्रममा दक्षिण कोरियामा बसोबास गर्ने 21 जना खेल प्रेमी हरु वाट सम्मान स्वरुप २१,३०१ रुपैयाँ मिलन थापा द्वारा हस्तान्तरण गरिएको थियो।
काठेखोला ग...
१३ चैत्र २०७९, सोमबार ०९:३७१३ चैत्र २०७९, सोमबार ०९:३७१३ चैत्र २०७९, सोमबार ०९:३७ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ ।
वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् ।
दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको उनले जानकारी दिए । ‘उजुरी परेको हो, सत्यतथ्य के हो भोलि दुवै पक्ष उपस्थित भएपछि थाहा होला,’ डीएसपी जीसीले पत्रकार लाइ भने ।
अनलाईन खबर वाट साभार...
१३ चैत्र २०७९, सोमबार ०९:१७१३ चैत्र २०७९, सोमबार ०९:१७१३ चैत्र २०७९, सोमबार ०९:१७ by विशाल श्रेष्ठNo Comments
काठमाण्डाैमा मेयर शाहविरुद्ध प्रदर्शन
काठमाण्डाै – संयुक्त राष्ट्रिय सुकुम्वासी माेर्चा नेपालले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन गरेकाे छ ।
संविधान र कानुन विपरीत सुकुम्वासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै उनीहरूले आज साेमवार मेयर साहविरुद्ध काठमाण्डाैकाे नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रदर्शन गरेका हुन् ।
आफूहरूलाई उठिबास लगाउने काममा मेयर साह लागेकाे भन्दै त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताउनुभयो । उहाँले भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो संविधान, कानुन विपरीत उठिबास लगाउने प्रयास नगर्न चेतावनीसमेत दिनुभयो ।
विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःसर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको ...