Advertisement
Advertisement

जब मण्डपमै पुगेर विवाह रोकियो…

Advertisement
Advertisement

 मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती आफ्नो दैनिकीको शिलशिलामा घरमै थिए । कार्यालयको समय नभएकोले उनी आफ्नो घरायसी काममा व्यस्त थिए ।

 

बालबालिकाको क्षेत्रमा क्रियाशील राजेन्द्र मोक्तान, अस्मिता कार्की र रेजिना ढकाल उनैको घरमा आइपुगे । तीनै जना हतास र आत्तिएको जस्ता देखिन्थे ।

 

गाउँपालिका अध्यक्ष कालाखेतीले कारण सोधे, उनीहरूले एकै स्वरमा भने, ‘बाल विवाह रोक्नु पर्‍यो दाइ, हाम्रो बुताले भ्याएन ।’ २० वर्षमुनिको विवाहलाई नेपालको कानुनले पनि गैरकानूनी भनेको छ । यहाँ विवाह हुँदै थियो १६ वर्षीया बालिका र १८ वर्षीय बालकको ।

 

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ९ कि बालिका र मकवानपुर जिल्लाकै राक्सिराङ गाउँपालिका सरिखेतका बालकबीच विवाह हुँदै गरेको थाहा पाएपछि सिविन बाल हेल्प लाइन मकवानपुरका सामाजिक परिचालनक मोक्तान मनहरी गाउँपालिका बाल अधिकार समिति सदस्य कार्की र बाल क्लबकी ढकाल गाउँपालिका अध्यक्षलाई गुहार्न घरैमा पुगेका थिए ।

 

विवाहको कुरा टुङ्गीएको मात्रै भए पनि केही सहज हुने थियो । तर त्यहाँ झण्डै २ सय जना जन्ती विहेको भोज खाँदै थिए । मण्डपमा बालबालिकाको विवाहको कर्म हुँदै थियो । कक्षा ८ मा पढ्ने बालिका र कक्षा १२ मा पढेका बालकबीच आपसी प्रेम सम्बन्धपछि परिवारको स्वीकृतिमा विवाह हुँदै थियो । बालबालिकाको पक्षमा दुवैतर्फको परिवार राजी भएपछि विवाहको मिति तोकियो । सरिखेतदेखि जन्ती लिएर केटा पक्ष मनहरी ९ ज्यामिरे आइपुग्यो ।

 

विवाहको प्रक्रिया नै सुरु भएपछि घटना सिविनका सामाजिक परिचालनकले थाहा पाए । उनीहरूले विवाह मण्डपमै पुगेर एक्सन लिन अध्यक्षको सहायता मागेका थिए । अध्यक्ष कालाखेतीलाई सम्बन्धित वडाका अध्यक्ष राजकुमार श्रेष्ठले पनि साथ दिए ।

 

‘विवाह भाँड्न आएको भनेर आफैंमाथि जाइलाग्न सक्ने अवस्था थियो, प्रहरी लिएर जाउँ कि भन्ने सोचें, तर पहिले आफैं गएर सम्झाउने हिम्मत बोकेर प्रहरी नलिकन गएँ,’ अध्यक्ष कालाखेतीले भने, ‘आफ्नो गाउँ, आफ्ना मतदाता पक्कै मलाई टेर्नुहुनेछ भन्ने लागेर गए, केटा र केटी दुवैका परिवारले मानिदिनु पनि भयो ।’

 

कानुनी जानकारीको अभावमा हुँदै गरेको बाल विवाह रोक्न सफल भएको कालाखेतीले बताए । कानुन अनुसार बाल विवाह गरेमा अभिभावक र विवाह गर्ने गराउने सबैलाई कारवाही हुने जानकारी गराएपछि विवाह रोकिएको उनले बताए ।

 

हुँदै गरेको विवाह तत्काललाई रोकिएपछि अहिले बालिकाले आफ्नो अध्ययनलाई निरन्तरता दिएको कालाखेतीले बताए । विवाह रोकिएको घटना केही महिना अघिको हो । बालबालिकाको संवेदनशील सवाल भएकोले घटना हतारिएर बाहिर नदिएको तर अध्यक्ष कालाखेतीले अहिले पनि नियमित अनुगमन र चासो राखिरहेको बताए ।

 

‘एक दिन एक्सन लिएर भएन उहाँहरूको समस्या छ भने यो पनि बुझ्न परो नि,’ उनले भने, ‘अहिले पनि म बेला बेलामा बालिकाको घरमा पुग्छु, उनको पढाइबारे सोध्छु ।’ छोरीको विवाह रोकेर पढाइमा फर्काउन सहयोग गरेकोमा अभिभावकहरू पनि खुसी रहेको उनले बताए ।

नेपालको कानूनले विवाह गर्दा केटा र केटी दुवैको उमेर २० वर्ष पुरा भएको हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैले २० वर्षभन्दा कम उमेरमै विवाह गर्नु र गराउनु अपराध हो । बाल विवाह गर्ने गराउने र सहभागी हुने सबैलाई कानूनले कारबाहीको दायरामा ल्याएको छ । मुलुकी अपराध संहिता २०७४ दर्फा १७३ अनुसार विवाह गर्ने व्यक्तिको उमेर वर्ष २० नपुगी कसैले विवाह गर्न वा गराउन हुदैन । यसो गरेमा ३ वर्षकैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । विवाह गर्न पुरा हुनु पर्ने उमेर पुरा नभएको व्यक्तिले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।

 

मकवानपुरको मनहरी गाउँपालिका २०७६ पुस २८ गते बाल मैत्री स्थानीय शासन लागु भएको स्थानीय तहको रुपमा घोषणा भइसकेको छ । तर प्रयाप्त तयारी बिना नै बालमैत्री घोषणा गरिएको कारण अझै स्थानीयबासीहरूको यसबारे जानकारीको अभाव रहेको पाइएको छ ।

 

बालमैत्री स्थानीय शासनको दीगो कार्यान्वयको लागि आफूले गाउँपालिका स्तरबाट विभिन्न सचेतना कार्यक्रमहरू गरिरहेको र आगमी बर्ष पनि बालमैत्री स्थानीय शासनको दीगो कार्यान्वयको लागि बजेटको व्यवस्था गर्ने अध्यक्ष कालाखेतीले बताए ।

 

यहाँ बालश्रमलगायतका अन्य समस्या पनि रहेकोले स्थलगत अनुगमन तथा निरीक्षण गरेर कारवाहीको प्रक्रियामा ल्याउने गरेको उनले बताए । बालमैत्री घोषणा भएपछी बाल विवाहको क्रम न्यूनिकरण भएको तर अझै चुनौती धेरै रहेको सिविनको सहजकर्ता मोक्तानले बताए । केटा र केटीले भागेर विवाह गरेको र परम्परा अनुसार जन्ती फर्काउने क्रममा विवाह रोकिएको मोक्तानले बताए ।

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×