Advertisement
Advertisement

कामदार देखि रोजगारदाता सम्म कोरिया वाट फर्केका युवाहरु शृंखला-१

Advertisement
Advertisement

वैदेशिक रोजगारीका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरु विदेश जान्छन् । त्यहिँ माथि प्रायः नेपाली हरुको सपनाको देश बन्दै आएको छ हाल दक्षिण कोरिया। मासिक लाखौ कमाइ हुने र श्रमको उचित मुल्याङ्कन र सम्मान हुने भएकोलेनै दक्षिण कोरिया प्रस्थान गर्न भनेपछि हाल युवा हरु लालायितनै हुने गरेको पाइन्छ। कानुनी रुपमा e-9 भिषा अन्तर्गत दक्षिण कोरिया गइ पहिलो कार्यकाल ४ वर्ष १० महिना र अर्को दोश्रो कार्यक्रम ४ वर्ष १० महिना गरि लगभग १० वर्ष कोरियामा e-9 भिषा अन्तर्गत वस्न पाउनेछन् तर कोहि कोहि भिषा परिवर्तन गरेर कोरिया मै बसोवास गरिरहेको र कोहि गैरकानुनि रुपमा पनि बस्दै आइरहेका पाउछौ तर वैदेशिक रोजगारमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप र उर्जेको पुँजी नेपाल फर्किएर प्रयोग गरेका उदाहरण हरु छन्।

वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरिया गइ त्यहा उर्जेको पुँजी लाइ आफ्नै मुलुक नेपाल फर्कि होटल व्यापार व्यवसायमा लागि परेका केहि उदाहरणिय व्यक्ति र उहाँ हरुको व्यापार व्यवसायको वारेमा केहि संक्षिप्त जानकारी विशाल आवाजले राख्ने प्रयास गरेको छ केही ति उदाहरण हरु:

जनक भट्टराई,होटल पिस डिभाइस प्रा.लि ,टोखा नया बसपार्क, काठमाडौं

रुपन्देही घर भइ ७ वर्ष Textile र पछिल्लो ४ वर्ष Paper कम्पनी गरि जम्माजम्मी ११ वर्ष दक्षिण कोरियामा रहि काम गरि नेपाल फर्केका जनक भट्टराई नेपाल गएर हाल साझेदारी होटल व्यवसायमा संलग्न छन्। कोरीया लाइ एउटा काम र उमेरलाई उच्च सम्मान गर्ने संस्कार विकसित रहनुका साथसाथै सबै तहका मानिसहरु कानुन भित्र रहेर मेहनत गर्ने देशको रुपमा चिनेका जनक नेपाल फर्केर के गर्ने भन्ने साथीहरुलाई आफ्नो देश फर्कने बित्तिकै अरुको लहैलहैमा भन्दा पनि , मैले गर्न लागेको कामको बजार के हो ? RISK कति छ ? मैले कति लगानी गर्न सक्छु ?? मसँग Backup कति छ ?? म कति समय खर्चन सक्छु ?? भन्ने कुराहरुको बारेमा आफुभन्दा जानेका, बुझेका मानिसहरुँग सल्लाह र सुझाव लिएर आगाडि बढ्दा सफल हुन सकिन्छ भन्ने सल्लाह दिन्छन्।

टोखा नया बसपार्क, काठमाडौं(BG MALL) अगाडि बिगत ६ महिना देखि कोरिया वाटनै काम गरि आएका ४ जनाको साझेदारी मा सन्चालन हुदै आइरहेको होटल पिस डिभाइस प्रा.लि मा आफुले व्यवसाय गर्नुको साथ साथै ५ जना कामदार हरु लाइ पनि रोजगारी दिदै आएका छन्। जनक आफ्नो होटल व्यवसाय लाइ सोचे अनुरुप चलाउने प्रयास गरिरहेको र कमाइ चित्त बुझ्दो नै रहि आफ्नो व्यवसाय वाट सन्तुष्ट रहेको बताउछन्।

दिपेन्द्र अधिकारी(बैतेश्वर – दोलखा) , ,रिद्धी इन्जिनियरिङ सर्भिसेज साथै भिजन ब्याङ्केट , बालकोट

दोलखा जिल्ला बैतेश्वोर स्थायी घर भइ विगत ९ वर्ष हाराहारी दक्षिण कोरियाको प्लास्टिक फाइबर सम्बन्धि कम्पनी (जस्तै – पाइप , ट्यान्की लगायत अन्य) बन्ने कम्पनीमा काम गरि मातृभुमि फर्कनुभएको छ दिपेन्द्र अधिकारी । अधिकारी कोरिया बसाइलाई बिट मार्दै आफ्नै देशमा फर्कि विभिन्न व्यवसायहरुमा संलग्न हुनुहुन्छ। कोरिया रहदा विभिन्न सामाजिक संघ संस्थामा संलग्न हुनुभएका अधिकारी नेपालमा केही गर्छु भन्ने मनसायले फर्कनु भएको हो तर नेपाली बजारमा अलमल्ल पर्दै सुरुमा के गर्ने के नगर्ने अन्योलमा रहेको बताउनुहुन्छ ।

साथीहरू संग मिलेर सामुहिक लगानिमा पार्टी , बिबाह , ब्रतबन्ध लागायत विभिन्न कार्यक्रमको लागि राम्रो वातावरण रहेको स्थानमा भिजन ब्याङ्क्वेट नामको पार्टी प्यालेसमा संलग्न हुनु भयो । सो पार्टी प्यालेस बालकोट , पानीट्यांकी नजिकै रहेको छ । हाल आफ्नै रिद्धी इन्जिनियरिङ सर्भिसेज नामको कम्पनीको सुरुवात गर्नुभएको छ। इन्जिनियरिङ सम्बन्धि सम्पूर्ण खालको काम गर्ने उदेश्यले खोलिएको छ। कम्पनीले डिपिआर , नक्सा निर्माण साथै पास, निर्माण सम्पन्न , फिल्ड सुपरभिजन , सम्पत्ति मुल्यांकन लगायत अन्य काम गर्ने हिसाबले तिनकुने काठमाडौमा कार्यालय खोलि सेवा दिई रहेको छ। अहिले सुरुवाती चरणमा रहेको रिद्धी इन्जिनियरिङ सर्भिसेजमा सेवा लिन सम्पूर्णमा अनुरोध पनि गर्नु भएको छ । भाइ सिभिल इन्जिनियर भएकोले कम्पनीमा भाइले बिशेषण जिम्मेवारी लिइ भाइ सहित ३,४ जना प्रत्यक्ष संलग्न रहदै आइरहेका छन। प्रवासमा रहदा गरेको योजानाहरु नेपाल आएपछि प्रयोगमा ल्याउन केही प्राबिधिक तथा कागजी कठिनाइ रहेको र ढिलासुस्ती हुने बताउनु हुन्छ ।नेपालको वातावरणलाई आफुले जति सक्दो त्यति सहज बनाउदै लग्नुपर्छ र आखिर नेपाल नै हो हाम्रो भुमी, यसैलाइ हामिले राम्रो बनाउनु पर्छ भन्ने मनसायले नेपाल मै केहि गर्ने हुटहुटी जागेको दिपेन्द्र अधिकारी बताउनुहुन्छ।

ओहो ग्रुप द्वारा सन्चालित ओहो होटल & लज ,prakash sanyas aashram marg, काठमान्डौ।

रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएका २१ जना युवाहरुबाट आफ्नै मुलुकमा केहि लगानीको वातावरण सिर्जना गर्ने उद्देश्यका साथ सन् २०२१ मा गठित ग्रुप हो ओहो ग्रुप। २१ जना र प्रत्यक सदस्यबाट मासिक बचत गरि आर्थिक संकलन गरिरहेको ओहो ग्रुपले आफ्नै देशमा लगानी भित्र्याउने उद्देश्य अनुरुप सुरुवात चरणमा ओहो होटल & लज,prakash sanyas aashram marg, एयरपोर्ट नजिकै काठमान्डौमा सन्चालनमा ल्याएको छ।

ग्रुपको प्रत्यक सदस्य कोरियामा कार्य अबधि सकिएर नेपाल फर्कने हरुलाइ ब्यबसायमा संम्लग्न गराउने मुख्य उद्देश्य अनुरुप हाल ग्रुपबाट नेपाल फर्कनु भएको राजकुमार आले(prince) लाइ managing director बनाएर airport गेट नजिकै prakash sanyas aashram marg, काठमान्डौमा होटल सन्चालनमा आएको हो। एटेच बाथरुम,चिसो तातो पानि,Ac non Ac ,गाडिको ब्यबस्थाको समेत सुविधा राखेर सन्चालनमा आएको होटलमा हाल ५ जना कर्मचारी लाइ रोजगार समेत दिदै आएको छ।यस व्यवसायमा हाल सम्म कुनै समस्या न आएको र भविष्यमा व्यवसाय बढाउदै जाने ग्रुपले जनाएको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×