Advertisement
Advertisement

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज विधिवत रुपमा दर्ता

Advertisement
Advertisement

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज विधिवत रुपमा दर्ता, विश्वभरका सिन्धुपाल्चोकलाई एकत्रित गरिने

सिन्धुपाल्चोक चौतारा: ‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने मुल  नाराका साथ  सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आधिकारिक रुपमा दर्ता भएको छ ।बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य लिएर चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा समाज दर्ता भएको हो। 

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका अध्यक्ष हरि कृष्ण न्यौपाने (कुवेत हाल नेपाल)ले समाज गठनका सन्दर्भमा सामुदायिक सोच, सिद्धान्त र भावना अनुसार सामूहिक हित हुने गरी र सिन्धुपाल्चोकका १०३ वटै वार्ड सम्म पुगेर विशुद्ध सामाजिक कार्य गर्ने उद्देश्यका साथ हामी एकत्रित भएका भनेर जानकारी दिनुभएको थियो। उहाको अनुसार ‘सिन्धुको हरेक दुःख सुखमा हातेमालो गर्न सिन्धुपाल्चोकमा जन्मिएर बिभिन्न अवसरका लागी देश-विदेशमा पुगेका सिन्धुपाल्चोकेलाइ जोड्ने हाम्रो अभियान हो र हुन त यस अघि सिन्धुपाल्चोकका विपत्तिहरु जुरे पहिरो, भुकम्प पछिका राहत अनि पुनर्निमाण, मेलम्ची बाढी देखि बाह्रबिसे–९ राम्चेका रामचन्द्र सुवेदीको छोरा राकेश सुवेदीको उपचार, क्यान्सर रोगसँग लडिरहेकी सुनकोशी की कान्छी प्राध्यापक डा. उर्मिला प्याकुरेलको उपचारमा समेत बिजनेशमा रहेका सिन्धुपाल्चोकेहरुले अभियान चलाएरै सहयोग गरिरहेका छन । अब यस्ता विपत्तिमा एकताबद्ध भएर अझै सशक्त रुपमा काम गर्नेे पनि जानकारी दिनुभयो। 

तत्कालका लागी सिन्धुपाल्चोकका पर्यटकीय स्थलको जानकारीहरू समेटेर समाजले बि.स. २०८० को क्यालेन्डर प्रकाशन गरि सिन्धुको कलेज अनि क्याम्पसका विद्यार्थीहरूलाई निःशुल्क बितरण गरिने समाजमा महासचिव उत्सव खड्का (दक्षिण कोरीया हाल नेपाल)ले बताउनुभयो र  ‘ भर्खरै संस्था गठन गरेर दर्ता गरेको, त्यसैले विश्वभर छरिएर रहेका सिन्धुपाल्चोकबासीहरुलाइ जोडेर संस्थामा सदस्य बिस्तारलाई प्राथमिकतामा राखेको , दक्षिण कोरियामा कार्यरत रहँदानै लामो समय देखी समाज गठनको योजना गरेकोमा हाल सम्म नेपाल लगायत ११ देशमा रहेका सिन्धुपाल्चोकेहरु जोडिएका छन् । यहीबाट सिन्धुवासीको हितमा एक भएर काम गर्न चाहनेहरूलाई समाजमा जोडिन समेत महासचिव खड्काले आग्रह गर्नुभयो।

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजको उपाध्यक्षमा माधव पौडेल(कुवेत), सचिबमा हरि दुलाल(यूएइ हाल नेपाल), कोषाध्यक्षमा बिमल गीरी (कतार हाल नेपाल) रहेका छन् । सदस्यहरूमा किर्तिमाया तामाङ (कुवेत हाल नेपाल), प्रेम बहादर भण्डारी(नेपाल), नविन श्रेष्ठ (दक्षिण कोरीया), प्रदिप कार्की (कुवेत) रहेका छन् ।

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजमा जोडिनका लागी फोन नं(ह्वाट्सप) ९७७–९८६३४७६१३७, ९८६०३०३९६७, ९७१–५५६३८६८४३, ९६५–६००६१७६५, ईमेल आइडि sgsindhupalchok2021@gmail.com वा सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजको फेसबुक मार्फत सम्पर्क गरी हातेमालो गर्न समाजले सबैलाई आग्रह गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×