Advertisement
Advertisement

सम्झनामा ठूली आमा:राम बहादुर तामाङ दक्षिण कोरिया

Advertisement
Advertisement

• सम्झनामा ठूली आमा:भो नसंझाउ,मुटु भक्कानिन्छ,आशुको कथा म लेख्न सक्दिन •मृत्यु लाई जित्न सकिन्न,

मार्च २४ अर्थात् चैत्र १० गते । कोरियामा साँझ परेको थियो भने नेपालमा दिउसो । कोरियन समय ४ः३० बजे तिर कामबाट आएर रुममा फ्रेस भएर खाजा खाने तयारीमै थिए । मेरो मोबाईलमा म्यासेजको टोन लामै बज्यो । हेर्दा श्रीमती जमुनाले म्यासेन्जरमा दुखद खबर म्यासेज गरेको रहेछ । एकाएक आङ सिरिंग भयो । कताकता घोचेजस्तो, पोलेजस्तो, रिँगटा लागेर ढलौँजस्तो । सपना हो कि विपना । सपना हो कि भनेर चिमोटेँ आफूले आफैँलाई । तर, म त सुतेकै थिइनँ, उभिइरहेको थिएँ । 

ड्युटीबाट आएको मान्छे हातखुट्टा गलेर पाइला अघि सर्नै मानेन । मेरो बाध्यता थियो जसरी पनि फेरि सुतेर उठेर ड्युटी जानुपर्ने । सेकेन्ड–सेकेन्ड समयको महत्व छ यहाँ । भुवाजस्तो शरीरलाई गह्रौँ बनाएर सुत्ने कोसिस गरे तर निदान सकेन । मन लागी–नलागी सुते झै गरेँ । यो घटना सत्य नभइदियोस् भनेर लाखौँपटक कामना गरेँ मनमनै । पत्याउनै सकिरहेको थिइनँ । अरु छिमेकैलाई नि सोधे श्रीमतिले सुनाएको मृत्यु खबर। आशा थियो अरुले त्यो झुटो हो भन्लान् भन्ने । तर, जवाफ ठीक विपरीत आयो । आखिर सत्य त्यही नै रहेछ जुन श्रीमतिले सुनाएको खबर । त्यो खबरले म आकाश बाट झरे जस्तै भयो 

अन्तिम कुरा बित्नु भन्दा १ हप्ता अगाडी भक्तपुरमा भएको थियो त्यति खेर २ मिनेट जति मात्र बोल्न पाए त्यस पछि बोल्न सक्नु भएन एक वर्ष अगाडी जनै खटिरा आएको ठाउँमा पोलेको भनेर बोल्नै सक्नु भएन ।

मलाई माफ गरिदिनु माईली ठुली आमा😭😭😭

खै कसरी ब्यक्त गरौ बालापन देखीका ति दिन आमापछिको आमा संगको यादगार सम्झनाहरु जति बेला हामी सानै र भोकै हुँदा मेलापात बाट आफुले खाई-नखाई सानो टुक्रा गहुँको पिठ्ठोको त्यो सानो गोलाकार आकारको रोटी होस् या मकै भट्मास जे भए पनि ल्याएर दिनु हुन्थ्यो।हामि प्रतिको हजुरको त्यो ममता र मायाले बेला बेला झस्काउथ्यो अब हरबखत यो मन चस्किरहने छ। हिजोसम्म साथैमा भए झै महसुस गर्न पाउथ्ये अब बाट त्यहि महसुस गर्ने दिन पनि रहेन । अब मात्र सम्झानहरुले यो परदेशीको आँखा हरपल रुझाउने भयो ठुलीआमा,आज हजुरले छोडेर जानु भएको पनि ५ दिन बितिसके छ, खै यो परदेशीको बाध्यता र विवशताले होला आज सम्म पनि सपना झै लागिरहेको छ। भएर र दुरि टाढा हुनु र हुदै नहुनुमा यो मनले निकै फरक अनुभुती गरिरहेछ। ती बिगतमा हजुर सँगै मैलापात, घाँस दाउरा गर्दा सँग सँगै गएको पल आफ्नो आमा बाट भन्दा हजुर बाट धेरै सिकेका कुरा, आमाले गाली गर्नु हुँदा हजुरको काखमा रमाएका पल ,गल्तिमा सम्झाउनु भएका कुरा, काँही कतै टाढा हिड्नु पर्यो भने भोलि म सँगै जाऊँ है “रामे”भनेर भन्नु भएको त्यो वचन अब यी कुराहरु मलाई कसले सोध्ने कल्पनामा मात्रै सितित भए सबै …।दुःख पर्दा दु:ख बिसाउने चौतारा अनि सुख र खुशी साट्ने आगँन बनिदिनु हुन्थ्यो ।तिनै मिठास पलहरु संगालेर आफ्नो र आफ्ना पारिवारिक खुसी किन्न आज भन्दा ९ महिना अगाडी हजुरकै आशिर्वाद बोकेर बिदाइका हात हल्लाउँदै म पर्देशिएको हिजो जस्तै लाग्छ।

हजुरले दिनुभएको आट हौसला र मायाले गर्दा यहाँ सम्मको यात्रालाई निरन्तरता दिदै गर्दा तपाई बिरामी भएर हस्पिटलको बेडमा मृत्यु संग लड्दै हुनुहुन्छ भन्ने खबर थाहा पाए देखिन यो मन बेचैनी भैरहेको थियो। दुनियाँको लागि चन्दा दान सहयोग गरेर हिड्ने म हजुरको लागि चाहेर नि केहि गर्न नसक्दा हजुरले नाबालक देखि लगाउनु भएको गुनको ऋणी भएको छु। यो जुनिमा नसके पनि अर्को जन्म र जुनि हुन्छ भने अवश्य म ऋण चुक्ता गर्नेछु ठुली आमा …।

मनमा तुफानको आधिबेरि चल्न थाल्यो । के गरौँ, कसो गरौँ मात्रै भइरह्यो । ठूली आमाले हामी सबैलाई छोडेर जानुभयो । ठूलबालाई भन्न मन लागेको छ– ठुलबुबा आमाले छोडेर गए पनि तपाईंको हरेक अप्ठ्यारोहरुमा म छु है । तर, सात समुन्द्र बाट मैले भनेको सुन्नुहुन्न …..।केही दिनअघि रोगसँग जुधिरहेको छु केही दिनमा सन्चो होला भन्नुहुन्थ्यो । तर, निष्ठुरी रहेछ समय ठुलीआमाको याद र सम्झना बाहेक हामि माझ भौतिक शरीर रहेन। श्रद्धाञ्जली लेख्न सकेको छैन, नलेखी सुख पनि छैन । सात समुद्रपारिबाट हार्दिक श्रद्धाञ्जली ठूली आमा ।

     हजुरको स्वर्गमा बास होस् चिर शान्तीको कामना

                 ” ॥ॐ माने पद्मे हुं॥ १०८ “

-२०२३/०३/२८-(०३ः५५ AM)😭🥹

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×