चर्चित गायीका समिक्षा अधिकारी र सिडि विजय अधिकारीको युगल आवाजमा रहेको मायाँलु गीत लजालु मायाँको प्रिमियर कोरियाको फेंतेकस्थित निरमायाँ रोधी घरवाट सम्पन्न भएको छ । कार्यक्रममा लोक दोहरी प्रतिस्ठान कोरियाका कलाकारहरु लगाएत थुप्रै स्थानिय कलाकारहरुको समेत लाईभ प्रस्तुति रहेको थियो । गीतलाई केछकोरिया युट्युव च्यानलवाट विश्वभरी हेर्न सकिन्छ । चर्चित गायीका समिक्षा अधिकारी र गायक सिडि विजय अधिकारीको युगल आवाजमा रहेको प्रेमिल गीतको शब्द रचना भने कोरियामा कार्यरत तिलक छन्त्यालले गरेका हुन । किंग्स स्टुडियोवाट रेकर्ड भएको गीतमा सिडि विजय अधिकारीको कम्पोज तथा संगीत रहेको छ भने गीतलाई पुष्कर खत्रिले एरेन्ज तथा मिक्सिंग मास्टरिंग गरेका हुन् । तिलक छन्त्यालकै निर्देशनमा तयार भएको भिडियोमा धनु तामांग, मिनाक्षी तामांग साथै तिलक छन्त्याललाई पनि देख्न सकिनेछ । भने गीतलाई टोपिक लिम्बुले छायांकन गरेका हुन् ।
गीतका लेखक तथा भिडियो निर्देशक तिलक छन्त्यालका अनुसार परदेशको ब्यस्त समयको बावजुट पनि भिडियोलाई गीतको भाकामा न्याय दिलाउन थुप्रै मिहेनत गरिएको र दर्शकको निरन्तर साथ पाईरहने विश्वास रहेको बताए ।










