चर्चित गायीका समिक्षा अधिकारी र सिडि विजय अधिकारीको युगल आवाजमा रहेको मायाँलु गीत लजालु मायाँको प्रिमियर कोरियाको फेंतेकस्थित निरमायाँ रोधी घरवाट सम्पन्न भएको छ । कार्यक्रममा लोक दोहरी प्रतिस्ठान कोरियाका कलाकारहरु लगाएत थुप्रै स्थानिय कलाकारहरुको समेत लाईभ प्रस्तुति रहेको थियो । गीतलाई केछकोरिया युट्युव च्यानलवाट विश्वभरी हेर्न सकिन्छ । चर्चित गायीका समिक्षा अधिकारी र गायक सिडि विजय अधिकारीको युगल आवाजमा रहेको प्रेमिल गीतको शब्द रचना भने कोरियामा कार्यरत तिलक छन्त्यालले गरेका हुन । किंग्स स्टुडियोवाट रेकर्ड भएको गीतमा सिडि विजय अधिकारीको कम्पोज तथा संगीत रहेको छ भने गीतलाई पुष्कर खत्रिले एरेन्ज तथा मिक्सिंग मास्टरिंग गरेका हुन् । तिलक छन्त्यालकै निर्देशनमा तयार भएको भिडियोमा धनु तामांग, मिनाक्षी तामांग साथै तिलक छन्त्याललाई पनि देख्न सकिनेछ । भने गीतलाई टोपिक लिम्बुले छायांकन गरेका हुन् ।...
३० चैत्र २०८२, सोमबार ०४:२२३० चैत्र २०८२, सोमबार ०४:२२३० चैत्र २०८२, सोमबार ०४:२२ by एलिनाNo Comments
ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले आफ्नो पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै दोस्रो अधिवेशन सम्पन्न गरेको छ।
अधिवेशन कार्यक्रम अप्रिल ११, २०२६ मा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा कोरियास्थित सम्पूर्ण नेपाली संघसंस्थाहरूको छाता संगठन नेपाली सम्पर्क समिति दक्षिण कोरिया का अध्यक्ष हर्क विष्ट सहभागी रहेका थिए। त्यस्तै विशेष अतिथिहरूमा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष बुद्धि गुरुङ, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष जीवन खतिवडा लगायत विभिन्न प्रदेशगत तथा जिल्लागत संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका सल्लाहकार, आजीवन सदस्य, साधारण सदस्य तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजक संस्थाले उपस्थित सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गरेको छ।
अधिवेशनको बन्दसत्रमार्फत संस्थाको विधा...