Advertisement
Advertisement

कोरियामा “आठौं रेसुङ्गा भलिबल कप २०२३” अप्रिल ३० मा हुने 

Advertisement
Advertisement

कोरियामा “आठौं रेसुङ्गा भलिबल कप २०२३” अप्रिल ३० मा हुने 

बोम्जन गुरुङ

३० मार्च २०२३, कोरिया 

कोरिया स्थित गुल्मी सम्पर्क समितिले आउँदो अप्रिल ३० मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता आठौं रेसुङ्गा भलिबल कप २०२३ आयोजना गर्ने भएको छ । संस्थाले यो सिजनकै पहिलो प्रतियोगिताको शुरुवात गर्दै सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान” भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सउलको खेलमैदान (성북 국민 체육관 서울 성북구 화랑로 13 길 144) मा आयोजना गरिएको संस्थाका अध्यक्ष गणेश पौडेलले बताए । 

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्थान प्राप्त टिमले ४ कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने बताउँदै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट सेटर र उत्कृष्ट ब्लकरले जनही ५० हजार कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने संस्थाका खेल संयोजक सुदन रानाले जानकारी दिए ।

संस्थाले स्थापनाकाल देखि हरेक परोपकारी कार्यमा आफ्नो उपस्थिति देखाउँदै अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन मनकारी व्यक्ति र संस्थाहरुको सहयोग प्राप्त भईरहेको र अन्य शुभचिन्तकहरुबाट सहयोगको अपेक्षा रहेको संस्थाका सचिव गोविन्द ढकालले स्पष्ट पारे ।

गुल्मी सम्पर्क समितिद्धारा आयोजित आठौं रेसुङ्गा भलिबल कप २०२३ मा टिम दर्ता शुल्क ३ लाख कोरियन वोन रहेको र टिम दर्ता अन्तिम मिति २३ अप्रिल २०२३ सम्म कायम गरिएको छ । प्रतियोगिता स्थलमा स्वादिष्ट नेपाली परिकारहरुको व्यवस्था समेत गरिएको आयोजक संस्थाले जनाएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×