Advertisement
Advertisement

मनोरन्जन

JINCHEON SHOW अप्रिल २ आइतबार “छक्का पन्जा-४” 

JINCHEON SHOW अप्रिल २ आइतबार “छक्का पन्जा-४” 

Breaking News, Breaking news 1, मनोरञ्जन, मनोरन्जन
JINCHEON SHOW अप्रिल २ आइतबार "छक्का पन्जा-४"  विशाल श्रेष्ठ/दक्षिण कोरिया: KHWANGEWON POOL CLUB ले अप्रिल २ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" , JIncheon मा प्रदर्शन गर्ने भएको छ। दक्षिण कोरिया स्थित JIncheon सहरको 읍내리 652, JIncheon 365804(JINCHEON TERMINAL) MEGA BOX मा दिउसो २:०० बजे गर्ने गरी तय गरिएको चलचित्र प्रदर्शन कार्यक्रमको टिकट लिनको लागि tej Gurung:01082635223, khemraj 01059274299, Aloyna 01043286355, Bikal 01039221700 लाइ सम्पर्क गर्न सक्नुहुने आयोजकले जनाएको छ। परदेशमा रहेर पनि घरदेशको चलचित्र लाइ माया गर्न र मनोरञ्जन लिएर चलचित्र कार्यक्रम लाइ सभ्य र भब्य साथमा सफल पार्नको लागि आयोजकले कोरियामा रहेका व्यावसायि,विधार्थी,पत्रकार,लगायत सम्पुर्ण कोरियाबासि नेपालीहरुमा उपस्थितिको लागी अनुरोध गर्नुभएको छ।  थप जानकारीको लागि:  ...
बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर  अभिनेता पल शाह थुनामुक्त भएका छन् ।

बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पल शाह थुनामुक्त भएका छन् ।

Breaking News, अपराध, बलात्कार, भर्खरै, मनोरन्जन, विज्ञान प्रविधि, समाचार
१५ फागुन, दमौली । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् । नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन् । शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका हुन् । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका थिए । नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् । सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नाराबाजीसमेत गरे । समर्थकको भीड लागेपछि...
कल्पना श्रेष्ठ कल्पुका चार मुक्तक

कल्पना श्रेष्ठ कल्पुका चार मुक्तक

जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, साहित्य
१) थकित अनि मन्द मुस्कान हुन्छ परदेशमा आसु टिल्पिल हुँदै आँखा रुन्छ परेदशमा  धनको भारी चाडै पुर्याइ फर्कन्छु भन्दै  परदेशीले सुन्दर सपना बुन्छ परदेशमा २) रहर हैन बाध्यताले परदेश पसेको ज्यान दौडमा तर मन गाउँमा बसेको जवानी लिलामी भो बिरानो देशैमा कस्ले देख्छ खुन पसिना सबै डसेको ३) मुसुक्क तिमी हास्दा संसार भुल्छु म भिरको लालीगुरास झै हास्दै फुल्छु म तिम्रो साथ जस्तो प्रिय केही छैन यहाँ  भमरा बनी आसपासमै सधै डुल्छु म ४) यो मनको बाटो गरि आए हुन्छ नि सुटुक्कै चोखो माया लाए हुन्छ नि भाग्यमानी हुन अब केही गर्नै परेन जुनि जुनि तिम्रै बन्न पाए हुन्छ नि...
राप्ती समाजद्वारा दक्षिण कोरियामा मार्च १२ तारिख छक्कापन्जा ४ प्रदर्शन हुने । 

राप्ती समाजद्वारा दक्षिण कोरियामा मार्च १२ तारिख छक्कापन्जा ४ प्रदर्शन हुने । 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरन्जन, विदेश, समाचार
हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता भन्ने मुल नाराका साथ स्थापित संस्था राप्ती समाज दक्षिण कोरियाले मार्च १२ आइतवारका दिन नेपाली कथानक चलचित्र छक्कापन्जा ४ प्रदर्शन गर्ने भएको छ । दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसायमा आवद्व राप्तीबासी तथा नेपालीहरू बिच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृध्दि गर्दै कोरियामा नेपालीहरू बीच भैपरी आउने समस्याहरू छिटोछरितो र सरल तरिकाले समाधान गर्ने मुख्य उद्देश्यका साथ राप्ती_अक्षयकोष_निर्माणका लागि यहि आउँदो मार्च १२ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र छक्कापञ्जा ४ प्रदर्शन दोङदेमुन नजिक जोङ्गाक स्टेशनमा रहेको जोगेशा गुम्बाको हलमा विहान ११:०० बजे पहिलो शो र दिउसो २:०० बजे दोस्रो शो गर्ने गरी कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ ।  पहिलो शो को लागि अग्रिम टिकेट मार्च ०५ तारिख राति ९:०० बजे ...
दीपक दीपाको फिल्म ‘छक्का पन्जा ४’ कोरियामा १२ तारिख मा प्रदर्शन हुनेको ट्रेलर सार्वजनिक (भिडिओ)

दीपक दीपाको फिल्म ‘छक्का पन्जा ४’ कोरियामा १२ तारिख मा प्रदर्शन हुनेको ट्रेलर सार्वजनिक (भिडिओ)

Breaking News, Breaking news 1, Breaking news 2, ट्रेन्डिङ, मनोरन्जन, विदेश, समाचार
  शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा राजनीतिक परिवेशलाई देखाइएको छ। हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्।  आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ र दक्षिण कोरियामा पनि राप्ती समाजले मार्च १२ तारिख सउलमा प्रदर्शन गर्दैछ। भिडियो https://youtu.be/V3tEPolMPKQ...
सरुको नक्कले ले कर्के नजर हानेर पो मार्‍यो

सरुको नक्कले ले कर्के नजर हानेर पो मार्‍यो

Breaking News, देश, मनोरञ्जन, मनोरन्जन, साहित्य
  हजारमा आज मलाई छानेर पो मार्‍यो ।।   स्वास फेर्न लौन हम्मे हम्मे भयो गाठे । जबर्जस्ती अंगालोमा बाधेर पो मार्‍यो ।।   तातो तातो श्वास मलाई हप हपी भयो । लाजै मर्ने काम उस्ले गरेर पो मार्‍यो ।।   बिताएका सबै अतित सझी ल्याउदा त । आँखाबाट अश्रु भेल झरेर पो मार्‍यो ।।   बैगुनीले स्वार्थ लुटि आज एक्लै पार्याे। हात समाई अर्कै खोला तारेर पो मार्‍यो ।।   नक्कले ले कर्के नजर हानेर पो मार्‍यो । हजारमा आज मलाई छानेर पो मार्‍यो ।  ...
सुशील अर्यालको श्रृङ्गारिक धारका चार मुक्तक

सुशील अर्यालको श्रृङ्गारिक धारका चार मुक्तक

मनोरञ्जन, मनोरन्जन, साहित्य
                                             ✍️ सुशील अर्याल                                             वालिगं १४ स्याङ्जा  १.एक मलाई सुम्पिदैं जवानी तन दिन्थ्यौ होला! मत तिम्रै सुन्दर दिल भन दिन्थ्यौ होला! यो प्रेम दिवसमा संगै साथमा भा’को भए- गुलावको सट्टामा चुम्बन दिन्थ्यौ होला! २.दुइ रिसाउन त थोरै -थोरै रिसाएकी थियौ। तर पनि रिसमा प्रिती मिसाएकी थियौ। सम्झिन्छ्यौ कि भूलिसक्यौ भन भू.पु.माया मेरो ओठमा तिम्ले ओठ बिसाएकी थियौ। ३.तिन हरपल हरक्षण तिम्रा यादहरु आउने थिएनन्! मेरो यो कोमल ह्रदयलाई सताउने थिएनन्! यदि छुट्टीएर जीवन्त खुशिहरु मिल्थ्यो भने~ झरेका पातहरु कहिल्यै ओईलाउने थिएनन्! ४.चार घुटु~घुटु थुक निल्दै म भगवान हरि सम्झिन्छु। यो धर्तीका नायिका र स्वर्गका परि सम्झिन्छु। बैंशालु युवतीको गुलावी गाला, रसिला अधर देख्...
प्रणय दिवस विशेष निखिल आचार्यको “यादलहर”

प्रणय दिवस विशेष निखिल आचार्यको “यादलहर”

मनोरञ्जन, मनोरन्जन, साहित्य
                        ✍️निखिल आचार्य "राज"                                                          स्युचाटार, कलङ्की  यादलहर.. सुन्दा प्रिय लाग्ने नाम हौ तिमी, अनि हौ अति नै प्यारी मेरो निम्ति, खुसी लाग्छ मलाई अचेल कि.. म हरघडी तिम्रै यादनगर मा हुन्छु.. यति नजिक भइसक्यौ मेरो अहो!   कुरा तिम्रै मनको कुनाकुनामा लवजमा गीत तिम्रै छ मेरो, शब्दभरी छरिएकी तिमी..   मेरा मनका भावनाको लहर.. अनि यसरी नै तिमीमै रहने रहर... सुन कति मीठो छ मेरो लागी   कदम कदम मा पाइला.. अनि ती मेरा पाइला सँगै पदछाप छोड्दा तिमी र म साथसाथै चल्दाको पल  अनि मनमनै बोल्दै गरेको क्रम, केवल हामीदुईको धड्कन कम्पन अधर हल्का लजाई- अनि झुकेको नजर अनि त्यो भेट अझै मनमा छन् ! मधूर अनि पवित्र प्रेमको याद बनी।  ...
तम्घास ल्याउँदै गरेको ६० लिटर घरेलु मदिरा नष्ट

तम्घास ल्याउँदै गरेको ६० लिटर घरेलु मदिरा नष्ट

अन्तर्राष्ट्रिय खबर, खेल, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, मनोरन्जन, राजनीति, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्थानीय खबर, स्वास्थ्य
गुल्मी ।गुल्मीमा प्रहरीले सवारी सधानमा राखेर तम्घास ल्याउदै गरेको घरेलु रक्सी बरामद गरेर नष्ट गरेको छ । रिडीबाट तम्घासतर्फ आउँदै गरेका चार वटा सार्वजनिक सवारी साधनमा चेकजाँचको क्रममा प्रहरीले घरेलु रक्सी (मदिरा)फेला पारेको थियो । बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए । करिव ६ू लिटर रक्सी बरामत गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । रक्सी सदरमुकाममा बिक्रीका लागि ल्याएको हुनसक्ने प्रहरीकोे अनुमान छ ।...
यु–१९ पुरुष राष्ट्रिय क्रिकेट :उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

यु–१९ पुरुष राष्ट्रिय क्रिकेट :उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

Breaking news 3, अन्तर्राष्ट्रिय खबर, खेल, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, मनोरन्जन, राजनीति, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्थानीय खबर, स्वास्थ्य
काठमाडौं ।मधेस प्रदेशलाई ५८ रनले पराजित गर्दै साविक विजेता लुम्बिनी प्रदेश राजधानीमा जारी यु–१९ पुरुष राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले मधेसलाई हराउँदै फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिमसँग भेट पक्का गरेको हो । शनिबार लुम्बिनीले दिएको २ सय २३ को लक्ष्य पछ्याएको मधेसले ४५.४ ओभरमा १ सय ६४ रन बनाउन सक्यो । मधेसका लागि मयन यादवले ४५ बलमा ३८ रन बनाए । सरफराज मन्सुरले ३१ रन बनाए ।अलि अन्सारीले २२ तथा डब्लु मल्लिकले १८ रन बनाए । लुम्बिनीका लागि अभिषेक गौतम र विशालविक्रम केसीले समान ३/३ विकेट लिए ।तुलबहादुर थापा, दुर्गेश गुप्ता र निर्मल गुरुङको नाममा समान १/१ विकेट रह्यो । त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २२ रन बनाउन सक्यो ।लुम्बिनीका लाग...