
✍️निखिल आचार्य “राज” स्युचाटार, कलङ्की
यादलहर..
सुन्दा प्रिय लाग्ने नाम हौ तिमी,
अनि हौ अति नै प्यारी मेरो निम्ति,
खुसी लाग्छ मलाई अचेल कि..
म हरघडी तिम्रै यादनगर मा हुन्छु..
यति नजिक भइसक्यौ मेरो अहो!
कुरा तिम्रै मनको कुनाकुनामा
लवजमा गीत तिम्रै छ मेरो,
शब्दभरी छरिएकी तिमी..
मेरा मनका भावनाको लहर..
अनि यसरी नै तिमीमै रहने रहर…
सुन कति मीठो छ मेरो लागी
कदम कदम मा पाइला..
अनि ती मेरा पाइला सँगै
पदछाप छोड्दा तिमी र म
साथसाथै चल्दाको पल
अनि मनमनै बोल्दै गरेको क्रम,
केवल हामीदुईको धड्कन
कम्पन अधर हल्का लजाई-
अनि झुकेको नजर
अनि त्यो भेट अझै मनमा छन् !
मधूर अनि पवित्र प्रेमको याद बनी।
Post Views: 239










