“चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को उपाधि फारान एफसिले चुम्न सफल
“चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को उपाधि फारान एफसिले चुम्न सफल
विशाल श्रेष्ठ/दक्षिण कोरिया:BUDDHA WAS BORN IN NEPAL( बुद्व को जन्म स्थल नेपाल) भन्ने मुल नारा का साथ नेपाल तामाङ घेदुङ ख्यङ्.बु.शाखा को महिला आवास गृह नाना आङा धिम सहयोगार्थ 경남 김해시 김해대로 1798 (조은풋살장) मा कोरिया स्थित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाले मे २८ तारिखका दिन आयोजना गरेको “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” फारान एफसिले चुम्न सफल भएको छ।
नेपाल तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाका अध्यक्ष सोम योन्जनको सभापतित्वमा मा आयोजित चौथो बुद्ध जयन्ति फुटसल कप २०२३ मा प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङ द. कोरियाका बरिष्ठ उपाध्यक्ष राम तामाङ , बिशेष अथितिहरु फुटबल महासंघ कोरिया अध्यक्ष ब्रो तमु , NRNA कोरिया बरिष्ठ उपाध्यक्ष सन्जिब राई , लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु उपस्थ...








