Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरिया को सचिव पदमा पुर्णराम बुढा (पुष्कर) ले उम्मेदवारी दिने

Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरिया को सचिव पदमा पुर्णराम बुढा (पुष्कर) ले उम्मेदवारी दिने

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियाको सक्रिय सामाजिक अभियान्ता पुर्णराम बुढा(पुष्कर) पदमा उम्मेदवारी दिने भएका छन्।

सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका पुष्करले अनेक समस्याहरु आइपर्दा होस ‘हामी नेपाली एक हौं ‘ भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा विभिन्न संघ संस्था मा आवद्ध भएर बिगत लामो समय देखि आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्। पुस्कर कोरिया प्रवेश गरे सँगै समाजसेवामा लागेका र कोरियामा दुःख पिडामा परेका हरेक नेपालीलाई सहयोग गर्दै कोरियामा हुने प्राय जसो सहयोग अभियानमा सरिक हुने लगायत विगत ६ वर्ष देखि सुर्खेत समाजमा आबद्ध भएर सदस्य,वरिष्ठ उपाध्यक्ष हुँदै हाल सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्ष साथै कर्णाली प्रदेश समाजको सुर्खेत जिल्ला संयोजक समेत रहेका पुर्णराम बुढा (पुस्कर) ले आफ्नो प्रतिबद्धता सहित NRNA दक्षिण काेरियाकाे सचिवमा उमेदवारि घाेषणा गरेका छन । यस्ता छन उनका प्रतिबद्धता

 

ADVERTISEMENT|SIMRIK TRAVEL 

१- मेरो पहिलो काम हालसम्म आफ्नो घोषणापत्र तथा नारामा मात्र सीमित भएको एनआरएनए अब मजदुर मैत्री एनआरएनए हुनेछ, जसमा मजदुर मैत्री वातावरण निर्माण गर्न सरोकारवाला निकायसँग समन्वय गरी सबै मजदुर वर्गले प्रत्यक्ष महसुस गर्न सक्ने वातावरणको सिर्जना गर्नेछु।

२- कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायको विविध समस्या समाधान तथा परामर्शको लागि एनआरएनए विशेष सहायता केन्द्रको स्थापनार्थ पहल गरी सम्पूर्णको समस्या समाधान गर्न भरपूर कोसिस गर्नेछु।

३- रेमिट्यान्सको उच्चदरलाई कम एबम् सर्व सुलभ गराउनका निमित्त सम्वन्धित निकाय,बैंक,वित्तीय संघ संस्था साथै नेपाल सरकार संग प्रत्यक्ष समन्वय गरी समस्या समाधान गर्न भरपुर कोशिश गर्नेछु।

४- संस्थामा हुने आर्थिक क्रियाकलाप लगायत हरेक क्रियाकलापलाई पारदर्शी बनाई कोरियामा बसोबास गर्ने हरेक नेपालीले प्रत्यक्ष महशुस गर्न सक्ने एनआरएनए बनाई संस्थालाई अझै मजबूत र विश्वसनीय बनाउन पहलकदमी गर्नेछु।

५- बुद्धको जन्मभूमि साथै सर्वोच्च शिखर सगरमाथाको देश हाम्रो नेपाललाई प्रसार-प्रचार गरी साथै मुलुकको आर्थिक अवस्थामा टेवा पुर्याउने उद्देश्यले कोरियाली स्थानीय निकाय तथा संघ संस्थाहरू सँग सहकार्य गरी नेपालको पर्यटन प्रवर्द्धनमा जोड दिनेछु।

६-कोरियामा रहेका विभिन्न सम्प्रदायको प्रतिनिधित्व हुने गरी स्थापना भएका सम्पूर्ण संघ संस्थाहरु सँग प्रत्यक्ष समन्वय तथा सहकार्य गरी नेपाली भाषा, साहित्य, कला ,सस्कृतीको संरक्षण, सम्वर्द्दन तथा प्रवर्द्धन गरी कोरियावासी सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध गराउने छु।

७- एनआरएनए कोरियालाई कोरियाको सरकारी तबर मै कानुनी रुपमा दर्ता गर्न पहल कदमी गर्नुका साथै संस्थाको संस्थागत विकास र सङठन अझ मझबुत हुने गरी काम गर्नेछु ।

८- नेपाली राजदूतावासले दिँदै आएको घुम्ती सेवालाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै निकाय सँग परामर्श गरी सेवाहरुलाई थप प्रभावकारी बनाई निरन्तरता दिन पहल कदमी गर्नेछु।

९) यसका साथै मेरो प्रतिबद्धता पत्रमा छुटेका तथा यहाँहरु सम्पूर्णले सुझाएका हरेक जायज सल्लाह सुझावहरूलाई आत्मसाथ गर्दै थप कार्यहरू गर्नेछु।

विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ्नो मातृभूमि प्रति गर्न सकिने लगानी, सामाजिक परिबर्तनमा साथ, संस्कृति प्रवर्द्धन, प्रविधिको विकास लगायत समग्र देश बिकाशमा हातेमालो र जिम्मेवार बोध होस् भनि नेपाल सरकार र बिदेशिनु भएको नेपाली समुदाय मिलि भनेको नेपालको संवैधानिक अधिकार भएको सस्था NRNA भएको कारण केन्द्र भित्रै बसेर कार्य गर्ने र सबैलाइ समेटेर लाने उद्देश्यका साथ यसपाली गैरआबासिय नेपाली समाज कोरियाको आउदै गरेको अधिबेसनमा पुर्णराम बुढा(पुष्कर) सचिव पदको लागि उम्मेदवारी दिएको बताएका छन्। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×