Advertisement
Advertisement

एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै बिपिन गुरुङ ! 

Advertisement
Advertisement

एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै बिपिन गुरुङ 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै बिपिन गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।

एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ । यस आलेखमा यसै सन्दर्भमा छोटो चर्चा र विश्लेषण गर्ने प्रयास गरिएको छ ।

   ADVERTISEMENT|SIMRIK

केही दिन अघिसम्म अध्यक्ष पदका एक्लो दावेदार देखिएको भुतपुर्व बरिष्ठ उपाध्यक्ष विपिन गुरुङ मात्र देखिन्थ्यो । हालको अवस्था हेर्ने हो भने 

विपिन गुरुङ संगसगै बुद्दी गुरुङ र सन्जिव राइले समेत उमेद्वारी घोषणा गरिसेका छन। । चुनावी पासा कसले पल्टाउँछ भन्नका लागी केही महिना दिन पर्खनै पर्छ।

मुलरुपमा यस अघि प्रतिस्पर्धा बिपिन गुरुङ र सन्जिव राइको हुने देखिएता पनि पछिल्लो समय बुद्दी गुरुङले टिमनै खडा गरेर आफ्नो दाबेदारी बलियोका साथ अघि बढाइरहेकोले दक्षिण कोरियाको एनआरएनए चुनावि माहोल झनै रोचक बन्दै गएको छ।

विभिन्न संस्थामा लामो समय देखीको संलग्नता, एनआरएनएको विभिन्न पदमा बसेर काम गरेको अनुभव, अध्यक्ष, पुर्व अध्यक्ष र बर्तमान कार्यसमितिका महत्त्वपूर्ण ब्यक्तिहरुको प्रत्यक्ष परोक्ष समर्थन र सहयोग बिपिन गुरुङको सबल पक्षहरु हुन् । अझ भनौं नेपालका महत्त्वपूर्ण निर्णायक‌ कामको उपस्थिति र दक्षिण कोरियाको सामाजिक स्तरमा खुलेरै सहयोग गर्ने लगायत विभिन्न संघ सस्था मा आफै आवद्ध भएका बिपिन गुरुङ एकपटक एनआरएनएमा पनि आफुलाई अगाडि बढाएर एनआरएनए प्रति बढ्दै गएको वितृष्णा हटाउन पहल गर्ने जस्ता सुवेक्षा पनि सकरात्मक पक्ष नै मान्न सकिन्छ । 

सन् २००० सेप्टेम्बर १३ तारिखका दिन नेपालको राष्ट्रिय भलिबल खेलाडी हुदै दक्षिण कोरिया प्रवेश गरेका बिपिन गुरुङ ‘पद्दति र पारदर्शीता समावेशी एनआरएनए हाम्रो प्रतिवद्धता ’ भन्ने मूल मान्यतालाई आत्मासाथ गरी समाजमा आईपर्ने हरेक जिम्मेवारीलाई बहन गर्न सक्ने आत्म बिश्वास हुन पर्दछ र सो जिम्मेवारी पूरा गर्न सकिन्छ भन्ने पुर्ण:बिश्वस्तका साथ एनआरएनए अब साच्चिकै परिवर्तन गर्नु पर्छ भनेर लागि परेका छन्। २०१९-२१ को एनआरएनए दक्षिण कोरियाको चुनावमा थोरै मात्र मतान्तरले पराजित बिपिन गुरुङ २००१ मा बाग्लुङ समाज दक्षिण को स्थापना गरेर करिब ९ बर्ष बाग्लुङ समाज दक्षिण कोरियाको भलिबल टिम क्याप्टेन सकुशल रुपमा सम्हालिसकेको अनुभव बोकेका गुरुङको बाग्लुङ समाजको भलिबल टिम कोरियाकै नम्बर एक नेपाली टिममा गनिन्छ अघिल्लो सिजनको सबै कप बाग्लुङले नै जितेको हो।

खेलकुद प्रतियोगितामा सहभागी हुने क्रममा 

बिपिन गुरुङ जस्को घर अहिले पनि सामाजिक, सांस्कृतिक, कृषी कर्मका लागि अनुसन्धानात्मक स्थलकै रूपमा रहेकाे छ, हाे बागलुङ जिल्लाकाे दुदिलाभाटीमा जन्मेर आफुलाई अध्ययन खेलकुद र सामाजिक सेवामा समर्पित गर्दै विभिन्न संघ संस्था, समाजहरूमा कुशल नेतृत्व प्रदान गरी विगत लामो समयदेखि कोरियालाई कर्मथलो बनाउँदै , विभिन्न पेसा व्यवसाय गर्दै ,विभिन्न संघ संस्थाहरुमा आवद्द भई समाजसेवा लगायत दुख , अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको २० वर्षकाे अनुभवलाई NRNA काे माध्यमबाट सेवामा परिणत गर्ने पवित्र उद्देश्यका साथ आफ्नो १२ बुदे घोषणापत्रका साथ उम्मेदवारी घोषणा गरेका छन्।

त्यस्तै नेपाल र कोरियाबीच संस्कृति आदान प्रदान एवं सामाजिक र आर्थिक क्षेत्रमा योगदान पुर्याए बापत कोरियाको सिओल महानगरपालिकाले २०२० मा गुरुङलाई ‘मानार्थ कोरियन नागरिकता’ प्रदान गरेको थियो । कोरियामा बसोबास गर्ने बिदेशी नागरिकलाई हरेक बर्ष प्रदान गरिने उक्त सम्मानले नेपाल र कोरियाबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ।

मानार्थ कोरियन नागरिकता सम्मान ग्रहण गर्दै 

बोलिको कडा तर काममा पक्का गुरुङ युवाहरु माझ निकै नै लोकप्रिय छन्। उनि हाल दोङदेमुन ब्यवसायी संघका अध्यक्ष पनि हुन् त्यस्तै खेल क्षेत्रका पारखी गुरुङ भलिबल , ब्याडमिन्टन संघको पदाधिकारी एबम् नेपाल स्नुकर एसोसिएसन दक्षिण कोरियाका अध्यक्ष भएर काम गरेको अनुभव छ त्यस्तै उनी तमु धीं, बाग्लुङ समाज दक्षिण कोरिया र जनसम्पर्क समिति दक्षिण कोरिया लगायत दर्जनौ संघ सस्था हरुमा निबर्तमान महाधिवेसन प्रतिनिधि एबं वर्तमान सल्लाहकार पनि छन्। एनआरएनए दक्षिण कोरियाको सदस्य हुँदै उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष रहेर उनले आफ्नो कार्यदक्षता प्रस्तुत गरिसकेका छन्।

अध्यक्षको उम्मेद्धवारी घोषणा गर्दै उनले भनेका छन्–

“आजको दिनसम्ममा सामाजिक काममा सकारात्मक सोचले सबै मिलेर केही राम्रो कामहरु गरौं भन्ने भावानाले निरन्तर लागिरहेको छु ।”

आफ्नो उम्मेदवारी प्रति प्रष्ट पार्दै गुरुङले भने– सवै अग्रज, सहकर्मी तथा साथीभाईहरुको सल्लाह र सुझाव अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिने बिचार गर्दैछु । यहाँहरुले विगतमा गरेको सहयोग र साथलाई आत्मसाथ गर्दै आगामी दिनमा पनि उच्च मुल्यांकन गरेर अगाडि जाने प्रतिवद्धता व्यक्त गर्दछु । ’

उनले विगतमा गरेका केही आफ्ना राम्रो कामहरुलाई थप निरन्तरता दिंदै यस संस्थाको गरिमालाई उच्च कायम गर्न अझ अगाडि बढ्ने प्रतिबद्धतासमेत जाहेर गरि सबैलाइ एकजुट मिलाएर समेटेर लाने उद्देश्यका साथ यसपाली गैरआबासिय नेपाली समाज कोरियाको आउदै गरेको अधिबेसनमा अध्यक्ष पदको लागि उम्मेदवारी दिएको गुरुङले बताएका छन्। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak si ověřit platnost SSL certifikátu na webu před registrací v online casino?

Jak si ověřit platnost SSL certifikátu na webu před registrací v online casino?Jmenuji se Jan Novák a jako odborník na online bezp...

Find proprietære spillemaskiner: Din guide til store casinoer uden ROFUS

Find proprietære spillemaskiner: Din guide til store casinoer uden ROFUSMit navn er Mads Jensen, og jeg er en ekspert inden for on...

Lemon Casino Play’n GO Must-Try Sloty

Spis treściDlaczego warto grać w sloty Play'n GO w Lemon Casino?Top 3 Must-Try Sloty Play'n GO: Analiza i RTPJak maksymalnie wykor...

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×