Advertisement
Advertisement

विदेश

तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको चौथो अधिवेशन मार्च १२ मा हुने

तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको चौथो अधिवेशन मार्च १२ मा हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, धर्म सस्कृति, भर्खरै, विदेश, समाचार
"भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ २०१८ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको चौथो अधिवेशन आउने मार्च १२ तारिक हुने भएको छ। शाखाको गत फेब्रुअरी १२ तारिकमा भएको भर्चुअल अनलाईन बैठक बाट आउदो मार्च १२ तारिक आईतबारका दिन ख्याङ्नाम क्षेत्र किम्हे शहरको जि.के.एस हलमा चौथो अधिवेशन हुने निर्णय गरिएको आयोजकले जनाएको छ।खेलकुद लगायत विभिन्न मनोरञ्जनात्मक सामजिक कार्यहरु गर्दै आएको घेदुङ शाखाले विगत चार वर्ष अगाडि देखि विभिन्न समस्यामा परि बस्ने दिदिबहिनी हरुलाई मध्यनजर गरि "नाना आङा धिम"(आवास गृह) संचालन गर्दै आएको छ। हाल सम्म पाँच सय भन्दा बढि दिदि बहिनि हरुले "नाना आङा धिम" बाट सेवा सुविधा लिईसक्नुभएको संस्थाका अध्यक्ष धनराज तामाङ ज्यूले जानकारी गराउनु भयो। तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको अध्यक्...
राप्ती समाजद्वारा दक्षिण कोरियामा मार्च १२ तारिख छक्कापन्जा ४ प्रदर्शन हुने । 

राप्ती समाजद्वारा दक्षिण कोरियामा मार्च १२ तारिख छक्कापन्जा ४ प्रदर्शन हुने । 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरन्जन, विदेश, समाचार
हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता भन्ने मुल नाराका साथ स्थापित संस्था राप्ती समाज दक्षिण कोरियाले मार्च १२ आइतवारका दिन नेपाली कथानक चलचित्र छक्कापन्जा ४ प्रदर्शन गर्ने भएको छ । दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसायमा आवद्व राप्तीबासी तथा नेपालीहरू बिच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृध्दि गर्दै कोरियामा नेपालीहरू बीच भैपरी आउने समस्याहरू छिटोछरितो र सरल तरिकाले समाधान गर्ने मुख्य उद्देश्यका साथ राप्ती_अक्षयकोष_निर्माणका लागि यहि आउँदो मार्च १२ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र छक्कापञ्जा ४ प्रदर्शन दोङदेमुन नजिक जोङ्गाक स्टेशनमा रहेको जोगेशा गुम्बाको हलमा विहान ११:०० बजे पहिलो शो र दिउसो २:०० बजे दोस्रो शो गर्ने गरी कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ ।  पहिलो शो को लागि अग्रिम टिकेट मार्च ०५ तारिख राति ९:०० बजे ...
सरोज थपलिया बचाऔं अभियान”

सरोज थपलिया बचाऔं अभियान”

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, विदेश, समाचार, स्वास्थ्य
नेपाल बारा जिल्ला कोल्बि निवासी बालकृष्ण थपलियाका 25 बर्षिय छोरा सरोज थपलिया रोजगारीको सिलसिलामा हाल द. कोरिया‌को ख्यङसाङनाम्दो किम्हेे ( 경상남도 김해시) मा अवस्थित( 정원금속)नामक कम्पनीमा आएको 7 महिना मात्र भएको र निजको 2023/02/10 का दिन काम गरेर दिउँसोको खाना खान जानेक्रममा बाटोमा अकस्मात् बेहोस भएर ढलेको र साथिभाईले नजिकको हस्पिटलमा (중앙병원)भर्ना गरि MRI गर्दा Brain Tumor भएको जानकारी प्राप्त भयोे। उक्त हस्पिटलले रिफर गरे पस्चात बुसानको 동아 대학교병원( Dong-A University) हस्पिटलमा थप उपचार भैरहेको र 2023/03/06 मा अप्रेसन गर्नुपर्ने र उक्त अप्रेसनको लागि करिब 2 करोड कोरियन वन यहि मिति 2023/03/05 भित्र ब्यबस्था गर्न हस्पिटलले जानकारी दिएको छ। निज सरोज थपलियाको पारिवारिक पृष्ठभूमि समेत न्यून रहेको साथै कोरिया आयको 7 महिना मात्रै भयकाले उक्त रकम जुटाउन कठिन परेको हुदा सम्पुर्ण कोरियावासी नेपाली दाजुभा...
दीपक दीपाको फिल्म ‘छक्का पन्जा ४’ कोरियामा १२ तारिख मा प्रदर्शन हुनेको ट्रेलर सार्वजनिक (भिडिओ)

दीपक दीपाको फिल्म ‘छक्का पन्जा ४’ कोरियामा १२ तारिख मा प्रदर्शन हुनेको ट्रेलर सार्वजनिक (भिडिओ)

Breaking News, Breaking news 1, Breaking news 2, ट्रेन्डिङ, मनोरन्जन, विदेश, समाचार
  शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा राजनीतिक परिवेशलाई देखाइएको छ। हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्।  आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ र दक्षिण कोरियामा पनि राप्ती समाजले मार्च १२ तारिख सउलमा प्रदर्शन गर्दैछ। भिडियो https://youtu.be/V3tEPolMPKQ...
“पाँच-स” दक्षिण कोरियाले महाशिवरात्रिको अवसर पारेर कार्यक्रम गर्ने

“पाँच-स” दक्षिण कोरियाले महाशिवरात्रिको अवसर पारेर कार्यक्रम गर्ने

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, विदेश, शिक्षा, समाचार
  विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरियाले महाशिवरात्रिको अवसरमा रूद्राभिषेक तथा भजन कीर्तन कार्यक्रम गर्ने भएको छ। "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा महा शिवरात्रीको पावन अवसर पारी यही मिति सन २०२३ फेब्रुअरी १८ तारिक शनिबारका दिन बिहान ११ बजे देखि ३ बजेसम्म रूद्राभिषेक तथा भजन कीर्तन कार्यक्रम गर्ने भएको हो। परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व भर आध्यात्मिक जागरण गराउने मुख्य उद्देश्य लिएर स्थापित "पाँच-स"ले पूर्वीय...
दक्षिण कोरियामा रहेका प्रकाश बस्नेतको लेखन तथा प्रमोद खरेल‌ र मेलिना राइको स्वरमा लोभी नजर सार्वजनिक

दक्षिण कोरियामा रहेका प्रकाश बस्नेतको लेखन तथा प्रमोद खरेल‌ र मेलिना राइको स्वरमा लोभी नजर सार्वजनिक

Breaking News, जानकारी, मनोरञ्जन, राष्ट्रिय खबर, विदेश, समाचार
  विशाल श्रेष्ठ: विगत १० वर्ष देखि दक्षिण कोरियामा  रोजगारीका सिलसिला रहदै   आउनुभएका प्रकाश बस्नेतको पहिलो प्रयास एक दमै नयाँपनका साथमा प्रमोद खरेल र मेलिना राइको स्वरमा पहिलो सांगेतिक कोसेली “लोभी नजर” सार्बजनिक भएको छ। बस्नेतको लेखन तथा भावना म्युजिक सोलुसनको प्रस्तुति “लोभी नजर” मा नेपालको हालको सर्वप्रिय गायक प्रमोद खरेल र लोकप्रिय गायिका मेलिना राइको श्वर रहेको छ। बिमल अधिकारी र सलिना खत्रीको अभिनय रहेको म्युजिक भिडियोलाइ मौसम हिमाली ले निर्देशन गर्नुभएको छ भने राजेश घिमिरेको छायांकन रहेको छ। बिमल अधिकारीको म्युजिक, विशाल निरौलाको arranger,कुमार रानाको मिक्स मास्टर, मालाश्री स्टुडियोमा खुमन सुमन रानाले रेकर्ड गर्नुभएको छ भने विकास ग्यवालिले एडिट र अनिमेष जोर्देनले मेकअप अनि शिव खत्रीको प्रडक्सन रहेको छ।  BHAWANA MUSIC SOLUTION को युट्युब च्यानलबाट सार्वजनिक भएको “लो...
कोरियाको तर्फबाट सरकारलाइ ध्यानाकर्षण ज्ञापनपत्र बुझाईयो  

कोरियाको तर्फबाट सरकारलाइ ध्यानाकर्षण ज्ञापनपत्र बुझाईयो  

Breaking News, Breaking news 1, राजनीति, विदेश
सरकारलाई ध्यानाकर्षण ज्ञापनपत्र बुझाईयो     सोल,दक्षिण कोरिया- ईपिएस प्रणाली मार्फत नेपाल सरकारबाट श्रम स्विकृती लिई दक्षिण कोरियामा वैधानिक रुपमा बसोवास गरी रोजगार गरिरहेका नेपाली श्रमिकको कुनै कारणवस मृत्यु भएमा उक्त मृतकको शव नि:शुल्क स्वदेश फर्काउनु पर्ने माग राख्दै विभिन्न संघ-संस्था तथा कोरियामा रहेका नेपाली समुदायले नेपाल सरकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन ।    करीब डेढ महिना पहिले दक्षिण कोरियास्थित नेपाली राजदुतावास मार्फत नेपाल सरकारका सम्बन्धित निकायहरुलाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गराईएपनी त्यसको कुनै सुनुवाई नभएपछी फेरी दोस्रो ज्ञापनपत्र शुक्रबार प्रधानमन्त्री कार्यालयमा पुगी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाइएको हो ।    एउटा मृत...
भूकम्प प्रभावित टर्कीमा नेपालले स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने

भूकम्प प्रभावित टर्कीमा नेपालले स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने

Breaking News, अन्तर्राष्ट्रिय खबर, विदेश
२५ माघ, काठमाडौँ । भूकम्प प्रभावित देश टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सबै सहयोग गर्ने बताए । ‘हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको थियो । टर्की सरकारको दुखमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं’ प्रधानमन्त्रीले बैठकमा भने । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्...
श्रीस्वस्थानी व्रत कथा समापन र संयुक्त बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न 

श्रीस्वस्थानी व्रत कथा समापन र संयुक्त बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न 

Breaking news 1, धर्म सस्कृति, विदेश, समाचार
  विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरिया' ले श्रीस्वस्थानी साङ्गेता (व्रत समापन ) कार्यक्रम र NRNA ख्यङ्गि इन्छन प्रान्त सग समन्वय गरेर सयुंक्त बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।  'पाँच-स' दक्षिण कोरिया' को अध्यक्ष नरेश मेहताको अध्यक्षतामा तथा NRNA ख्यङ्गि इन्छन प्रान्तका प्रमुख सल्लाहकार आनन्द सिलवालको प्रमुख अतिथत्वमा "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा आयोजित 'पाँच-स' दक्षिण कोरिया'को पूर्व अध्यक्ष तथा NRNA ख्यङ्गि इन्छन प्रान्तका सल्लाहकार प्रेमराज अधिकारी ज्युको सयुंक्त बिदाइ तथा सम्मान कार...
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले मनायो धुमधाम साथ पहिलो पटक ल्होसार कार्यक्रम फोटो फिचर सहित

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले मनायो धुमधाम साथ पहिलो पटक ल्होसार कार्यक्रम फोटो फिचर सहित

Breaking news 1, देश, मनोरञ्जन, विदेश
  अमिर योन्जन/दक्षिण कोरिया: मन्जुश्री सम्वद २८५९औं ह्योइ ल्हो सोनाम ल्होछारको अवसरमा जनवरी २९ आइतबार विविध साँस्कृतिक तथा सांगीतिक कार्यक्रमका साथ मनाएको हो । घेदुङको सन् २०२१ मा क्षेत्रीय शाखा स्थापना भएको हो । शाखा स्थापना भएपछि पहिलो पटक ल्होछारको शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । नेपाल तामाङ घेदुङ सौल केन्द्रको उपाध्यक्ष राम तामाङको प्रमुख अथितिमा भएको कार्यक्रमको सभापतित्व शाखाकी उपाध्यक्ष सुनिता ब्लोन रहेको थियो । उपाध्यक्ष ब्लोनले पहिलो पटक मनाउदै गर्दा जेजुदोमा ल्होछार कार्यक्रमको शुरूवात पनि भएको बताइन् । ‘पहिलो पटक औपचारिक रुपमा घेदुङले कार्यक्रम गरिरहँदा ब्यवस्थापनमा केही त्रुटि, कमीकमजोरी भएको पकै पनि छ, यसै कमीकमजोरीलाई हेरेर आगामी दिनको लागि सुधार्ने मौका मिल्ने छ,’ उनले थपिन् । कार्यक्रममा उत्साहित रुपमा ल्होछारप्रेमी सहभागी भए...