Advertisement
Advertisement

श्रीस्वस्थानी व्रत कथा समापन र संयुक्त बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न 

Advertisement
Advertisement

 

विशाल श्रेष्ठ/ दक्षिण कोरिया: “साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास” भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह ‘पाँच-स’ दक्षिण कोरिया’ ले श्रीस्वस्थानी साङ्गेता (व्रत समापन ) कार्यक्रम र NRNA ख्यङ्गि इन्छन प्रान्त सग समन्वय गरेर सयुंक्त बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। 

‘पाँच-स’ दक्षिण कोरिया’ को अध्यक्ष नरेश मेहताको अध्यक्षतामा तथा NRNA ख्यङ्गि इन्छन प्रान्तका प्रमुख सल्लाहकार आनन्द सिलवालको प्रमुख अतिथत्वमा “पाँच-स” दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा आयोजित ‘पाँच-स’ दक्षिण कोरिया’को पूर्व अध्यक्ष तथा NRNA ख्यङ्गि इन्छन प्रान्तका सल्लाहकार प्रेमराज अधिकारी ज्युको सयुंक्त बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा अतिथि हरुको रुपमा NRNA ख्यङ्गि इन्छन प्रान्तका अध्यक्ष पुरुषोत्तम गौतम, स्याङ्जा परिवार दक्षिण कोरियाको निवर्तमान अध्यक्ष विजय थापा,’पाँच-स दक्षिण कोरिया’ को संरक्षक एकराज दाहाल, नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सचिव कमला केसि, गण्डकी प्रदेश एकता समाजका कोषाध्यक्ष श्रवण श्रेष्ठ, जनजाति महासंघ दक्षिण कोरियाको पूर्व अध्यक्ष तथा याक रेष्टुरेन्टका सन्चालक युगल शेर्पा हुनुहुन्थ्यो। ‘पाँच-स’ दक्षिण कोरिया’को कोषाध्यक्ष हरि भट्टराईले सन्चालन गर्नुभएको कार्यक्रममा NRNA ख्यङ्गि इन्छन प्रान्तका अध्यक्ष पुरुषोत्तम गौतमले स्वागत मन्तव्य तथा ‘पाँच-स दक्षिण कोरिया’ को संरक्षक एकराज दाहालले सम्मानित हुने प्रेमराज अधिकारीज्युको कोरियाको नेपाली समाज प्रतिको योगदान र विदाइ मन्तव्य दिनुभएको हो‌।

परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व भर आध्यात्मिक जागरण गराउने मुख्य उद्देश्य लिएर स्थापित “पाँच-स”को स्थापना गर्न देखि लिएर हाल सम्म पनि प्रेमराज अधिकारीले समाजमा योगदान दिदै आउनुभएको छ। “पाँच-स” लाइ एक आध्यात्मिक संस्था बनाउन अनि पूर्वीय कला,संस्कार साथै संस्कृतिको प्रवर्द्धनमा दक्षिण कोरियामा दशैं तिहार,तिजमा कार्यक्रम गर्ने तथा ध्यान योगा सिकाउने, पुजापाठ गर्ने ,विभिन्न सिपमुलक तालिम हरु दिने, कोरियामा एकमात्र साझा साँस्कृतिक मन्दिर तथा आनसान लाईव्रेरी को स्थापना गर्ने लगायत विभिन्न तरिकाले परदेशमा रहेर पनि घररदेशको कला सस्कृति जगेर्ना गर्न सहयोग गर्दै आउन पनि टेवा पुर्याउदै आउनुभएको छ।

 

 श्रीस्वस्थानी साङ्गेता (व्रत समापन ) कार्यक्रम र ‘पाँच-स’ दक्षिण कोरिया’को पूर्व अध्यक्ष तथा NRNA ख्यङ्गि इन्छन प्रान्तका सल्लाहकार प्रेमराज अधिकारी ज्युको सयुंक्त बिदाइ तथा सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न पार्नको लागि उपस्थित दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण श्रद्दालु भक्तजन लगायत उपस्थित सम्पूर्ण अतिथि ज्यु हरु हरुमा आयोजकको तर्फबाट कार्यक्रम समापनको घोषणा गर्दै ‘पाँच-स दक्षिण कोरिया’ को अध्यक्ष नरेश मेहताले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak ‘Hit Rate’ ovlivňuje volbu her pro online automaty?

Jak 'Hit Rate' ovlivňuje volbu her pro online automaty?Jsem Jan Novák, odborník na online automaty a herní strategie. Při výběru n...

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUS

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUSMit navn er Kasper Nielsen, og i denne artikel vil jeg guide dig gen...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×