Advertisement
Advertisement

Day: २२ माघ २०७९, आईतवार १२:०४

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेपछि प्रधानमन्त्री प्रचण्डले के भने ?

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेपछि प्रधानमन्त्री प्रचण्डले के भने ?

Breaking news 1, अन्तराष्ट्रिय, ट्रेन्डिङ, राजनीति
काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन्।   रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमतिनै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गरे।   उनले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा आफू रहेको बताए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरेर देखिएको समस्या तत्काल हल गर्ने बताए।   प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन। भर्खरै सुनेँ। मैले बिहान उहा...
राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी

राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी

Breaking news 1, Breaking news 2, Breaking news 3, मनोरञ्जन, समाचार
राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी   माघ २० गतेबाट ’ नम्बरी सुन यो चलचित्रमा अनिता गिरी ,गौरव पहारी, नम्रता सापकोटा, विनोदसँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति वलीलगायत कलाकारको अभिनय रहने बताइएको छ ।    निर्देशक गिरीले ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको जानकारी दिए । यो चलचित्रबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पनि कमब्याक गर्दै छन् । सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ ।    लमजुङको भुजुङखोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिने जनाइएको छ । चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।...
श्रीस्वस्थानी व्रत कथा समापन र संयुक्त बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न 

श्रीस्वस्थानी व्रत कथा समापन र संयुक्त बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न 

Breaking news 1, धर्म सस्कृति, विदेश, समाचार
  विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरिया' ले श्रीस्वस्थानी साङ्गेता (व्रत समापन ) कार्यक्रम र NRNA ख्यङ्गि इन्छन प्रान्त सग समन्वय गरेर सयुंक्त बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।  'पाँच-स' दक्षिण कोरिया' को अध्यक्ष नरेश मेहताको अध्यक्षतामा तथा NRNA ख्यङ्गि इन्छन प्रान्तका प्रमुख सल्लाहकार आनन्द सिलवालको प्रमुख अतिथत्वमा "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा आयोजित 'पाँच-स' दक्षिण कोरिया'को पूर्व अध्यक्ष तथा NRNA ख्यङ्गि इन्छन प्रान्तका सल्लाहकार प्रेमराज अधिकारी ज्युको सयुंक्त बिदाइ तथा सम्मान कार...
सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, ट्रेन्डिङ, राजनीति, समाचार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।    उक्त पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। तर, सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।   यो निर्णयसँगै उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा दिँदैछन्।    अदालतको आदेशपछि पद गुमाएमा रास्वपका सभापति रवि लामिछानेले फेरि गृहमन्त्री बन्ने चाहना राखेका थिए। तर, त्यसमा प्रधानमन्त्री प्रचण्ड सहमत भएनन्।    प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका थिए, त्यो प्रस्ताव लामिछानेले स्वीकार गरेनन्।   गृह मन्त्रालय दिन रास्वपाको यसअघिको बैठकबाट सरकारलाई दिएको दुई दिनको ‘अल्टिमेटम’ शनिबार सकिएको थियो। त्यसपछि बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थि...
महोत्सवमा ज्योति मगर आउने भनेपछि अर्घाखाँचीमा १० संस्थाले निकाले संयुक्त विज्ञप्ति

महोत्सवमा ज्योति मगर आउने भनेपछि अर्घाखाँचीमा १० संस्थाले निकाले संयुक्त विज्ञप्ति

Breaking news 1, अन्तराष्ट्रिय, समाचार
गायिका नपुगेपछि टिकटको पैसा फिर्ता माग्दै दर्शकहरुले गरे नाराबाजी आफ्नो प्रस्तुतिका कारण आलोचित र विवादित बन्दै आएकी लोकदोहोरी गायिका ज्योति मगरको प्रस्तुतिमा सहभागी नहुने भन्दै अर्घाखाँचीमा विभिन्न १० संस्थाले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।   माघ ५ गतेदेखि जारी पाँचौं अर्घाखाँची महोत्सवमा हिजो (शनिवार) मुख्य आकर्षकका रुपमा ज्योति मगरको प्रस्तुति तय थियो ।   उनी आउने तय भएपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, अर्घाखाँची लगायतका विभिन्न १० संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै ज्योतिको प्रस्तुतिमा आफूहरू सहभागी नहुने घोषणा गरेका हुन् ।   ‘ज्योति मगर मिठो स्वर भएकी लामो समयदेखि कला साधनामा लागेकी हाम्रै नेपाली चेली हुन् । यसमा हामीलाई गौरव छ । उनले कला क्षेत्रमा गरेको संघर्षको उच्च सम्मान गर्दछौं’ विज्ञप्‍तिमा भनिएको छ, ‘तरपनि प्रत्ये...
निर्वाचित घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगे उमेश श्रेष्ठ

निर्वाचित घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगे उमेश श्रेष्ठ

देश, राजनीति
  चितवन-२ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिएका छन्।   उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद पद बदर भएपछि उक्त निर्वाचन क्षेत्रबाट आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गर्दै श्रेष्ठ आइतबार निर्वाचन आयोग पुगेका हुन्।   निर्वाचनको बेलामा परेका उजुरीमाथि आयोगले निर्णय नगर्दा आफूमाथि अन्याय परेको भन्दै उनी आयोगमा पुगेका हुन्।   ‘निर्वाचनका बेला रवि लामिछानेको नागरिकताबारे ५ वटा उजुरी परेको थियो। काठमाडौंमा २ वटा परेको थियो। त्यसको निर्णय गरिएन। निर्णय नगरिँदा हामी दुबै जनालाई अन्याय भयो,’ श्रेष्ठले भने, ‘त्यतिखेर निर्णय भएको भए रवि लामिछाने उम्मेदवार बन्नु हुने थिएन। उहाँ उपप्रधानमन्त्री भएको मान्छे ‘बेस लेभ...
सरकारमा अब बस्‍न नसकिने भन्दै प्रचण्डसँगको छलफलबाट बाहिरिएका थिए रवि

सरकारमा अब बस्‍न नसकिने भन्दै प्रचण्डसँगको छलफलबाट बाहिरिएका थिए रवि

Breaking news 1, Breaking news 3, ट्रेन्डिङ, राजनीति
काठमाडौँ- पार्टीको बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । आइतबार बिहान पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने बालुवाटार पुगेका थिए ।    प्रचण्डले गैरसांसद रहेकाले रविलाई गृह मात्रै होइन् अरु मन्त्री पनि अहिले बनाउन नसकिने बताएको बालुवाटार स्रोतले बताएको छ । प्रचण्डको कुराकानीपछि रवि रिसाउँदै अब आफ्‍नो पार्टी रास्वपा सरकारमा पनि बस्‍न नसक्‍ने भन्दै बालुवाटारबाट बाहिरिएका थिए ।     छलफलमा प्रचण्डले मन्त्री बनाउनेबारे राहदानीको मुद्धा टुंगिएपछि सोच्‍न सकिने बताएका थिए ।   सरकारमा बस्‍ने वा बाहिरिने भन्‍नेबारेमा निर्णय लिन रास्वपाको बैठक अहिले बसिरहेको छ ।...
६ महिनाको छोरा र श्रीमतीलाई माइत पठाए, बेलुका अशक्त छोरीको हत्या गरेर झुन्डिए

६ महिनाको छोरा र श्रीमतीलाई माइत पठाए, बेलुका अशक्त छोरीको हत्या गरेर झुन्डिए

Breaking news 2, अन्तराष्ट्रिय, ट्रेन्डिङ, समाचार
  काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वरमा शनिवार साँझ भाडाको फ्ल्याटमा बस्दै आएका बाबु छोरी मृत भेटिएका थिए ।रामेछापका ४२ वर्षीय किशोर भण्डारी शौचालयभित्र झुन्डिएको र ७ वर्षीया छोरी घाँटी रेटिएको अवस्थामा मृत भेटिएका थिए।   ढोका भित्रबाटै बन्द भएका कारण प्रहरीले प्रारम्भिक रूपमा किशोरले छोरीको हत्यापछि आत्महत्या गरेको आशंका गरेको छ। छोरी शारिरिक रुपमा अशक्त थिइन्। प्रारम्भिक अनुसन्धानमा किशोरले बिहान मात्र ६ महिनाको छोरा र श्रीमतीलाई भक्तपुरस्थित माइत पठाएको खुलेको छ। साँझ कोठा फर्किएकी श्रीमतीले भित्रबाटै ढोका बन्द रहेको चाल पाएपछि प्रहरीलाई खबर गरेकी थिइन्। किशोर फार्मेसी सञ्चालक हुन्। केही समयदेखि उनमा मानसिक समस्या रहेको पनि पाइएको छ।   प्रहरीका अनुसार घटनास्थलबाट सुसाइड नोट पनि फेला परेको छ। एक पेजको सुसाइड नोटमा किशोरले घर व्यवहारका कुरा लेखेका छन्।...