Advertisement
Advertisement

निर्वाचित घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगे उमेश श्रेष्ठ

Advertisement
Advertisement

 

चितवन-२ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

 

उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद पद बदर भएपछि उक्त निर्वाचन क्षेत्रबाट आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गर्दै श्रेष्ठ आइतबार निर्वाचन आयोग पुगेका हुन्।

 

निर्वाचनको बेलामा परेका उजुरीमाथि आयोगले निर्णय नगर्दा आफूमाथि अन्याय परेको भन्दै उनी आयोगमा पुगेका हुन्।

 

‘निर्वाचनका बेला रवि लामिछानेको नागरिकताबारे ५ वटा उजुरी परेको थियो। काठमाडौंमा २ वटा परेको थियो। त्यसको निर्णय गरिएन। निर्णय नगरिँदा हामी दुबै जनालाई अन्याय भयो,’ श्रेष्ठले भने, ‘त्यतिखेर निर्णय भएको भए रवि लामिछाने उम्मेदवार बन्नु हुने थिएन। उहाँ उपप्रधानमन्त्री भएको मान्छे ‘बेस लेभल’ मा जानुपर्‍यो। म पनि अन्यायमा परें। उहाँको उम्मेदवारीबारे पहिला नै किटान गरेको भए राष्ट्रको पैसा खर्च हुँदैन थियो।’

 

श्रेष्ठले आफू नजिर कायम गर्ने हिसाबले निर्वाचन आयोग पुग्न लागेको बताएका थिए।

 

‘अहिलेसम्म यस्तो घटना भएको छैन। संविधानको पनि व्याख्या हुन जरूरी छ। जो अनागरिक छ। निर्वाचन उठ्न पाउँदैन। तर उठेको अवस्था भनेको विशेष परिस्थिति हो,’ श्रेष्ठले भने, ‘निर्णय गर्न आयोगले ढिलाइ गर्‍यो। अहिले रविजीको नागरिकतासहित प्रक्रिया नै रद्द भयो। त्यसैले नजिर कायम गरिदिँदा जीवनमा अरूलाई दु:ख नहोला भन्ने खातिर नजिरका लागि लड्न लागेको हो।’

निर्वाचन आयोगले भने रिक्त भएको चितवन-२ मा उपनिर्वाचन गर्नुपर्ने बताउँदै आएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानुनअनुसार उक्त क्षेत्रमा उपनिर्वाचन हुने बताए।

 

‘कानुनअनुसार आयोगले गर्ने भनेको अदालतको फैसलाअनुसार पद रिक्त भएको सूचना राजपत्रमा छाप्ने हो,’ थपलियाले भने, ‘त्यसपछि संसद सचिवालयबाट पद रिक्त भएको जानकारी आउँछ। रिक्त भएको जानकारी आएपछि उपनिर्वाचन गर्छौं। कानुन यत्ति हो।’

 

थपलियाले पद रिक्त भएको अवस्थामा अर्कोलाई दिनुपर्ने कुनै कानुन नभएको बताए।

 

‘अर्कोलाई दिनुपर्नेछ भन्ने कानुन छैन। समानुपातिकतर्फ हो भने कुनै पद रिक्त भए वा रद्द भए दलले अर्को नम्बरको मान्छे नियुक्त गर्न सक्छ। तर पहिलो हुने निर्वाचित हुने प्रणालीमा निर्वाचन सकिएपछि सकियो। दोस्रो, तेस्रो हुने भन्ने कानुन छैन। संसद चलिराखेको छ। व्याख्या गरिदिए हुन्छ।’

 

मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट लामिछाने ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए भने श्रेष्ठ १४ हजार ९ सय ८८ मत ल्याएर दोस्रो भएका थिए।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×