Advertisement
Advertisement

Breaking News

‘छ्योर्तेन राम्रो…’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक

‘छ्योर्तेन राम्रो…’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
अमिर योन्जन । मोडल गौतम गोले तामाङ र मिनु मोक्तानको मुख्य अभिनयमा रहेको ‘छ्योर्तेन राम्रो...’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक भएका छन् । भिडियो भने केही दिनमा सार्वजनिक हुने बताएको छ । भिडियोको गीतमा गायक मिलन दोङको एकल स्वर रहेको छ । मोडल गौतम र मिनुले फेसबुकमा पहिलो पोस्टर पोस्ट र टिजर शेयर गर्दै केही दिनमा भिडियो ‘गौतम गोले’ युट्युब च्यानलमार्फत सार्वजनिक हुने बताएको छ । आउन लागेको भिडियो गौतम गोलेले मोडलिङ गरेको दोस्रो भिडियो हो ।गत महिना दक्षिण कोरियाको पर्यटकीय क्षेत्र वाउजङ्सा बौद्ध गुम्बा वरपर र फेन्तेकको समुन्द्र किनारको टाइटनिक बोर्ड लगायत सुन्दर ठाउँहरूमा भिडियो छायाङ्कन गरेको थियो । मोडल गौतमले पहिलो कोसेली विशुद्ध तामाङ भाषामा मात्रै थियो । त्यहाँ दर्शक प्रतिक्रियामा अब मातृभाषा मात्रै होइन, सेलोमा पनि ल्याउनु प¥यो भन्ने धेरै थियो । जस अनुसार दोस्रो कोसेली स...
दक्षिण कोरियामा दिवंगत हरिचन्द्र अधिकारीको परिवारलाई कोरियाबाट ३० लाख रुपैयाँ सहयोग

दक्षिण कोरियामा दिवंगत हरिचन्द्र अधिकारीको परिवारलाई कोरियाबाट ३० लाख रुपैयाँ सहयोग

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरिया प्रवेश गरेको एक हप्ता नबित्दै गत जुन ७ तारिखका दिन कोरियाको ख्याङसाङनाम्दो मिर्याङसिको कृषि फार्ममा कार्यरत जाजरकोटका स्वर्गीय हरिचन्द्र अधिकारीको परिवारलाई दक्षिण कोरियाबाट ३ करोड १४ लाख ४० हजार ७० वन सहयोग हस्तान्तरण गरेको छ। दक्षिण कोरिया प्रवेश गरेको एक हप्ता मात्र भएका २५ वर्षीय स्वर्गीय हरिचन्द्र अधिकारी आकस्मिक रुपमा बिरामी परी हस्पिटलमा उपचारको क्रममा दिवंगत भएका थिए। दक्षिण कोरिया प्रवेश गरेको थोरै समय भएको कारण एलियन रजिस्ट्रेसन कार्ड समेत नबनेको हुँदा स्वास्थ्य बीमा पनि दर्ता नभएको र अस्पतालको बिल भुक्तानी गर्न आर्थिक समस्या पर्नुका साथै दुई वर्षकी नाबालिका छोरी रहेका अधिकारीको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले पीडित परिवारको घाउमा केही मात्रामा भएपनि मलमपट्टी लगाउने उद्देश्यका साथ सहयोग अभियान सञ्चालन गरेको थियो। दक्षिण कोरियाबाट कर्णाली प...
“दोस्रो खप्तड भलिबल कप” को सम्पूर्ण तयारी पूरा, टाइसिट र नियमहरूसहित

“दोस्रो खप्तड भलिबल कप” को सम्पूर्ण तयारी पूरा, टाइसिट र नियमहरूसहित

Breaking News, जानकारी, भर्खरै
  सुरेन गिरी/विशाल आवाज: यहि जुलाई १४ मा सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजना तथा नेपाल भलिवल संघ कोरियाको समन्वयमा हुने “दोस्रो खप्तड भलिवल कप २०२४” को सम्पूर्ण तयारी पुरा भएको छ। सुवन को AJAU university को studiam मा हुने भलिबल प्रतियोगिताको दोङ्देमुन स्थित एभरेष्ट करि वर्ड मा फेसबुक लाइभ मार्फत पारदर्शी ढंगले टाइसिट समेत सार्वजनिक गरिसकेको छ। २४ वटा टिम हरु बीच प्रतिस्पर्धा हुने यस प्रतियोगिता को मुख्य प्रायोजकमा भेटघाट रेस्टुरेन्ट, बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक,रेमिट पार्टनरमा फोनमनि र कन्सल्टेन्सी पार्टनर मा भने Nimasa कन्सल्टेन्सी रहेको महासचिव कृष्ण भण्डारी ले विशाल आवाजलाई जानकारी दिनुभएको छ। करिव डेढ दशकदेखि कोरियाको नेपाली समुदायमाझ रहेर सामाजिक, सांस्कृतिक एबम् खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको सुदुर पश्चिम समाज द कोरिया ले यस पटक भने "स्वस्थ...
थेगुमा “छुसक नाइट डान्स पार्टी-२०२४” हुने

थेगुमा “छुसक नाइट डान्स पार्टी-२०२४” हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:खोर्यङ नेपाली समाज दक्षिण कोरिया ले यही आउदो छुसकको अवसर पारेर ख्यङसाङबुक्दो थेगुमा “छुसक नाइट डान्स पार्टी-२०२४” आयोजना गर्ने भएको छ। थेगुको खोर्यङ थेगु मा रहेको नेपाली हरु मिलि स्थापना गरेको खोर्यङ नेपाली समाज दक्षिण कोरियाले थेगुको बान्वल्दाङ स्थित AU CLUB मा कोरियन तथा नेपाली डिजे सहित नाइट डान्स पार्टि गर्ने भएको हो।थेगु तथा ख्यङबुक वरपर हाल धेरै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति हुने तथा यहां रहेका धेरै संघसंस्थाहरुको अन्य कुनैपनि किसिमको कार्यक्रम नरहेको कुरालाइ मध्यनजर गर्दै सो कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष छोनाम लामाले जानकारी गराउनु भएको छ। थेगु वरपर रहेका नेपाली दाजुभाईदिदिबहिनीहरुको बर्ष भरिको कामको चाप थकान तथा मानसिक तनाबलाई साथिभाईहरुको भेटघाटमा रमाइलो गरेर बिताउन भनेर सो कार्यक्रम राखिएको लामाले बताउनु भएको छ। यसरी धेरै साथिभाईहरु भेटघ...
लुम्विनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेसन सम्पन्न अध्यक्षमा हिमाल खनाल निर्वाचीत

लुम्विनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेसन सम्पन्न अध्यक्षमा हिमाल खनाल निर्वाचीत

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
केशब पोखरेल:लुम्विनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेसन सम्पन्न भएको छ, जसमा हिमाल खनाल को नेतृत्वमा २७ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। जसको बरिष्ठ उपाध्यक्षमा मदन गौतम तथा महासचिवमा जयराम खनाल निर्वाचित भएको छ ।  आज सौल दोङ्देमुन स्थित नेपाल थाई नेपाली रेष्टुरेष्टको सभाहलमा उक्त अधिवेसन सम्पन्न भएको हो। कार्यक्रम मा प्रमुख आतिथ्यता नेपाली राजदुतावास सउलका कार्यवाहक राजदुत पुष्पराज न्यौपानेको रहेको थियो भने विशिष्ट अतिथिमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि प्रसाद खनाल को रहेको थियो भने दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाहरूको अध्यक्ष तथा प्रतिनिधिहरू लगायत कोरियामा रहेका नेपाली हरुको बाक्लो उपस्थिति रहेको थियो। “पवित्र लुम्विनि, बुद्धको जन्मस्थान ,शान्ति सदभाव र सदाचार हाम्रो पहिचान” भन्ने मुल नाराका साथ स्थापना भएको यस समाजले कोरियामा रहेका विभिन...
इलामेली समाज दक्षिण कोरियाको पाँचौं अधिवेशन हुदै

इलामेली समाज दक्षिण कोरियाको पाँचौं अधिवेशन हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: इलामेली समाज दक्षिण कोरियाले यही आउँदो जुलाई १४ तारिख आइतबारको दिन दोङ्देमुनमा रहेको पूर्वाञ्चल समाजको सभाहलमा आफ्नो पाँचौ अधिवेशन गर्नेभएको छ। “सूर्योदय र हरियाली इलामेलीको पहिचान, पर्यटन प्रवर्द्धन र समाज सेवा हाम्रो अभियान” भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापित इलामेली समाज दक्षिण कोरियाको आफ्नो पाँचौ अधिवेशन जुलाइ १४ तारिख आइतबारका दिन‌‌ मध्यान्ह १२ बजे दोङ्देमुनमा रहेको पूर्वाञ्चल सामाजको सभा हलमा हुने भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका इलामेली बासीहरू भई सामाजिक कार्यहरू र आपत्कालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक गतिविधिहरूमा सक्रिय रूपमा नेपाल र कोरियामा विभिन्न संघसंस्थाहरूसँग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमाआपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आइरहे...
नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम अगस्ट ३ र ४ मा

नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम अगस्ट ३ र ४ मा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, भर्खरै
विशाल आवाज: नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम यही आउँदो अगस्ट ३ र ४ तारिखका दिन 경기 양평군 서종면 중미산로 941-2 मा हुने भएको छ।  “सामाजिक एकता र समृद्ध नुवाकोट-हाम्रो अठोट” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा सक्रिय नुवाकोट समाज दक्षिण कोरियाले अगस्ट ३ र ४ तारिख शनिबार र आइतबारका दिन THE FOREST GALLERY मा दुई दिने बृहत वनभोज तथा भेटघाट कार्यक्रम २०२४ आयोजना गर्नेभएको हो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि १ लाख वन र महिलाको लागि ८० हजार वन प्रवेश शुल्क तोकिएको छ। प्रवेश शुल्क रामकुमार गोतामेको IBK BANK मा रहेको खाता नम्बर 22143448402015 मा ट्रान्सफर गर्नुपर्नेछ। वनभोज कार्यक्रम स्थलसम्म पुग्नको लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। कोरियामा र...
जुलाइ ७ मा हुने चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम सम्पूर्ण तयारी पुरा/ नियम सहित

जुलाइ ७ मा हुने चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम सम्पूर्ण तयारी पुरा/ नियम सहित

Breaking News, खेल, खेलकुद, जानकारी, भर्खरै, विदेश
  विशाल आवाज: “बीरगञ्ज कृषि औजार कारखाना पुन: स्थापना तथा महावीरपुन सहयोगार्थ” जुलाई ७ तारिखका दिन किम्हे स्थित लुम्बिनी रेस्टुरेन्टमा आयोजना हुने चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम को सम्पूर्ण तयारी पुरा भएको छ। गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) ख्याङसान क्षेत्रीय कमिटीको आयोजनामा हुने पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः १३ लाख र ७ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ७० हजार कोरियन वोन सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ।  पुल प्रतियोगिताको तेश्रो सिजन गरिसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाको अध्यक्ष सुबोध भण्डारीले विशाल आवाजलाई बताउनुभयो । ६६ जना पुल ...
जुलाइ ७ मा हुने लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा

जुलाइ ७ मा हुने लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: यही आउँदो जुलाई ७ तारिखका दिन दोङ्देमुनमा रहेको नेपाल थाइ रेस्टुरेन्टको सभा हलमा बिहान ११ बजे हुने लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशन को सम्पूर्ण तयारी भएको छ।  लुम्बिनी प्रदेश समाज दक्षिण करियाको प्रथम ऐतिहासिक अधिवेसन तयारी अन्तिम चरण मा रहेको कुरा अवगत गराउदै अधिवेसन को पुर्व सन्ध्यामा सदस्यता वितरण कार्यक्रम पनि संचालन गरिएको सयोजक हिमाल खनालले एक सुचना मार्फत जानकारि गराउनु भएको छ। लुम्बिनी प्रदेश को भुगोल वाट विभिन्न शिलसिलामा दक्षिण कोरियामा रहनुहुने दाजुभाई तथा दिदिवहिनी हरु ले आफूले ईच्छायको सदस्यता दर्ता गर्नुहुन र आफूले चिनेजानेको सवैलाई जानकारी गर्दै सदस्यता दर्ता को आव्हान गर्दै आयोजकले हार्दिक अपिल समेत गरेको छ । हाल सम्म १११ जना ले सदस्यता दर्ता गर्नुभएको नामावाली प्रस्तुत गर्दै सदस्यता वितरण को अन्तिम चरणमा रहेको समेत सुचना मार्फत जनाएका छ...
कोपा अमेरिका : इक्वडेरलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

कोपा अमेरिका : इक्वडेरलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै
विश्व च्याम्पियन अर्जेन्टिना शुक्रबार कोपा अमेरिका २०२४ को सेमिफाइनल पुगेको छ । उसले प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा इक्वेडरलाई टाइब्रेकरमा ४–२ ले हरायो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा प्रवेश गरेको हो । त्यसमा अर्जेन्टिनाका लागि निकोलस ओटमेन्डीले निर्णायक गोल गरे । लियोनल मेसी भने पेनाल्टीमा गोल गर्न चुके । प्रतियोगितामा अर्जेन्टिनाको यो लगातार चौथो जित पनि हो । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका लागि लउटारो मार्टिनेजले ३५औं मिनेटमा गोलको खाता खोले । उच्च लयमा रहेका मार्टिनेजको यो प्रतियोगितामा चौथो व्यक्तिगत गोल हो । एलेक्स म्याक एलिस्टरको पासमा उनले हेडबाट यो गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा केभिन रोड्रिग्वेले बराबरी गोल फर्काए । यस प्रतियोगितामा अर्जेन्टिनाले खाएको यो पहिलो गोल हो । यसअघि इक्वेडरले ख...