सुरेन गिरी/विशाल आवाज: यहि जुलाई १४ मा सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजना तथा नेपाल भलिवल संघ कोरियाको समन्वयमा हुने “दोस्रो खप्तड भलिवल कप २०२४” को सम्पूर्ण तयारी पुरा भएको छ।
सुवन को AJAU university को studiam मा हुने भलिबल प्रतियोगिताको दोङ्देमुन स्थित एभरेष्ट करि वर्ड मा फेसबुक लाइभ मार्फत पारदर्शी ढंगले टाइसिट समेत सार्वजनिक गरिसकेको छ। २४ वटा टिम हरु बीच प्रतिस्पर्धा हुने यस प्रतियोगिता को मुख्य प्रायोजकमा भेटघाट रेस्टुरेन्ट, बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक,रेमिट पार्टनरमा फोनमनि र कन्सल्टेन्सी पार्टनर मा भने Nimasa कन्सल्टेन्सी रहेको महासचिव कृष्ण भण्डारी ले विशाल आवाजलाई जानकारी दिनुभएको छ।

करिव डेढ दशकदेखि कोरियाको नेपाली समुदायमाझ रहेर सामाजिक, सांस्कृतिक एबम् खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको सुदुर पश्चिम समाज द कोरिया ले यस पटक भने “स्वस्थ विचार र व्यवहार , खेलकूद नै मुख्य आधार भन्ने मूल नाराका का साथ भलिबल प्रतियोगिता आयोजना गरिने यस समाज का खेलुकुद संयोजक गणेश खड्का ले बताउनुभयो।
प्रतियोगिताको बिजेतार उपविजेताले क्रमश २० लाख र १२ लाख कोरियन वन नगद पुरस्कार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने तेस्रो हुने २ टीम ले समान ४/४ लाख वन सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन्। त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक, उत्कृष्ट सेटर र उत्कृष्ट स्पाईकरलाई मेडल र प्रमाण पत्र प्रदान गरिने यस प्रतियोगिता का व्यवस्थापक तथा समाज का वरिष्ठ उपाध्यक्ष दीपेन्द्र रोकाया ले जानकारी दिनु भएको छ।

प्रतियोगिता को संपूर्ण तयारी पूरा भइसकेको र सो प्रतियोगीता आयोजना गर्न सम्पूर्ण खेलाडी , खेलप्रेमी, दाजु भाइ तथा दिदी बहिनी हरुको साथ् सहयोग को अपेक्षा रहेको र समाज ले खेलकुद, सांस्कृतिक लगायतका विभिन्न सामाजिक कार्यहरुले निरन्तरता बताउदै भलिबल प्रतियोगिता सभ्य र भव्य रुपमा सफल बनाउनका लागि विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरू लगायत व्यवसायी, बुद्धिजीवी, राजनीतिज्ञ ,विद्यार्थी, पत्रकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू तथा सम्पूर्ण नेपालीमा कार्यक्रममा प्रत्यक्ष उपस्थिति हुन समाज का अध्यक्ष दिल बहादुर मडै ले अनुरोध समेत गर्नुभएको छ।









