विशाल आवाज: यही आउँदो जुलाई ७ तारिखका दिन दोङ्देमुनमा रहेको नेपाल थाइ रेस्टुरेन्टको सभा हलमा बिहान ११ बजे हुने लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशन को सम्पूर्ण तयारी भएको छ।
लुम्बिनी प्रदेश समाज दक्षिण करियाको प्रथम ऐतिहासिक अधिवेसन तयारी अन्तिम चरण मा रहेको कुरा अवगत गराउदै अधिवेसन को पुर्व सन्ध्यामा सदस्यता वितरण कार्यक्रम पनि संचालन गरिएको सयोजक हिमाल खनालले एक सुचना मार्फत जानकारि गराउनु भएको छ। लुम्बिनी प्रदेश को भुगोल वाट विभिन्न शिलसिलामा दक्षिण कोरियामा रहनुहुने दाजुभाई तथा दिदिवहिनी हरु ले आफूले ईच्छायको सदस्यता दर्ता गर्नुहुन र आफूले चिनेजानेको सवैलाई जानकारी गर्दै सदस्यता दर्ता को आव्हान गर्दै आयोजकले हार्दिक अपिल समेत गरेको छ ।
हाल सम्म १११ जना ले सदस्यता दर्ता गर्नुभएको नामावाली
प्रस्तुत गर्दै सदस्यता वितरण को अन्तिम चरणमा रहेको समेत सुचना मार्फत जनाएका छन ।
विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहेका लुम्बिनी प्रदेश अन्तर्गतका १२ जिल्लाका व्यक्तिहरू मिली यसअघि अप्रिल महिनामा हिमाल खनालको संयोजकत्वमा २१ सदस्य तदर्थ कमिटी गठन गरिएको थियो। “पवित्र लुम्बिनी, बुद्ध जन्मस्थान, शान्ति सद्भाव र सदाचार हाम्रो पहिचान” भन्ने मूल नाराका साथ स्थापना भएको यस समाजले दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्दै सामाजिक कार्यमा हातेमालो गर्ने संयोजक हिमाल खनालले जनाउनुयो।
नेपालको सात प्रदेशमध्ये ६ प्रदेशको यसअघि नै दक्षिण कोरियामा प्रदेश स्तरीय समाज गठन भएर पनि पूर्णरुपमा क्रियाशील हुँदै आइरहेको छ भने लुम्बिनी प्रदेश समाज दक्षिण कोरिया भने प्रदेश स्तरीय संगठनको कान्छो प्रदेश समाजको रुपमा रहेको छ।
जुलाई ७ तारिक सम्पन्न हुन गइरहेको यस संस्थाको प्रथम अधिवेशन सम्पन्न गर्नको निमित्त कोरियामा रहेका विभिन्न जातीय तथा क्षेत्रीय संघसंस्था, एनआरएन कोरिया, नेपाली सम्पर्क समिति ,पत्रकार, बुद्धिजीवी व्यवसायी एवं विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरूलाई उपस्थित भएर कार्यक्रम सभ्य अनि भव्य सफलता पारिदिनुहुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा समेत गरेको छ।
सदस्यता दर्ता गर्दा अफ्ठायारो परेमा सम्पर्क को लागि सम्पर्क व्याक्ती:,
Neupane Narayan :नवलपरासी
Madan Gautam रुपन्देही
Prakash Gautam : कपिलवस्तु
Milan Thapa : पाल्पा
Ganesh Paudel : गुल्मि
Damodar Bhusal : अर्घाखाँची
Bishnu Thapa प्युठान
Sobarna Oli : दाङ्ग
Jayram Khanal : वाके, वर्दिया
सुबिन्द्र मगर :रुकुम ,रोल्पा









