Advertisement
Advertisement

Breaking News

अक्टोबर १३ मा “ह्याप्पि दशैँ पुल टुर्नामेन्ट २०२४” हुदै

अक्टोबर १३ मा “ह्याप्पि दशैँ पुल टुर्नामेन्ट २०२४” हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: नेपालीहरूको महान पर्व बडा दशैंको अवसर पारेर अक्टोबर १३ तारिखका दिन नाम्यङ स्थित जोगि रेस्टुरेन्टमा “HAPPY DASHAIN POOL TOURNAMENT 2024” आयोजना हुने भएको छ। संयोजक टासि शेर्पा जोगि रेस्टुरेन्टको आयोजनामा हुने प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी पत्र सहित क्रमशः १६ लाख र ८ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुने खेलाडीलाइ ४ लाख कोरियन वन प्रदान गरिने खेल संयोजक टासी शेर्पा (पासाङ शेर्पा) ले विशाल आवाजलाई बताउनुभएको छ। पुल तथा स्नुकर प्रतियोगिताको धेरै सिजन आयोजना गरिसकेको र लगभग प्राय खेलमा विजेता भइसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संयोजक शेर्पाले विशाल आवाजलाई बताउनुभयो । सहभागी शुल्क १ लाख कोरियन वन तोकिएको प्रतियोगिता १३ तारिखका दिन बिहान ११...
गण्डकी प्रदेश समाज दक्षिण कोरियाले बडा दशैंको अवसरमा टिका ग्रहण कार्यक्रम गर्दै

गण्डकी प्रदेश समाज दक्षिण कोरियाले बडा दशैंको अवसरमा टिका ग्रहण कार्यक्रम गर्दै

Breaking News, जानकारी, धर्म सस्कृति, भर्खरै
विशाल आवाज: नेपालीहरूको महान पर्व बडा दशैंको अवसर पारी गण्डकी प्रदेश समाज दक्षिण कोरियाले दक्षिण कोरियाको सुवनमा रहेको कामना सभा हलमा अक्टोबर १२ तारिख शनिबार बेलुकी ७ बजे टिका जमरा ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। परदेशमा रहेपनि घरदेशको संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी एक आपसमा माया, सद्भाव बढाएर भाईचारा कायम राख्नुको साथै स्वदेशको पारिवारिक झल्को मेटाउने उद्देश्यले गण्डकी प्रदेश समाज दक्षिण कोरियाको आयोजना र प्रदेश समाज अन्तर्गत रहेका ११ जिल्लाहरूको समन्वयमा बडा दशैंको अवसरमा भेटघाट, टिकाजमरा ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको हो। कार्यक्रममा टिका जमरा ग्रहण गरी नेपाली परिकारका साथमा नेपाली पन्चेबाजाको प्रस्तुतिसँगै रम्न पाउने आयोजकले जनाएको छ। प्रवासमा रहेर पनि आफ्नो देशको मौलिकताको संरक्षण र सम्बर्द्धनमा टेवा पुग्नुको साथै ...
प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा अन्जन कुलुङ राई सर्वसम्मत

प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा अन्जन कुलुङ राई सर्वसम्मत

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियाको सौलमा भएको नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाको आठौं राष्ट्रिय अधिवेशन बाट अध्यक्षमा भोजपुरका अन्जन कुलुङ राई सर्वसम्मत निर्वाचित भएका छन। दक्षिण कोरियाको राजधानी सउलमा आइतबारका दिन निक नेपाल ट्राभलको सभाहलमा सम्पन्न आठौं राष्ट्रिय अधिवेशनको बन्द सत्रबाट राईलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रवासी नेपाली मञ्चका पूर्वएशिया र ओसियाना इञ्चार्ज डा. सुर्य पाठक अध्यक्ष र प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष सन्जय थापा अनी प्रवासी नेपाली मन्च कोरिया सल्लाहकार यज्ञराज सुबेदी सदस्यहरु रहेको निर्वाचन मण्डलको टोलिले लगभग मध्यराती अन्जन कुलुङ राई को नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेका हुन। अधिवेशनबाट उपाध्यक्षमा नवराज तिमिल्सिना, सचिवमा देवेन राई र उपसचिवमा मणिराम गौतमलाई चयन गरेको छ । यसैगरी स...
रिटर्नी फेडेरेसनद्धारा गोदावरीको लेलेमा पहिरो पिडितलाई राहत वितरण

रिटर्नी फेडेरेसनद्धारा गोदावरीको लेलेमा पहिरो पिडितलाई राहत वितरण

Breaking News, जानकारी, भर्खरै
रिटर्नी फेडेरेसन नेपालले गोदावरी नगरपालिकाको लेलेमा पहिरोबाट बेघरबार भएका ४ घरपरिवारमा राहत वितरण गरेको छ । फेडेरेसनको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठको अगुवाईमा डिहि गाँउ क्षेत्रको प्रत्यक्ष भ्रमण गरेको केन्द्रीय टोलीले राहत वितरण गरेको हो । सो पहिरोमा परि गोदावरी गरपालिका वडा नं. ५ मा घरबाट भाग्ने क्रममा २५ वर्षिय सबिता महतको ज्यान गएको थियो । मृतकको श्रीमान हरि महत भने घाईते भएका थिए । उनको १३ महिनाको शिशु र आमाको घटनाबाट मुश्किलले ज्यान बाचेको छ । घर पुर्ण क्षति भई आफन्तकोमा शरण लिएको अवस्थामा रिटर्नी फेडेरेसनका केन्द्रीय टोलीले उहाहरुलाई चामल, दाल, चिउरा, ब्लान्केन्ट, खाने तेल, कपडा लगायतको सामाग्री हस्तान्तरण गरको हो । रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय ईन्चार्ज डा. कृष्ण केसीले घटना धेरै बिभत्स भएको र धेरै घरपरिवारमा पहिरोले अपुरणिय क्षति पुर्‍याएको बताएका छन् । रिटर्नी फ...
“छक्का पञ्जा ५” छन्जुमा अक्टोबर १३ मा प्रदर्शन हुँदै

“छक्का पञ्जा ५” छन्जुमा अक्टोबर १३ मा प्रदर्शन हुँदै

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, भर्खरै
  विशाल आवाज:यस वर्षको प्रतिक्षित नेपाली चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियाको‌ छन्जुमा पनि अक्टोबर १३ तारिख प्रदर्शन हुने भएको छ। नेपालमा दशैँको फूलपातीमा प्रदर्शन तयारीमा रहेको दीपाश्री निरौला निर्देशित चलचित्र “छक्का पञ्जा ५” राप्ती समाज दक्षिण कोरियाको समन्वयमा छन्जु युनाइटेड क्रिकेट क्लबले बडा दशैँ २०८१ को पावन अवसरमा अक्टोबर १३ तारिख आइतबारका दिन मध्यान्न १२ बजे 전북대학교 농업생명과학본관 मा प्रदर्शन गर्ने भएको हो। प्रवेश शुल्क २५००० वन तोकिएको चलचित्रको अग्रिम बुकिङको लागि 01084895996 नम्बरमा सम्पर्क गर्न सक्नुहुने अथवा NH बैंकमा रहेको BAYU PAUDEL को खाता नम्बर 3120180265211 मा पैसा ट्रान्सफर गरी समेत बुकिङ गर्न सक्नुहुने आयोजकले जनाएको छ। बडा दशैँ २०८१ को पावन अवसरमा राप्ती समाज दक्षिण कोरियाको समन्वयमा छन्जु युनाइटेड क्रिकेट क्लबले कोरियाको छन्जुमा प्रदर्शन गर्न लागेको चलच...
मुलुक बाढी पहिरोले आक्रान्त, पूर्व भूमि व्यवस्था मन्त्री भने अधिवेशनका लागि कोरियामा

मुलुक बाढी पहिरोले आक्रान्त, पूर्व भूमि व्यवस्था मन्त्री भने अधिवेशनका लागि कोरियामा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, विदेश, समाचार
विशाल आवाजःअविरल वर्षासँगै आएको बाढी पहिरोले  देश यतिबेला आक्रान्त छ। नागरिकका घर जमिन र परिवारका सदस्य गुमेर अन्न अनाज र आफन्तविहीन भएका छन् तर पूर्व भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत भइसक्नुभएको  एमाले केन्द्रिय सचिव पद्माकुमारी अर्याल भने यतिबेला एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशनको लागि दक्षिण कोरिया आइपुग्नुभएको छ।  अर्याल अक्टोबर ६ तारिख आइतबारका दिन सौलमा हुने नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशनमा प्रमुख अतिथिको रूपमा दक्षिण कोरिया आइपुग्नुभएको हो। नेपालमा भने विभिन्न स्थानमा आएको प्राकृतिक विपत्ति बाढी पहिरो डुबानले गर्दा २३६ जनाले ज्यान गुमाइसकेका छन् भने  कयौँ बेपत्ता छन्।हजारौँ घरपरिवार घरविहीन भइसकेका छन्‌,अरबौंको भौतिक संरचना नष्ट भएका छन्। व्यक्तिगत रुपमा करोडौंक...
“ छक्का पञ्जा ५” कोरिया पहिलो सो नोन्सान को मेगाबक्समा हुदै

“ छक्का पञ्जा ५” कोरिया पहिलो सो नोन्सान को मेगाबक्समा हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:यस वर्षको प्रतिक्षित नेपाली चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियामा पनि पहिलो सो नोन्सानको मेगाबक्समा अक्टोबर १२ तारिख हुने भएको छ। नेपालमा दशैँको फूलपातीमा प्रदर्शन तयारीमा रहेको दीपाश्री निरौला निर्देशित चलचित्र “छक्का पञ्जा ५” नोन्सान नेपाली समाज दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसरमा अक्टोबर १२ तारिख शनिबारका दिन साँझ ७ बजे 충남 논산시 중앙로 255 नोन्सान स्थित मेगाबक्समा प्रदर्शन गर्ने भएको हो। प्रवेश शुल्क २५००० वन तोकिएको चलचित्रको अग्रिम बुकिङको लागि 01096292116 नम्बरमा सम्पर्क गर्न सक्नुहुने अथवा IBK बैंकमा रहेको RN LAMA को खाता नम्बर 22147060802011 मा पैसा ट्रान्सफर गरी समेत बुकिङ गर्न सक्नुहुने आयोजकले जनाएको छ। चलचित्र तोकेकै समयमा सुरु हुने भएकोले समयमै उपस्थित भइदिनुहुन अनुरोध गर्दै नोन्सान क्षेत्रको आसपास रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा चल...
कोरियाकै सबैभन्दा ठुलो बहुसाँस्कृतिक महोत्सव माम्फ फेस्टिभल २०२४ मा नेपालबाट कलाकार प्रकाश दुतराज आउने

कोरियाकै सबैभन्दा ठुलो बहुसाँस्कृतिक महोत्सव माम्फ फेस्टिभल २०२४ मा नेपालबाट कलाकार प्रकाश दुतराज आउने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल'(माम्फ) अक्टोबर ११ तारिख वाट सुरु भएर र १२र १३ तारिख सम्म हुदैछ । १३तारिखका दिन हुन गइरहेको बहुसांस्कृतिक कार्यक्रम माम्फ र नेपालीहरूको महान चाड दशैको शुभकामना आदनप्रदान साथै टीका ग्रहण कार्यक्रमको लागि नेपालबाट ख्याति प्राप्त कलाकार प्रकाश दुतराज कोरिया आउने भएका छन्। ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको १९ औं माम्फमा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकहरुले सहभागिता हुने गर्दछ । विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माम्फमा विभिन्न मुलुकबाट कलाकारहरु आएर आफ्नो साँगीतिक प्रस्तुती ...
छनानमा विजयादशमीको अवसरमा भेटघाट,टिकाजमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने

छनानमा विजयादशमीको अवसरमा भेटघाट,टिकाजमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
विशाल आवाज: नेपालीहरूको महान पर्व विजयादशमीको अवसर पारी सल्यानी समाज दक्षिण कोरियाले दक्षिण कोरियाको छनसनमा रहेको माइतीघर रेस्टुरेन्टमा अक्टोबर १२ तारिख बेलुकी ७ बजे भेटघाट, टिका जमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।  परदेशमा रहेपनि घरदेशको संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी एक आपसमा माया, सद्भाव बढाएर भाईचारा कायम राख्नुको साथै स्वदेशको झल्को मेटाउने उद्देश्यले कर्णाली प्रदेश समाज दक्षिणकोरिया र राप्ती समाज दक्षिण कोरियााको समन्वयमा सल्यानी समाज दक्षिण कोरियाले विजयादशमीको अवसरमा भेटघाट,टिकाजमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको हो। अक्टोबर १२ तारिख शनिबार, बेलुकि ७ बजे हुने कार्यक्रमको स्थान 중남 천안시 동남구 버들로 10 (대흥동 75) 2 층 (माइतीघर रेस्टुरेन्ट,छनान) रहेको छ भने कार्यक्रम स्थल Line No.1 천안 역 Exit No.2 बा ५०० मिटर अगाडि रहेको छ। प्रवा...
होङ्दे यति रेस्टुरेन्ट एण्ड बारमा फ्रि इन्ट्रीका साथ विजयादशमी नाइट्स २०८१ डान्स पार्टी हुदै

होङ्दे यति रेस्टुरेन्ट एण्ड बारमा फ्रि इन्ट्रीका साथ विजयादशमी नाइट्स २०८१ डान्स पार्टी हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: नेपालीहरूको महान पर्व विजयादशमीको अवसर पारी दक्षिण कोरियाको होङ्देमा रहेको यति रेस्टुरेन्ट एण्ड बारले फ्रि इन्ट्रीका साथमा अक्टोबर ११,१२ र १३ तारिख शुक्रबार,शनिबार, आइतबार तिन दिन राति ९ बजेदेखि डिजे सहित विजयादशमी नाइट्स २०८१ डान्स पार्टी आयोजना गर्ने भएको छ। दक्षिण कोरियाको राजधानी सौल मा रहेको पार्टी लभरहरूको लागि लोकप्रिय ठाउँ होङ्दे स्थित (서울 마포구 와우산로 18 길 20 홍대 예티 1 층) मा रहेको यति रेस्टुरेन्ट एण्ड बारमा विजयादशमी नाइट्स २०८१ आयोजना हुने भएको हो। स्पेसल गेस्टको रुपमा सुजन शाक्य उपस्थित हुने विजयादशमी नाइट्स २०८१ डान्स पार्टीमा चर्चित DJRX ले माहोल तताउने छन् भने कार्यक्रममा कोर-नेप ब्रोडकास्टर समेत रहेका यति रेस्टुरेन्ट एण्ड बारका सन्चालक गम्भीर श्रेष्ठ पनि रहनेछन्। ननस्टप डिजे लाइभ म्युजिकको साथमा नेपाली तथा इन्डियन खाना सँगै ड्रिङ्क्स र डान्सको रमाइलो लिन सक्ने क...