Advertisement
Advertisement

कोरियाकै सबैभन्दा ठुलो बहुसाँस्कृतिक महोत्सव माम्फ फेस्टिभल २०२४ मा नेपालबाट कलाकार प्रकाश दुतराज आउने

Advertisement
Advertisement

कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल'(माम्फ) अक्टोबर ११ तारिख वाट सुरु भएर र १२र १३ तारिख सम्म हुदैछ । १३तारिखका दिन हुन गइरहेको बहुसांस्कृतिक कार्यक्रम माम्फ र नेपालीहरूको महान चाड दशैको शुभकामना आदनप्रदान साथै टीका ग्रहण कार्यक्रमको लागि नेपालबाट ख्याति प्राप्त कलाकार प्रकाश दुतराज कोरिया आउने भएका छन्।

ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको १९ औं माम्फमा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकहरुले सहभागिता हुने गर्दछ । विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माम्फमा विभिन्न मुलुकबाट कलाकारहरु आएर आफ्नो साँगीतिक प्रस्तुती पस्कने छन् । यो पटक माम्फका लागि नेपालबाट पछिल्लो समय को ख्याति प्राप्त सफल युवा गायक प्रकाश दुतराज कोरिया आउने भएका हुन्।


शुक्रबारदेखि आइतबार तीनदिनसम्म छाङ्वनको यङ्जी मुन्ह्वा पार्कमा हुने उक्त फेस्टिबलमा हरेक मुलुकको विभिन्न प्रस्तुतीसहित बहुसांस्कृतिक विविधता परेड, एशियाली संगीत कन्सर्ट, ग्लोबल माइग्रेन्ट डान्सका साथै विभिन्न मुलुकलाई चिनाउने कला कला प्रदर्शनी र विविध सामग्रीसहितको स्टलहरु राखिनेछ।माम्फ को अन्तिम दिन अक्टोबर १३ तारिखमा हुने बिभिन्न देशहरुको सास्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम हेर्न आउने सुबिधा का लागी नि-शुल्क बस सेवा समेत उपलब्ध गरिएको छ।

५० हजारभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहनुका साथैख्यङ्नाम MBC टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने कोरियाकै सबैभन्दा ठुलो बहुसाँस्कृतिक महोत्सव माम्फमा नेपालले पनि अन्य मुलुकहरु सँगै उत्साहजनक र उपलब्धिमूलक सहभागिता जनाउदै आएको छ ।


प्रवासीहरुका लागि गरिने कोरियाकै सबैभन्दा ठुलो महोत्सवमा सहभागी राष्ट्रहरुका राजदूतसहित उच्च निकायका व्यक्तित्वहरुको समेत उपस्थिति रहने माम्फको मुख्य आकर्षण ‘धामुन्ह्वा परेड’मा यो वर्ष ‘किरात राईहरूको मौलिक संस्कृति साकेला सिली’ का साथै बौद्ध स्तूपाको प्रतिमासँगै नेपाली परम्परागत विवाहमा अनिवार्य बजाइने मौलिक बाजा ‘पञ्चेबाजा’को धुनसँगै धामुन्ह्वा परेडलाई आकर्षक रुपमा प्रस्तुत गरिने आयोजक नेपाली समूहका योगिता गौतम बताउनुहुन्छ।


यसपटक माम्फ फेस्टिभलकै दिनमा दशैंसमेत पर्ने भएकोले प्रवासमा रहेका हामी नेपालीहरुबिच एकता, सदभाव र प्रेम दर्शाउदै दशैं समेत कार्यक्रममा मनाउन लागिएको हो।“ दशैं कार्यक्रमसँगै विभिन्न गीतसंगीत, नृत्य, कविता वाचन तथा हाँस्यव्यंग्य, क्यारीकेचर जस्ता मनोरञ्जनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ।

कोरियाकै सबैभन्दा ठुलो बहुसाँस्कृतिक महोत्सव माम्फमा नेपालले पनि अन्य मुलुकहरु सँगै उत्साहजनक र उपलब्धिमूलक सहभागिता जनाउँदै माम्फ फेस्टिभल सँगै दशैं मनाउन लागेको हुनाले कार्यक्रम सफल पार्न दक्षिण कोरियामा रहेका सम्पूर्ण संघसंस्था एवं दाजुभाई तथा दिदीबहिनीहरू विशेषगरी ख्यङ्साङ भेगमा रहनुभएको सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×